Bhupi Sherchan – Jwar Mukta Surya Jalan Mukta Akash Ra Tripta Taal
मैले पाएँ
नीलो निम्ता–पत्र
तिम्रा छालहरुको
र बादलु कछारलाई क्षितिजमा
झुण्ड्याएर— मैले
हाम्फालें तिम्रो जलमाथि
डुबुल्की मारँे तिम्रो
गहिराइभित्र आकाशजस्तै
सिङ्गै आकाशजस्तै नाङ्गै
समाविष्ट ग¥यौ तिमीले पनि
सम्पूर्ण मलाई आफुमा
आफुभित्र
कुहिरोहरु पन्छाएर
छालजस्तै उर्लिएर
तालजस्तै उदाङ्गिएर
नाङ्गिएर
कति सन्तुष्ट हाँसो छर्दैछ अब
मेरो ज्वरमुक्त सूर्य तिम्रो अँगालोमा
अब मलाई मेरो चट्याङ चुटुङहरुले पोल्दैनन्
बिलाइसके तिम्रा अज्ञात कुराहरुभित्र
तिम्रा चन्चल माछाहरु
अब तिम्रो शीत जललाई उनीहरुले
छिचोल्दैनन् ।
उठेर फर्किनुपरे अनि मैले आफ्नो
पूर्वस्थानमा अब म अशान्त हुन्नँ
असन्तुष्ट हुन्नँ,
कि म स्पष्ट देखिरहेछु
तिमीभित्र मैले कुँदेको
मेरो आफ्नो प्रतिबिम्ब
चल्मलाईरहेको
मेरो आफ्नो छाया
सल्बलाइरहेको ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Complete List of Sanjaal features is available at:
http://corporate.sanjaal.com/features.php
