Krishna Bahadur Chhetri – Parkhal Bhitra Ko Jeewan

थुनिन को चाहन्छ र यहाँ
स्वतन्त्र भएर बाँचेको राम्रो
माटो जीवन; जीवन माटो
प्रकृतिसँग मिल्न पाएको झनै राम्रो

खोस्छौ किन ए मान्छेहरु हो!
पीडा दिएर अरुको स्वतन्त्रता
बाँच्न देऊ हामीलाई धर्तीमा मिलेर
हामी धर्तीका हौं, चाहिंदैन हामीलाई कृत्रिमता

प्रकृति माथि विजय गर्नेहरु हो !
बुझ्दैनौ किन ? तिम्रो जीतमा
मानवता यहाँ रोईरहेछ
पाई तिम्रै यातना बिलाईरहेछन् महान् आत्मा

भन्छौ भने यसलाई प्रगति खासा
छुटिरहेछ नाता जननी-माटोसँग आज
देख्दैछु म त जटिल बनेको छ जीवन खूबै
“बाँच्ने कसरी?” यही पीर सताउंदो छ रोज

ए ! बोलन बोल मानव सच्चा !
चाहिंदैन पर्खालभित्रको जीवन
चाहिन्छ त केवल सुन्दरता धर्तीको चाहिन्छ
खुम्चिंदै जाने होइन; मानवतामय चाहिन्छ सरल जीवन

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1255

Kabitaram Shrestha – Japan

कविताराम श्रेष्ठ – जापान

फेरी एकपल्ट एकान्ततिर आमूख भएँ ।
घण्टौसम्म आफैँमा हराउन फेरि लालायित हुन लागेँ ।
कलमसँग आसक्ति बढ्यो ।
कलमहरु फेरी रसाउन लागे ।
कुनै पनि सुगन्धित मिठो खानाले अब लोभ्याउन छाड्यो ।
सडकमा लुढ्किएर हिँड्ने गह्रौँ नितम्बले आकार्षित गर्न छाड्यो ।
ती स्वच्छन्द आँखाहरु अब सडकका पेटीहरुमा दौडन छाडे ।
आफैँ आफैँमा हराएर आफ्ना गन्तव्यतिर त्यो यन्त्रवत साचालित हुन लाग्यो ।
मसँग अरु कोही छैन ।
केही छैन ।
पातला शरीरको त्यो तातोपना
चिम्सा आँखाको त्यो सरसता
मात्र त्यो अनुभूति ।
आफूलाई भूलाउन आज मोटरसाइकल मरम्मतमा लागेँ ।
तिमी त्यो व्यक्तित्व मेरै सामू रहेर मेरा हर्कतलाई हेर्दैरह्यौ ।
अनेक अनुभूतिका अभिव्यक्तिहरु नेपथ्यबाट पोखिरह्यौ ।
आज मीटिङमा पनि तिमी धेरैपल्ट चिहाउन आयौ ।
प्रत्येकपल्ट तिमीले मलाई मीटिङबाट पर
इन्द्रावतिको किनारमा खिच्यौ ।
माछा मार्न तानिरह्यौ ।
आफ्ना सुकोमल हातहरुले खुट्टाका मयलहरु माडिरह्यौ ।
मीठा खानाका स्वादसँग तिमी मेरो अन्तस्करणमा आइरह्यौ ।
मोटरसाइकलको प्रत्येक साचालनमा तिमी हलुङ्गोसँग त्यसमा चड्यौ ।
पछाड्बिाट कुमभरि आफ्ना ओठका लिप्सटिकले माया छापिरह्यौ ।
लामा सुडौल हातहरुले मलाई बेरिरह्यौ ।
अगप्रत्यङ्गमा छामेर विजुली साचार गरिरह्यौ ।
मेरी पि्रय प्रत्येक क्षण तिमी आयौ ।
सडकमा
बाटोमा
बाटो नाप्ने प्रत्येक पातलीहरुका झलकमा
तिमीले मलाई चिमोटिरह्यौ ।
प्रत्येक चिम्सा आँखाहरुमा तिमीले मलाई कचोटिरह्यौ ।
मेरी पि्रय कुनै पनि क्षण तिमी मबाट अलग्ग भइनौ ।
मभित्र तिमी हर्दम हलुका सुगन्धका रुपमा मसमसती छाइरह्यौ ।
मेरी पि्रय
म तिमीलाई कति माया गर्छु ।
कति चाहन्छु ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1255

Yuddha Prasad Mishra – Hamro Bhainsi Bubu Dinchha (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – हाम्रो भैंसी बूबू दिन्छ (नेपाली बाल कविता)

कहिले खेल्दछ पानीभित्र
कहिले चर्दछ उता चौरतिर
गोठभित्र गई सुत्दछ राती
हाम्रो भैंसी कस्तो जाती

यसकै गोवर बोकी बोकी
दिन्छिन् आमा मकै फलाई
यसकै गूँइठाबाट उज्यालो
पार्छिन् घरमा बत्ती बलाई

हाम्रो भैंसी बूबू दिन्छ
बूबू चाहिँ अरुले किन्छ
अनिपछि ढिंडो निस्तै हुन्छ
बहिनी रुन्छे भाइ रुन्छ

(बालकोसेली वर्ष ३ अंक ९, २०४४ असोज १५)