Yuddha Prasad Mishra – Bhoka Nanga Bhai Bhai

युद्धप्रसाद मिश्र – भोकानांगा भाइ भाइ

रगत चुसेका छाती खोल्दै
भोका नांगा लागे उठ्न
आम दलितको पीडाबाट
लाग्यो दिनदिन प्रतिभा फुट्न

झुपडीले अब आँखा खोल्यो
बोल्दै धावा अब जनमत गम्क्यो
कदम कदमका आतुर गतिमा
गौरव गरिमा बिजली चम्क्यो

बलात्कारीको लाश निकाल्ने
स्त्री जाति पनि आए लड्न
श्री नढलेका वीर युवकहरू
बलिवेदीतिर लागे चढ्न

महल अटारी परजा परजा
जनजागृतिले देला-खाई
धरतीतलका व्यापक हामी
भोका नांगा भाइ भाइ

०४४ असोज १
(नौलो कोसेली)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2571

Yuddha Prasad Mishra – Hamro Bhainsi Bubu Dinchha (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – हाम्रो भैंसी बूबू दिन्छ (नेपाली बाल कविता)

कहिले खेल्दछ पानीभित्र
कहिले चर्दछ उता चौरतिर
गोठभित्र गई सुत्दछ राती
हाम्रो भैंसी कस्तो जाती

यसकै गोवर बोकी बोकी
दिन्छिन् आमा मकै फलाई
यसकै गूँइठाबाट उज्यालो
पार्छिन् घरमा बत्ती बलाई

हाम्रो भैंसी बूबू दिन्छ
बूबू चाहिँ अरुले किन्छ
अनिपछि ढिंडो निस्तै हुन्छ
बहिनी रुन्छे भाइ रुन्छ

(बालकोसेली वर्ष ३ अंक ९, २०४४ असोज १५)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2571

Yuddha Prasad Mishra – Mirmire Bho Ujyalo

युद्धप्रसाद मिश्र – मिर्मिरे भो उज्यालो

आयो क्रान्ति जनहृदयको पूर्ण दैलो उघारी
पर्ने भो यो धरतितलमा वर्गसंघर्ष भारी
लागेका छन् द्रूत कदम भै एकतातर्फसारा
जागेका छन् सजग युगका जोशिला र्सवहारा

ब्युँझेका छन् असह हुन् गै भित्रका दर्द ताता
उम्लेका छन् रगत मनका आहुति बन्न राता
बर्खे खोला सरह हुन गै उर्लिएका समाज
वैरी१ माथि नगरि हमला बस्न सक्तैन आज

भोको नांगो झुपडिबीचको क्षुब्ध कंकाल जाग्यो
तिर्खा चर्को सहन नसकी देशले खून माग्यो
तम्सेका छन् सक्रिय खुकुरी खड्ग तर्वार भाला
प्युँने हाम्रो रगत मुटुको त्यो कहाँ उम्कि जाला

राखी मनमा जनप्रगतिको लक्ष्य यौटा महान्
आत्मादेखी दिन युवक छन् देशको निम्ति ज्यान
गर्दै जाँदै सब प्रतिकक्रियावादीको रुप कालो
यो पैलेको तिमीर बीचमा२ मिर्मरे भो उज्यालो

(मिर्मिरे तेस्रो झुल्का ०३७)

१.शत्रु
२.बीचको