Yogendra Raj Sharma – Shahar, Mrityu Ra Ma

योगेन्द्र राज शर्मा – शहर, मृत्‍यु र म

आज मृत्‍युलाई भेट्नु छ
यो बन्द कोठाभित्र जीवनका
दुर्गन्धित संवेगहरुसगँ
सतरंज खेलको घोडा हुन
सिक्दासिक्दै हारेको अनुभुती हुन्छ
उफ् यो मिनेटमिनेटमा कत्रो अन्त्य
पेट्रोल नहुँदो हो,
के ले पोल्दा हुन् हँ लास
शहरका मान्छेहरु ?

मलाई मध्यरात
मसानघाट हुँदै कोठामा पुग्न डर लाग्दैन
यहाँ बस्तीसँगै हुन्छन् घाटहरु
गाउँतिर त…ल खोलामा हुन्थे
यहाँ प्रत्येक मान्छे
आफुसगै मसान लिएर हिंड्छ
यता घाटहरु भुस्याहा कुकुर जस्तै भेटिन्छन्
यता मसानहरु मान्छेसँग डराउँछन्
जस्तो भुस्याहा कुकुरहरु मसँग डराउँछन्

घाटमा मृत्‍यु हुँदैन
त्यहाँ मृत्‍युको पनि मृत्‍यु हुन्छ
हस्पिटलहरुमा मृत्‍युको सुगन्ध हुन्छ
ईमर्जेन्सी वार्डहरुमा मृत्‍यु टड्कारो हुन्छ
मृत्‍यु वासिङ्टन डि. सि. भित्र हुन्छ
थाहा छैन, मृत्‍यु कहिले मेरो मित्र हुन्छ ।

सबैभन्दा पहिले
यो शहरको मृत्‍यु होस् न !
म सबैभन्दा पहिले गाउँ जान्थें
थाहा छ ?, मलाई किन गाउँ जान डर लाग्छ ।
मलाई मान्छेहरु एल्गी भन्छन् ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1743

Yogendra Raj Sharma – Dui Tukra

योगेन्द्र राज शर्मा – दुई टुक्रा

दिनभर
रातभर
एकनास
… घुमिरहन्छ
लाग्छ,
आफ्नै पुच्छर टोक्ने
ध्याउन्नाले घुमिरहेको
कुकुर हो रिङरोड ।

एउटा चढ्छ
उत्रन्छ
अर्को चढ्छ
उत्रन्छ
फेरी अर्को चढ्छ
….
लाग्छ,
बाली हुन नसकेको
भैंसी हो काठमाण्डौ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1743

Prakar Antar – Kehi Bimba Ma Ratnapark

प्रकार अन्तर – केही विम्बमा रत्नपार्क
(Sent to Sanjaal Corps via Email)

एउटा मान्छे, रत्नपार्कतिर
छाता किन्छ-समय ओढ्छ ।
घडी किन्छ-समय हेर्छ ।
किताब किन्छ-समय पढ्छ ।
चस्मा किन्छ र देख्छ समय-
निलो,पहेंलो,कालो,रातो………

व्यस्त फुटपाथको
एउटा कुनामा,
अक्टोपस-ज्योतिषले हात हेर्यो,
अनिश्चित जीवनको
र बताइदियो-
भीरमा अझै रातो फरिया
अल्झिरहेको छ;
अझै धेरै बर्ष, त्यहीं अल्झनेछ;
घाम-पानीले नफाटुन्जेल,
पहिरोमा भिर नखसुन्जेल ।

बदाम-पानी बेच्ने
एउटी केटीलाई दिनभर
चपाइरहन्छन् केही आँखाहरुले ।
उ मेरी बहिनी हो ।
बाँच्नुको अनैतीक परिभाषामा,
उनिहरुले सोचेजस्तो,
आफ्नै मासु बेचेर
बाँचेकी छैन उ;
खहरे जीवन !

अल्ली पर
ओभर-हेड ब्रिजमा,
व्यापारी चिच्याइरहेछ-
अल -आएटम-पाँच, अल आएटम-पाँच ………
एकोहोरो
मिल कराए झैं ।