Yogendra Raj Sharma -Jeevan-mrityu

जीवन-मृत्‍यु  -योगेन्द्र राज शर्मा

जीवन
टेबुलमुनी पैसा लिन्छ
जीवन
टेबुलमाथी दस्तखत गर्छ ।

जीवन
हतार हतार बस चढ्छ
अर्को जीवन आउँछ
र घचेट्छ
बाहिर
जीवन  चिच्याइरहेको हुन्छ
कालिमाटी, कुलेश्वर, बल्खु, किर्तिपुर
बल्खु,  कुलेश्वर, त्रिपुरेश्वर, बसपार्क

त्यो आइमाईको
पेटभित्रको जीवन
बेलुनजस्तो फुलिरहेछ ।

मृत्‍यु निस्सासिन्छ
टाउको फनफनि घुमाउँछ
शास फेर्न खोज्छ
उसको जम्मै पेट
मुख हुँदै
बाहिर निस्कन्छ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:909

Prakar Antar – Bisangat

प्रकार अन्तर – विसंगत
(Sent to Sanjaal Corps via Email)

विसंगत सपनाहरुको संभोग
म के संगत !
बोझिल पहाडको छाती
चरक्क चिरेर
निस्कन्छन् खोलाहरु
खोलाहरु सँगै
केही पिसाचहरु
केही रहस्यहरु
चुपचाप !
चुपचाप !!
केही खुँखार मसानहरु
नारायणहिटी/हनुमान ढोका
हनुमान ढोका/नारायणहिटी
ओहोरदोहोर गर्छन्

अनि केही कुण्ठाहरुको बहस
माइक्रोबस भित्र
उसै तातिरहेको हावा ।
रिंगटा-बान्ता
बान्ता-रिंगटा
गजधम्म यौटा पत्थर !
खोलाको माझमा
म के स्वतन्त्रता !
तर एक साधन अवश्य

यौटा प्वालमा पसेर
फनक्क घुम्छ पानी
कहिलेकाहीं चिमोट्छ पानीले
फिंज काढेर हाँस्छन् फोकाहरु
हाहाहा……..हाहाहा……….
म सुन्छु संगीत
मेरो छातीबाट
फुत्त हाम फालेर
भर्खरै यौटा खोलाले
कत्रो हुँकार गर्‍यो !

म पनि हाँसिदिएँ
जानि-नजानी
एकबारको जूनी
बनूँ कति अन्तर्मूखी ?
बिसंगत सपनाहरुको संभोग
म के संगत !!!!!

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:909

Prakar Antar – Traas

प्रकार अन्तर – त्रास
(Sent to Sanjaal Corps via Email)

ब्रह्मलाई
शुन्य बाकसमा राखेर
म भुँडी मात्र लिएर
बाटोमा हिंड्छु

म स्वतन्त्रताको
सिमाभित्र छैन
म बाहिर छु
यहाँ,मान्छेहरु
अराजकतालाई नै
स्वतन्त्रताको सगरमाथा ठान्छन्

म दशगजाभित्र पनि छैन
त्यहाँ हुनू, नहुनु जस्तै हो
म एउटा सिमाभित्र अवश्य छु
यहाँ कुनै विधान छैन
वातावरणको
बन्दुकका सीमान्त आकाशबाट
छिनछिनमा
ताता ओला बर्षन्छन्
छिनमै परिवर्तन हुन्छ पर्दा
र जब,
उखरमाउलो घामले
टाउकाहरुमा टेकेर
उत्ताउलो नाँच देखाउँछ
म सबै बिर्सन्छु,
कहाँ छन् आफन्तहरु
यहाँ वरीपरी त्रास मात्र देखिन्छ ।