Umesh Rai Akinchan – Sakshi Shahar Ma

उमेश राई ‘अकिञ्चन’ – ‘साक्षी शहर’मा

आँखामा राखेर
उत्साहको झोला
हिँडिरहेको होला
त्यो
सौन्दर्यको शहर……

उस्तै होला
हामीले हिडेको
हङकङ पार्कको बाटो

उस्तै होला
भूँइमा खस्तै गरेको
जोर्डनको साँझ

त्यो
परको समुद्रमा
चलिरहेको होला किस्ती
वा
झन रफ्तारमा
दौडिरहेको होला
मास ट्रान्जीट रेल्वे

यही पल
आँसुको मधुरो मैनमा
छाम्दै हौला तिमी
मर्ने मान्छेको नमर्ने याद
जुन १, २००३

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2757

Umesh Rai Akinchan – Monalisa Ra March 8

उमेश राई “अकिञ्चन” – मोनालिसा र मार्च ८

ओ ! इन्द्रेणी नायिका
सदियौ कुजिएर
एउटा फोटो फ्रेममा
कति कुरीरहन्छौ
घाम र पानीको आगमन

दिन चाहान्छु तिमीलाई
नीलो आकाशमा
उडदै गरेको चरा
तिमीले पोत्नुपर्छ मुस्कान समयको
तिमीले फर्नुपर्छ परिभाषा सौन्दर्यको
तिब्र गतिमा आएर
हुइकिएको बेपत्ता बतासले बोले जस्तो
दिन चाहन्न
उधारो उपमा
जस्तो कि
“रोपेको छु
तिम्रो आँखामा
सपनाको संसार
छोपेको छु
तिम्रो पछयौरीले
पीडाको कुरूप अनुहार
कोरेको छु
तिम्रो हत्केलामा
युग हिडने गोरेटो ”
बरु
सम्झाउन चाहान्छु म
घरको चार दिवारभित्र
किन सिमित हुन्छौ
बटुल्दैं
बगरमा टेकेका
सम्झनाका डोबहरू
किन गनेर राख्छौ
एउटा मान्छेको उमेरभरि
कत्ति पटक अस्ताउछ घाम ?
बरु
हिडनु
छिमेकी दिदी नोरासँगै
मानिसहरूको भिडमा
एकजोर स्वतन्त्र पाइला
छाम्नु
चरालेझैं
हावामा मिसिएको
स्वछन्द अनुहार ।

(बिराटनगर -१६, मोरङ, हालः किर्तीपुर, काठमाडौं )

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2757

Umesh Rai Akinchhan – Mahatwa

उमेश राई ‘अकिञ्चन’ – महत्त्व
(मधुपर्क जेठ, २०६९)

बार्दलीमा बसेर
खोकिरहेको बृद्ध मान्छे
सोच्दो हो
किताबका भारी बोकेर
सिमाना काटेका छोराछोरीहरू
धर्तीको
कति नं. अक्षांश र देशान्तरमा
सपनाका गलैचाहरू बुनिरहेका होलान् ?
कुनै अधबैंसेलाई
कतै बसमा, माइक्रोमा, टयाक्सीमा वा
हिँड्दा हिँड्दै शहरका अनाम गल्लीहरूमा
आˆनो यौवनका दिनहरू
फर्केलाझैं बनाइदिने
पुराना दिनका गीतहरू
झट्ट सुन्दा
आˆनो शरीरमा दौडिरहेको रगत पनि रोकेर
दाँज्न मन लाग्दो हो
मध्यान्हपछि
सानो अझ सानो हुँदै
श्रीमतीको निधारमा अट्ने
टीकाजत्रो घाम
स्वार्थी प्रेमीको नाममा
पहाडजत्रो आँसुको ढिक्का झार्दै
त्यो बटुवा
ओझेल पर्दो हो
वारि डाँडाबाट पारि डाँडातिर
भागिरहेको बतासभन्दा छिटो, र
सोच्दो हो
गमलामा संसार देख्नेलाई
मीठो लाग्दैन सायद
जङ्गली फूलको सुवास ।

- विराटनगर