Tanka Subba – Samaya

टंक सुब्बा – समय

समय अविरल आइरहन्छ
विना मुहानको पानी जस्तो
पर्खदैन डुवी जाने घाम जस्तो
प्रकृतिले प्रदान गरेको निःशुल्क उपहार
प्राप्त भइरहन्छ
बाच्नको लागि प्राण जस्तो
तर थाहा हुदैन हामीलाई
सहज असहज बनेर पाइलाहरुमा
गतिशील भएर उर्लिदिंदा
बनिदिन्छ सृष्टिको नियम जस्तो
विद्यमान बगिदिने नदीहरुमा
जन्म र मृत्यु दुइ किनारा भएर बगे जस्तो

समय
बलवान हुन्छ
रोकेर रोकिदैंन/छेकेर छेकिदैन
त्यसैले घाम बन्छ कहिले सफलताको
औंसीको रात बन्छ कहिले असफलताको
फक्रिन्छ कहिले रङ्गीविरङ्गी फूल भएर बसन्तहरुमा
पोलिन्छ कहिले आगोको राप बनेर छातीहरुमा
धड्कन हो कि कुन्नी
खुल्दुलीमा आखा
जति च्यातेर हेरे पनि
देखिंदैन कहीं
हतारिएर जति भेट्न खोजे पनि
भेटिदैन कही
व्यस्त व्यस्त भइरहन्छ हरपलमा

समय
छाइरहन्छ सदैव दिनहरुमा, रातहरुमा
र स्पर्श गरिरहन्छ अनुभूतिहरुमा
विना आकृतिको भावना जस्तो ।
वर्तमान छचल्किरहन्छ भविष्यको पानीमा
रोकिदैन भूतकाल पहिरो गए जस्तो
पर्खदैन डुवी जाने घाम जस्तो

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1373

Tanka Subba – Aaunuhos

टंक सुब्बा – आउँनुहोस्

एकैछिन भए पनि
आस्था र विश्वास रोपीएको चौतारीमा
भलाकुसारी गरौ
सन्चो र विसन्चोको
अनि चर्चा गरौ विद्यमान परिस्थितीको
गाउँ ,वस्ति र शहरमा वसोवास गर्ने
उस्तै हामी नेपाली
समयको काँटासँगै हतारमा
कति भागदौड मात्र गर्ने ?
एकैपल भए पनि
पीडाग्रस्त मनहरु विसाएर
अलिकति सोचौ
हाम्रो सुन्दर भविष्यको वारेमा
र छलफल गरौ
देशले भोगेका दुर्गतिहरुको वारेमा

एउटै देशका हामी बहुल जनता
बहुल संस्कृति भाषा र लिपिहरु
तर सवैको उस्तै पीडा र भोगाईहरु छन्
तर सवैको उस्तै कथा र व्यथाहरु छन्
त्यसैले साझा यो चौतारी जस्तै देशलाई
कसैले विखण्डन गर्नु हुदैन
कसैले बाड्नु चुड्नु हुदैन
कसैले विरुद्धमा सोच्नु हुदैन
किनकी देश हामी सवैको साझा हो
देश भएर हामी छौ
हामी भएर देश छ
त्यसैले हाम्रा समान विचारहरुको
सम्मानमा एकले अर्काको गर्नु पर्छ
समान छन् हिड्ने वाटाहरु
समान छन् हेर्ने समान दृष्टिहरु
समान छन् पुग्ने लक्ष्यहरु
समान छन् जिउँने आधारहरु
तसर्थ अस्तित्वको हिफाजत गरौं
र हामी रमाउँने माटोको रक्षा गरौं

आउँनुहोस्
यो समानताको घरमा वसेर
हामीले महत्वपूर्ण निर्णयहरु गर्नु छ
हाम्रो भविष्य हाम्रो देशको लागि
र सद्भावको पारीलो घामहरु बोकेर
एकअर्का विचको वैमान्यस्यताका हटाउँनु छ
भ्रष्ट विचारहरुलाई कुल्चनु छ ।
द्वन्द र द्वेशलाई विर्सीनु छ
भातृत्वको अङ्गालो हाल्नु छ
किनकी हामी एउटै देशका उस्तै जनता हौं
सुन्दर विचारको मुहान खोलेर
आपसी हितकै कुराहरु गर्नुपर्छ
द्वन्दका घाउहरुमा मल्हम लगाएर
पहिरो गएको आत्मीयतालाई जोड्नु पर्छ
सुमधुर सम्वन्धका पुलहरु बनाउँनु पर्छ ।
केहि क्षणको आवेगमा
आफ्नै घरको सर्वनाश गर्नु
कदापी उचित होईन
वरु सोचौ अलिकति भएपनि
आफ्नै घर निर्माणको वारेमा
आफ्नै देश विकासको वारेमा
किनकी हामी एउटै घरका
एकै परिवार जस्तै हौं
अव हामीले वुझ्नु पर्छ घरको गरिमालाई
अव हामीले सोच्नु पर्छ परिवारको महत्वलाई
मपाईत्वको ताण्डप नृत्य गरेर
कलहको वीउ रोप्नु
केवल निरर्थक छ सवैको लागि
किनकी हाँस्नको लागि देशमा शान्ति चाहिन्छ
बाँच्नको लागि स्वतन्त्र देश चाहिन्छ

त्यसैले
आउँनुहोस
एकै पलक भए पनि
उदेश्यका घुम्टोहरु ओढेर
पुनर्संरचना गरौ यो सुन्दर देशलाई
त्यागौ युद्धका मोर्चाहरु
र अङ्गालौ वुद्धका सन्देशहरु
सगरमाथा जस्तै अग्लो नेपालको गौरव
हामीले विश्व सामु वचाउँनु छ भने
हो यहि कुरा सोचौं हामी सवैले
एकैक्षण भए पनि
शुन्दर शान्त यो मातृभूमिको लागि
शुन्दर शान्त यो देशको लागि

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1373

Tanka Subba – Samaya Ko Naya Anuhar

टंक सुब्बा – समयको नया अनुहार

हरेक दिन नया सडकमा
जिन्दावाद र मुर्दावादको नारा जुलुस
अनगिन्ति मागहरु
पुरा गर्न भूगोलपार्कमा
जारी हुन्छन् रिले अन्सन र आमरण अन्सनहरु
दवावमूलक पर्चा पोष्टर र विज्ञाप्तिहरु
छरीन्छन् शहरभरी
त्यसपछि सुरु हुन्छ मसाल जुलुस
अनि चक्काजाम
जस्ले मेची देखि महाकाली सम्मको
नेपाल वन्द भैदिन्छ
तव यात्रुहरु वाटो मै अलपत्र पर्छन्
विरामीहरु अस्पताल नदेख्दै विदा हुन्छन्
व्यापरीहरुको व्यापार चौपट्ट वनिदिन्छ
देश कतातिर मोडिदै छ
त्यो कसैलाई मतलव छैन
मात्र नया आन्दोलनले दिएको स्वतन्त्रता भोग्न
हतारीएका छौ हामी सवै
हतारमा उठार्इन्छन् वुदाहरु
र दवाव दिईन्छ सरकारलाई
आन्दोलनकारी र सरकार वीच
असहमती भए पछि
एकाएक लाठीचार्ज भैदिन्छ
अनि वन्दुक कुर्लन्छ
सडकमा
लाशहरु देखिन्छन्
सन्सनीपूर्ण समाचार वन्छ
रेडियो टेलिभिजन र अखवरहरुको लागि
सामान्य घट्ना हुन यी आजभोलिका
त्यो हामीले नचाहेर पनि
पढ्नु पर्छ,सुन्नु पर्छ
देख्नु पर्छ,भोग्नु पर्छ
आन्दोलनले दिएको नया उपलब्धि
परीवर्तनले जन्माएको नया अनुहार
जो हामी दिन प्रतिदिन भोगीरहेछौ
घट्ना पछि
अक्सर सरकारले
एउटा आयोग गठन गर्ने गर्छ
र आयोगले जाचवुझ पछि
प्रतिवेदन सार्वजानीक गर्छ यसरी
त्यहा निर्दोषहरु मारीएका छन्
त्यहा धनजनको क्षति भएकोछ
पत्रकार सम्मेलन मार्फत
हंगमा मच्चाईन्छ
क्षतिपूर्तिका कुराहरु उठ्छन्
जसलाई सरकारको दायित्व ठहर्यार्इन्छ
पत्रपत्रिकाहरुमा वहस सुरु हुन्छ
श्रृंखलावध्द र्
तर्कवितर्क छापीन्छ वुध्दिजीवीहरुको
र अन्तमा मानवअधिकारकर्मीहरु कुर्लन्छन्
अनि देशभरी तातो समाचार मडारीन्छ
अरु व्यापार चौपट्ट भएको वेला
पत्रपत्रिकाको व्यापार फष्टाउछ
सम्वेदनाहरु छापीन्छन्
मर्नेहरुको
सदनमा कुन पार्टीले
आफ्नो शहिद वनाउने भनेर
होडवाजी मच्चिन्छ
त्यसैले अव युध्दमा जानु पर्दैन
शहिद वन्नको लागि
जहा जसरी ढले पनि
जहा जसरी मरे पनि
कुनै एउटा पार्टीले
झण्डा ओढार्इ दिए पछि
त्यो शहिद वनिदिन्छ
अनाम शहिद
मात्र समाचारमा छापीने
समाचारे शहिद
तत्पाश्चात
घट्नाहरु
सेलाउदै जान्छन्
विलाउदै जान्छन्
जनमानसवाट
तर पीडीत पीडा मै जलिरहन्छ
यसरी हिंसाको परीवर्तीत स्वरुप
आन्दोलनको उपलब्धि ठानेर
हामी उपयोग गरीरहेछौ
समयको नया अनुहार
भयावह हुदै जादा पनि
हामी त्यसलाई सहज सम्झीरहेछौ

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1373