Sushma Manandhar – Badal Jasto

सुषमा मानन्धर – बादल जस्तो

मन
उडिरहने एक टुक्रा
बादल जस्तो
कहिले यता कहिले उता
अनि कताकता ।
सम्झेर अतीतबाट
तिमीलाई
कलमसँग डोर्याउन खोज्छु
वर्तमान किटिक्क काट्छ
भाँचिन्छ सम्झना ।
जोडेर गुँदले पत्रपत्र
यादका धारावाहिकहरु
बुच्दै । विस्रंदै
कुनै पल
टपक्क टिप्न खोज्दा
नारिएर आउने
सिंगो वर्तमान ।
अथाह समुद्र अगाडि
अझै प्यासी
आफैलाई थाहा छैन खै के खोज्छ मन
बादल झैं
वर्षिएर रित्तिएको मनभित्र
एक टुक्रा बादल
कहिले यता कहिले उता
अनि कताकता ।।।

सुषमा मानन्धर, ल.पु. कुमारीपाटी

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2093

Sushma Manandhar – Najiteko Yuddha

सुषमा मानन्धर – नजितेको युध्द

विशाल सेनाहरु लिएर
आमुन्ने सामुन्ने
हाम्रो कुनै युध्द भएन
घरहरु ढलेनन्
पुलहरु भत्केनन्
गोली र छर्राले
घाइते पनि भइँन ।
तर तिम्रो स्नेहयुक्त हेराईले
विवश
तिम्रो प्रगाढ बन्धनवीच
कैद
तिमीले गरेको
अटुट विस्वाससँग
बाँधिएर
आत्मासम्म भिजाउने
तिम्रो मायामा
डुबेर आत्मसमर्पित
मैले तिमीसँग
आफूलाई
पूर्णतया हारेकी छु ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2093

Sushma Manandhar – Yuddha Sandhai Dukhchha

सुषमा मानन्धर – युध्द सधैं दुख्छ

चाहे भूगोलको कुनै पनि कुनामा
कुनै पनि हतियार चलाउ
मर्ने सधैं एउटै हुन्छ
मान्छे ।
नपुगेर मात्र पनि हैन
नपाएर मात्र पनि हैन
माटोको सानो टुक्रा
जसलाई तिमी देश भन्छौ
बढाउन या रंगाउन
आँखामा पट्टि बाँधी
गोली हानिरहेछौ
रक्तिम धरतीमा सारिरहेछौ
माटोका सिमानाहरु ।
रुग्ण बाजेको शिरमािथ
बमले उडाएको सििलङ्घ
बारुदका वर्षाबाट त्रस्त
नाति खुला आकाश हेर्छ
जीर्णशीर्ण अस्पतालका
अपाहिज भरोसाहरु
युध्दबाट बचेनन्
कुनै मन्दिरमस्जिद र गिर्जाघरहरु पनि ।
न कसैसँग जन्मको वैरी
न कुनै शत्रुता
तिमी कसैलाई चिन्दैनौ
न कोही तिमीलाई चिन्दछन्
तर तिमीले बोक्ने बन्दुकले
अमानव बनेर
कसैका छोरापतिबुवा र दिदीबहिनी
अनाहकमा एकएकलाई ताक्दै
चिनेर दुश्मन सिध्याएको घमण्ड गर्छ
कत्रो ठूलो शेखी!
असंख्य भ्वाङ परेका भित्ताहरुभित्र
प्वाल परेका भविष्यहरु
अस्मिता लुटिएका दिदीबहिनी
आँसु सुकेका आँखामा
नफर्किने भाइहरुका
प्रतिक्षा थापिरहेछन्
तर तिमीले
काख र सिउँदो रित्तो बनाउने
बेहिसाब उन्माद बोकेर
अगाडि राखेका छौ
एउटा नसिध्दिने युध्द ।
कालो होस् या गोरो
मान्छेभित्र रातो बग्ने रगत
मान्छेले नै युध्दमा तताएर
कालो बनाएका छन्चिस्याएका छन् ।
र त दुखेको छैन तिमीलाई
अन्यथा
खाटा बस्न नसकेको घाउ हो युध्दपिरोल्छ
युध्द जता र जहिल्यै होस् सधैं नै दुख्छ ।