Sitaram Acharya ‘Sagar’ – Desh Ka Lagi [Nepali Gajal]

सिताराम आचार्य ‘सागर’ – देशका लागि

सबै मिली पाइला चाल्नुपर्छ देशका लागि
एउटा नौलो यात्रा थाल्नुपर्छ देशका लागि

यही माटोमा सधैं रमाउनुपर्छ हामी
विगतका पीडा गाल्नुपर्छ देशका लागि

आफ्नो मात्र भुँडी भर्नुपर्छ भन्न छोडी
लोभ लभलच जम्मै फाल्नुपर्छ देशका लागि

बिकट गाउँ सबै सुगम बनाउन त
एउटा नयाँ ज्योति बाल्नुपर्छ देशका लागि

मुली हुन घरका राजनीति गर्नेहरु
लालाबाला सम्झी पाल्नुपर्छ देशका लागि

छियाछिया भई च्यातिएको छ भूमि हाम्रो
एकजुट भएर नै टाल्नुपर्छ देशका लागि

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2421

Sitaram Acharya ‘Sagar’ – Basna Khojchha Prit Yahan [Nepali Gajal]

सिताराम आचार्य ‘सागर’ – बस्न खोज्छ प्रित यहाँ

मन मुटुको धोका बाट पस्न खोज्छ प्रित यहाँ
ठाउँ छैन मनमा भन्दा बस्न खोज्छ प्रित यहाँ

एकान्तमा युगल जोडी हुनु छैन भन्दा भन्दै
एकोहोरो अंगालोमा कस्न खोज्छ प्रित यहाँ

नजरको हेराइले मनभित्रै देख्छ क्यार
अन्धो भई कोमल मन डस्न खोज्छ प्रित यहाँ

नआऊ भो उर्लिएको सागरभित्र तिमी पनि
भन्दा भन्दै आँखा चिम्ली फस्न खोज्छ प्रित यहाँ

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2421

Sitaram Acharya ‘Sagar’ – Dui Muktak [Nepali Muktak]

सिताराम आचार्य ‘सागर’ – दुइ मुक्तक

सबै मिली पाइला चाल्नुपर्छ देशका लागि
एउटा नौलो यात्रा थाल्नुपर्छ देशका लागि
यही माटोमा सधै रमाउनु पर्छ हामी
उज्यालो दिने ज्योती बाल्नु पर्छ देशका लागि

परि पनि सर्माउछिन रे तिम्रो सामु पर्नलाई
चन्द्रमा नि झर्दै छिन रे तिम्रो चर्चा गर्नलाई
जब देखे मैले पनि संखे चौतारीमा
सागर पनि चाहन्छ रे तिमीमा नै मर्नलाई