Shyamal – Bikash Pandit

विकास पण्डित
झोलाभरी राखेर
इकोलोजीका जेनेभा प्रिन्ट ग्रन्थहरू
ओभरहेड प्रोजेक्टरबाट देखाउँछ
गरीबीको चक्र
र राजधानीका रियल स्टेटसँग
खरीद गर्छ
छ आना जग्गा
विकास पण्डित
छात्रवृत्तिको खोजमा आउँछ
मेरो गाउँमा ।
विकास पण्डित
इन्कार गर्छ विकासका समस्त धारणा
लैंगिक असमानताविरुद्घ लड्दै
पुग्छ कमला तामाङको भट्टी पसलमा
र साँझपख
स्तनका स्पर्शहरु लिएर
फर्कन्छ डेरामा ।
विकास पण्डित
आपत्कालीन सौर्य बत्तीको
धमिलो प्रकाशमुनि बसेर
लेख लेख्छ अंग्रेजीमा
राजधानीको कुर्नै कोठामा
राखिएकी छ उसकी
ग्राजुयट स्वास्नी
जसका लागि
विकासे झोला भिरेर
विकास पण्डित पसेको छ
मेरो गाउँमा ।
उसले पठाएको छ मलाई
स्टेशनरी पसलको दलाल कार्यालयमा
र स्कूल गार्मेण्ट्स्को मुन्सीखानामा
कृपावश
म पनि स्वाबलम्बी हुँदैछु
आत्म विकासमा
म बुझ्दछु
उ केही अंक लिएर फर्कनेछ यस गाउँबाट
केही अनौठा स्मृतिहरू लिएर फर्कनेछ
केही चित्रहरू लिएर फर्कनेछ ।
विकास पण्डित
आफ्नो जागीर थाम्न
म्वाईं खान्छ डाइरेक्टरका छोराछोरीलाई
घडेरी खरीद गर्छ दामी ठाउँमा
र लेख लेख्छ गरीबका नाउँमा ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2317

Shyamal – Sarta

श्यामल – सर्त

जबसम्म नारी बलात्कृत भइरहन्छे
र आकास धुजा धुजा पार्ने गरी
महासागर सुक्ने गरी चिच्याइरहनेछ
जबसम्म चरा कैद गरिएको हुन्छ पिँजडामा
उसले आफ्ना स—साना चुच्चाले
फलामको पिंजडा भत्काउन छाड्ने छैन
परन्तु जीवित नै हुनेछ करुणा र कोमलता
प्रेमीहरूले छिनाल्नेछन् आफुलाई बाँध्ने सिक्रीहरू
प्रेम चलिरहनेछ ।

जबसम्म हत्याराको मुठीमा छटपटिएको हुन्छ न्याय
र पैसा हुन्छ डाँकाको ब्रिफकेशमा
जबसम्म आलमारीका किताबमा बन्द हुन्छ इज्जत
र शिक्षा बेरिएको हुन्छ
काँजो बेरिएजस्तै मास्टरको लट्ठीमा
जबसम्म बसिरहनेछ हत्यारा आरामदायी मेचमा
र मानिसहरु हुनेछन् त्यसभन्दा तल भुईंमा
धर्ती कम्पायमान भइरहनेछ ।

त्यतिन्जेलसम्म जन्मिरहनेछन् स्पार्टाकसहरू
जबसम्म चराहरुले गीत गाउन छाड्ने छैनन्
जबसम्म जमीन बाँझो हुन्छ र
कोदालीले विना काम
कुनामा झोक्राइरहनुपर्छ
किसानले जबसम्म हातमा लाठी लिएर
जमीन जोगाइरहनुपर्छ
क्रोध बढिरहनेछ ।

पानी भएसम्म नदी बगिरहनेछ
चेत भएसम्म मानिस छट्पटाइरहनेछ
विश्वास भएसम्म मानिस विश्वास गरिरहनेछ
आशा भएसम्म हौसला भइरहनेछ
बाजा भएसम्म सुनिइरहनेछ ताल, सुर र नाद
यो मन झंकृत भइरहनेछ ।

यी निराशा, क्रोध र हो—हल्लाका बीच
शिशुहरु जन्मिइरहनेछन्
र तिनकी आमाका पवित्र स्तनबाट
जीवन रसाइरहनेछ
मानिस आफ्नै देवताबाट मुक्त नभएसम्म
दासमोचन भएको मानिने छैन
त्यसपछि पनि अनन्तकालसम्म
मानिसहरुको आवाजले हावा कम्पित भइरहनेछ
जीवन चलिरहनेछ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2317

Shyamal – Luto

बस्, एउटै कुरामा छ आनन्द
कन्याइरहनुमा
कविता, कथा र चित्र लेखने औंलाहरुले
फगत आङ कन्याइरहनुमा
विद्रोहमा उचालिने हातहरुले
आफ्नै शरीरका कापहरुमा
चलाइरहनुमा ।
लुतो लागृपछि
हराउँछ सोच र दृष्टि
ाफ्नै अगाडि भएको व्यभिचार
व्यभिचार हुँदैन
ऋाफैंमाथिको अत्याचार
अत्याचार हुँदैन
मानिस व्यस्त हुन्छ बिर्सेर यावत् कुरा
विचार, स्मृति, बहस
र वरिपरिको दुनियाँको मुरा
बस, एउटै हुन्छ आननदको स्रोत
आफ्नै जीउ कन्याइरहनुमा ।
लुतो लागेपछि केवल लुतो लाग्छ
आमा—बाबु र छरछिमेकको माया लाग्र्दैन
जब लाग्छ लुतो कसैलाई
बाँदरलाई घाउ लागेजस्तो
ऊ बिर्सन्छ बाल्यकालका स्मृतिहरु
ऋाफ्ना छानामाथि लाग्ने घामको ताप
वा आफ्नी आमाको चौबन्दीमा
मगमगाउने दूधको सुगन्ध
सबै बिर्सन्छ लुतोग्रस्त मानिस
र एउटै कुरामा व्यस्त हुन्छ
आङ कन्याइरहनुमा ।
लुतो एक विचार रहेछ
मानिसलाई विचारशून्य बनाउने
आद्यबिम्बसहितको उत्तर—आधुनिक विचार
रोग र औषधी दुवै बेच्ने
नाफाखोर बजारजस्तो लुतो
जहाँ रहँदैन मानिस मानिसझै
बस्, कन्याइरहन्छ आफ्नो आङ
तृप्त, आनन्दविभोर र बिलकुल एक्लो
मजा लिइरहन्छ
आफ्नो आङ कन्याइरहनुमा ।
प्रश्न
कागजको सेतो शरीरभरि
नाङगाी वेश्याको तस्विर बनाउन सकिनछ
र माक्र्स पनि,
कागजमा युद्धको घोषणा गर्न सकिन्छ
र कोर्त सकिन्छ
यातना—शिविरको नक्सा पनि,
कागजमा प्रशस्ति लेख्न सकिन्छ
र कविता पनि
जेसुकै गर—
कागजमा
तानाशाहको चेतावनी छाप्न सकिन्छ
र चुनावको मतपत्र पनि ।
कागजको सेतो शरीरभरि
प्रेमपत्र लेखेर मन बहलाउन सकिन्छ
र कोर्न सकिन्छ देशको नक्सा पनि,
कागजमा
एउटा गम्भीर बहस गर्न सकिन्छ
र लेख्न सकिन्छ पागल प्रलाप पनि,
यस चुनावमा मत दिने
तिम्रो पालो
जे गर—
किनकि कागजमा
घृणित सम्झौताको मस्यौदा गर्न सकिन्छ
र युद्धको घोषणा पनि ।
साथीहरू
रातको भयाभह अध्यारोमा हिँड्यो हामी सँगसँग
गर्मी यामको चर्को घाममा हिँड्यौ हामी सँगसँगै
हिउँदको भयानक चिसो हिउँमा टेकेर नाङ्गा पाइतालाहरु
साथीहरु हो, हामीले यात्रा ग¥यौं सँगसँगैं ।
इतिहासको क्रुर यथार्थका बाङ्गाटिङ्गा बाटाहरु नाघेर
यौटा बेलुन उडाएर आर्दशको
उचाइको उचाइलाई हरायौं हामीले
सहरको डरलाग्दो दुर्गन्धमा नाक नथुनेर
गल्ली—गल्लाीमा मानिसको सुगन्ध खोज ग¥यौं हामीले
साथीहरु हो, हामी रायौं सँगसँगै
हामी हाँस्यौ सँगसँगै ।
सँगसँगै हममी हिँड्दा परास्त भयो भाृक
सँगसँगै शब्दहरु खर्च ग¥यौं हामीले
र हरायौं आफन्तहरुको मृत्युशोक
नशाहरु उनेर नशामा
एउटाको नशा उनेर अर्काको नशामा
हामी लडयौं रात—रातभर । दिन—दिनभर
नरभक्षीका नशाहरुसित
गहिराइको गहिराइलाई हरायौं हामीले
साथीहरु हो, युग बोक्यौ हामीले
र युगका खलनायकको मुकुट झिकेर
युगलाई कायल पा¥यौं
हामीले सँगसँगै ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2317