Shreeshisha Rai – Andhyaro Ma Mero Akriti

तिम्रो आँखाको ऐनामा
मेरो अनुहार हेर्नकै लागि
म तिमीतिर दौडिरहेको छु

तिम्रो आँखाको ऐनामा
मेरो अनुहार हेर्नकै लागि
म दौडिरहेको त छु तर
सरासर तिमीसम्म आएर
सामुन्ने उभिएर म
तिम्रो आँखामा हेर्न सक्दिन
किनभने बर्तमान अँध्यारो छ
यहाँ हेर्नलाई
आँखाहरु नै देखिंदैनन्

अब मैले आफ्नो अनुहार हेर्न
तिम्रो आँखाभित्रै घुस्ने अठोट गरेको छु
यसका लागि म
तिम्रो मलद्धारवाट छिरेर
शरिरका आन्तरिक अवयवहरु हुंदै
तिम्रो आँखासम्म पुग्ने कोशिस गरिरहेछु

तिम्रो शरिर भित्र
झन् अन्धकार छ
तिमीभित्रको हिंड्ने वाटो
जवरजस्त दुर्गम छ
म तिम्रो रगत र पिसावमा
लतपतिंदै घस्रिरहेछु
तिमीभित्र खर्लप्पै कोशी बगेपछि
म विस्थापित भएको छु
दनदनी बलिरहेका चिमहरु
अब स्वीच अन गर्दासमेत बल्न छाडेका छन्
र आत्महत्या गरेको जिन्दगी झैं झुण्डिएका छन्
तिमीभित्रको कुनै परिवेश पनि
संघर्षले खालि छैन
तिम्रो पेटभित्र आफ्नो आयतन खोज्नेहरुले
यात्रामा चक्काजाम गरेपछि
म तिम्रो कलेजोनेर रोकिएको छु
तैपनि मैले सपाट आकृतिकै लागि
हिंड्नुको जोखिम उठाएको छु

बल्ल बल्ल छिचोलेर चक्काजामहरुलाई
म तिम्रो घाँटी हुंदै संघीयताको उकालो चढ्दैछु
घाँटीको सांगुरो भूगोल, तिम्रो आफ्नै आवाज
र मेरो शरिरको अस्पष्ट आकार
यो भीडमा म अल्मलिएको छु
निस्सासिएको छु
यो साहै नै प्रिय जटिलता हो
यसपछि जब म
तिम्रो आंखातर्फ लम्कनेछु
त्यतैतिर मेरो देश र आकृति
नयाँ हुनेछ

तिम्रो आँखाको ऐनामा
आफ्नो अनुहार हेर्नकै लागि
म तिमीतिर दौडिरहेको हुं

२०६६ बैशाख ११, तरहरा

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3257

Shreeshisha Rai – Mulghat Yatra

परेलाको स्याउलाले छोपिएको आँखा हो भने
यात्राहरु उस्तै पनि देखिन सक्छन्
कपालले ढाकिएको आँखा खोलिहेर
अवका सवै यात्राहरु नयाँ हुन्
वाह्रमासे भुईचालोले रन्थनिएर
पश्चिम फर्किएको त्रि्रो सिकुवामा पनि
घाम यसरी खस्यो कि
यो विहान त्रि्रो जिन्दगीकै नजीर बनेको छ

अवको यात्रा हिड्न
रुपान्तरित पदचाप हुनुपर्छ किन भनिरहनु मैले
पाईलाको सापेक्षता मुलघाटसँग छ भन्नु पनि किन
दिनको यो सुरुवातले गरेको सप्रसङ्ग ब्याख्यालाई
हु वहु उतार्दा पनि र्छलङ्ग हुन्छ
कि त्रि्रो शीर अर्थात मुलघाट पुग्न
पहिलो पाईला दक्षिण फर्किएको हुनुपर्छ

सपाङ्ग फड्काहरु हुँदैनन् अव
तमोरलाई जोड्ने पुलमा घुम्तीहरु भेटिनेछन्
पुग्नकै लागि तिमी र जीवन भनीसकेपछि
नाकले टेकेर पनि हिँड्नैपर्छ
असामान्य यात्राका सामान्य ध्रुवहरु हुन् यी
नाक भईमा टेकिँदा मुखमा आउने माटोको स्वाद
दुर्गम गन्तब्यको पक्षमा पानीको तरकारी हुनसक्छ
त्यसवेला त्रि्रो भान्साकोठाका सवै टोकरीहरुवाट
नुन र मसलाहरु रित्तिनेछन्

अलिकति माथि हो भने
ट्याक्सीको वगरलाई सम्याएर सोई ढोले सोई नाचीरहेको
या जुलुसमा सडक उम्लीरहेको भएपनि
चौक र उभौलीको सिमानामा कर्फ्यु लाग्छ
उकाला र घुमाउराहरुको प्रक्षेपणले तिमी
भेडेटार पुग्दै मुलघाटमा उभिएको भन्छौ भने
माथिल्लो पट्टीको ओरालोमा त्रि्रो टाउको ठोक्किनेछ

अलि तल
युगको पिलरमा लेखिएको छ- शताब्दी किलोमिटर
तिमीलाई नजिक देखेर बजाज डिस्कभरी हर्न बजाउँछ मुलघाट
दुरि पढ्न नजानेर हतार दौडन थाल्यौ भने
यात्राको पुर्वी आँगनमा अव समवेदना खस्नेछ
शब्द नफुरेको असह्य छटपटीमा मैले
श्रीमतिको एक भोल्ट म्वाई खाएर
कविता पुरा गर्न खोजे जस्तो
तिमी उठेर खोच्याउँदै पुग्नुपर्नेछ मुलघाट
अनि र्सलक्कै देखिनेछ गणितमा
तिमीदेखि मुलघाटसम्मको दुरि
र मुलघाटको उचाई

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3257

Shreeshisha Rai – Desh Bahadur Bhariya

अढाई सय वर्ष पुरानो ढुंगाको भारी
बोकेर उभिईरह्यो ठिँगै
विसौनीमा आईपुगेपछि
भारीको संस्करण फेरिएको छ
यो अब संघियताको भारी हो
छदैँछ पिठ्युँमा
गह्रौँ भारी ईतिहास–फलामको

समयसँगै पिठ्युँमा घोप्टिने भारीहरु
सवै बोक्नुपरेको छ देशबहादुरले
छोटा र खुकुला
पाखुरी र कुर्कुच्चाहरु
जीवनमा पहिलो पल्ट
भारी विसाएको अनुभव छ उसँग
त्यै भारी घरी घरी हेर्दै उ
टोल्हाईरहेछ
उ चाहन्छ– त्यस्तो भारी अब कहिल्यै बोक्न नपरोस

र जीवनमा पहिल्यै पल्ट
भारी विसाए लगत्तै
अजङ्गको भारी उठाउनुपरेको छ उसले
नयाँ भारी
असुरछित वर्षाले निरन्तर भिजिरहनु
यसको संस्कार हो
दिनहुँ गह्रौँ बन्दै जानु विशेषता हो
यो भारी बोकेर देशबहादुरले
कोशीमा वाँसको धराप पुल भएर
लोडसेडिङमा हिँड्नुपरेको छ

देशबहादुर आफै
जीउभरी बर्ड फ्लुका भाईरस बोकेर
हिँड्ने भरिया हो
ऊ आफै
भारी जीउ भएको भरिया हो