शिवप्रसाद गौतम – सलामःनयाँ वर्षलाई !
(मधुपर्क बैशाख, २०६७)
सदावहार पुलकित भएर
आफ्नैपन र शानमा
आफ्नै कर्मपथमा
निरन्तर यात्रा गरिरहने
समय सृष्टि हो
र कर्मवीरहरूको कृति हो
समयलाई ढाँटछल गर्नेहरू
कति उठे, कति लडे
आखिर समय सत्य छ
र समान छ सबको
जालझेल र छलकपट गर्दैन
कसैको चम्चे र झोले बन्दैन
कसैको हनुमान बनेर बस्दैन
यसैले उसलाई
कसैले रोक्न र छेक्न सक्तैन
समय सत्य र महान् छ
असत्य र पथभ्रष्ट त
मान्छे पो रहेछ
यसैले मान्छेबाट
मान्छे दुःखीरहेको छ
छेपारोको आवरणमा मान्छे
झूठको खेती गरिरहेछ
विधिको शासनमा
टिक्न नसक्नेहरू
निहित स्वार्थको लागि
दण्डहीनता र अराजकताको
वषर्ा गराइरहेछ
यसैले त हो
सहकार्य सहमति र एकताका
आलीहरू आपसमा भत्किरहेछ
सबैको अपरिहार्य ‘शान्ति र आस्थाहरू’
अलपत्र र निरीह बनिरहेछ
तसर्थ नयाँवर्ष, तिमी आउँदा
लुटिएका, खोसिएका र च्यातिएका
आस्था, विश्वास र खुसीहरूलाई
मूर्तरूपदिन पोल्टाभरि
स्वाधिनता, स्वाभिमान
र इमानदारिता बोकेर
कर्मवादीहरूको
सुखद जिजीविषा बनेर आउन
अनि आउनु तिमी
मानवतामाथि धावा बोल्ने
असत्तीहरूलाई तह लगाउनु
अक्ष्म्यताका साथ आउँनु
सलाम नयाँ वर्षलाई !
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.