Shiva Prakash – Sahamati

सहमति !
सहमतिका लागि
सहमतिबाट सुरु हुन्छ
र, सहमतिका लागि सहमति बन्छ
सहमति पछि
सहमति तोड्ने अर्को सहमति हुन्छ ।

सहमति !
एउटा निरन्तर क्रम हो
र, सहमति
एउटा निरन्तर भ्रम पनि हो ।

सहमति !
सरकार बनाउँन चाहिन्छ
सरकार चलाउँन चाहिन्छ
सरकार बचाउँन चाहिन्छ
सरकार गिराउन पनि चाहिन्छ
र सहमति,
सहबासका लागि पनि चाहिन्छ ।

सहमति !
क्रान्तिका लागि हुन्छ
शान्तिका लागि हुन्छ
र सहमति,
स्वार्थका लागि पनि हुन्छ ।
सहमति !
साधु-साधुबीच हुन्छ
चोर-चोरबीच हुन्छ
र सहमति,
साधु र चोरबीच पनि हुन्छ ।
सहमति !
नेता-नेताबीच हुन्छ
सहमति वेश्या-वेश्याबीच
र सहमति,
वेश्या र महात्माबीच पनि हुन्छ ।

सहमति !
महलहरुमा हुन्छ
सिंहदरबारहरुमा हुन्छ
दरबारहरुमा हुन्छ
र सहमति,
वेश्याबजारहरुमा पनि हुन्छ ।

चलेको छ -
मान्छे, संसार र समय,
सँस्कार र सहबास
सम्पुर्ण सहमतिमा !

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1462

Shiva Prakash – Antarang Ko Rang

तिमीभित्र
तिमी जस्तै
तिमी नभए
मभित्र
म जस्तै
म पनि नहुन सक्छ !
तिमी,
तिमी जस्तै हुन
म,
म जस्तै हुन
तिमीभित्रको तिमी
मभित्रको म
सायद उस्तै हुनु पर्छ !
एकाकार भए पनि
तिमी र म
तिमीभित्रको तिमी
मभित्रको म
एकाकार नभएसम्म
मनले मन नचिन्न सक्छ,
शरीरले शरीर चिने पनि

मनले मन नचिने
एक मनले
अर्को मन कटक्क खान सक्छ !
तिमीभित्रको तिमी
मभित्रको म
तिमी र म भन्दा
फरक भए
अन्ततः
तिमी र म पनि
फरक बाटो
हिड्नु पर्ने हुन सक्छ !
के थाह,
मान्छे जस्तै
तिमीभित्र
अर्को तिमी
मभित्र
अर्को म पनि त हुन सक्छ !
रंग उस्तै भए’नि शरीरको
अन्तरङ्गको रङ्
फरक पनि त हुन सक्छ !

(अश्रृगांर कविता अभियान…)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1462

Shiva Prakash – Rupantaran

अस्तिसम्म
मान्छे थियो
उ पनि,
हिजोदेखि
सिंहदरबार
छिरेछ,
आज
अचानक
जनावरमा
रुपान्तरण भएछ !
अस्तिसम्म
पाठ पढाउथ्यो
उ पनि,
नीतिका,
न्यायका,
निष्ठाका,
नैतिकताका,
इमानका
हिजो
सिंहदरबार
छिरेपछि
आजै सबै
बेचेर खाएछ !
संचार माध्यममा
भोलीपल्ट
जताततै
अन्तर्वार्ता
उसैको आएछ
“समय अनुरुप
हामीले
आफूलाई
निरन्तर
रुपान्तरण
गर्न सक्नु पर्छ !”
उ अझै भनिरहेछ ।

(अश्रृंगार कविता अभियान ……)