Shiva Gautam – Mutu Neri Ko Sisneri

शिव गौतम – मुटुनेरिको सिस्नेरी

सिस्नेरी
मेरी जननी, मेरो जन्मभूमि
घाम झुल्कँदाखेरि
घाम अस्ताउँदाखेरि
म तिमीलाई नै सम्झिन्छु
उषा अनि गोधुलिलाई हेरी

कहिले हिलैहिलोको होली खेली
कहिले धुलैधुलोमा धुलिई
म तिम्रा पाखामा तिमी मेरा आँखामा
रमाइ रहन्थ्यौँ सन्सारलाई नै भूली
को सँग जिस्किन्छन् तिम्रा ती झरी
को सँग खेल्छन् अचेल ती खडेरी
सिस्नेरी
तिमी मेरी यसोधा थियौ
म तिम्रो चक्चके कृष्ण अटेरी

परदेशमा गएको छोराछोरीको वेदनाले
आमाको छाती चिरिन्छ भन्छन्
बेलाबेला मेरा आँखाबाट बग्ने भेलले
तिम्रो छातीमा पहिरो जान्छ कि जाँदैन
बेलाबेला म त्यसै उदासिन्छु
तिम्रा पाखालाई कुहिरोले ढाक्छ कि ढाक्दैन
सिस्नेरी
तिमीले मलाई बिस्र्यौ कि
सम्झेकैछौ मैले तिमीलाई सम्झे जस्तै गरी

उमेरमा म जतिसुकै बुढोभए पनि
सिस्नेरी
तिमी मेरो सम्झनामा सँधै तन्नेरी

तिम्रो र मेरो दूरी जतिसुकै बढेपनि
सिस्नेरी
तिमी सँधै मेरो मुटुनेरि ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2178

Shiva Gautam – Bachne Bani

शिव गौतम – बाच्ने बानी

वाँच्नु पानि एउटा नशा पो हो कि क्या हो,
आज वाँची सके पछि
भोलि फेरि वाँच्न मन लाग्ने,
एक पल्ट माते पछि
फेरि फेरि पनि मात्न मन लाग्ने।

यो आदत छुटाउनलाई
वाँच्ने यो लत छुटाउनलाई
समुन्द्रका सुनामी छालहरुले
छल गरेनन् कि,
भुईँचालाहरुले
आफ्ना चालहरु चलेनेन् कि,
अनादि काल देखि नै
झैझगडा, माहामारी र खडेरी
अनि अनेकौं अनिकाल आएनन् कि।

जुनसुकै बहानामा होस्
बाँच्ने यो लतलाई
यो आदतलाई
कालको अदालतले
जति पल्ट साहदातको सजाय सुनाए पनि
यो त एउटा लत न हो आखिरमा,
गएर यो फेरि लागी हाल्छ
जागी हाल्छ यो फेरि
कुनै नया मनुवामा
कुनै नया पालुवामा।

वाँच्नु पानि एउटा नशा पो हो कि क्या हो,
आज वाँची सके पछि
भोलि फेरि वाँच्न मन लाग्ने,
एक पल्ट माते पछि
फेरि फेरि पनि मात्न मन लाग्ने।

(Sent to Sanjaal Corps via Email)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2178

Shiva Gautam – Naya Purana Bata Haru

शिव गौतम – नयाँ पुराना बाटाहरु

कहिले म,
कहिल्यै नहिंडेका नयाँ बाटाहरुमा
आँफैलाई छर्दै हिंड्छु
आँफैलाई छोड्दै हिंड्छु
आँफैलाई राख्तै हिंड्छु
दृश्यहरुमा, सल्लाका सुसाईहरुमा
डाँडाका टु्प्पाका बादलहरुमा
बाटाका चिया पसलहरुमा।

अनि फेरि कहिले म,
पहिल्यै हिंडिसकेका उनै बाटाहरुमा
आफैलाई खोज्दै हिंड्छु
आँफैलाई बटुल्दै हिंडछु
उनै दृश्यहरुमा, उनै सुसाईहरुमा
उनै बादलहरुमा, उनै चिया पसलहरुमा।

तर हरेक पल्ट ठ्याक्कै उस्तै हुँदैन,
कतै न कतै, केहि न केहि फरक पाउँछु,
कतै नयाँ पहिरो
कतै नयाँ डढेलो;
कहिले डाँडामा बादल हुँदै हुँदैन
कतै आँफैलाई भेट्छु, कतै भेट्तै भेट्दिन;
जहाँ भेट्छु, जीवन्त अनुभव गर्छु
जहाँ भेट्दिन, जीवन-अन्त अनुभव गर्छु;
जहाँ भेट्छु, रमाउँछु
जहाँ भेट्दिन, आँखाभरी रसाउँछु।

(Sent to Sanjaal Corps Via Email)