शिखर आरोहण – भ्रम
(Sent to Sanjaal Corps via Email)
भ्रमहरू,
हेरिरहेछन् मलाई मेरो वरिपरिबाट
म भ्रमहरू बाँचिरहेछु ।
सपनाका भ्रमहरू
जीवन भ्रमहरू
भ्रमहरूसँगै नै मेरो दैनिकी तय भइरहेछ ।
भूतकालका कथाहरूसँगै
म खोजिरहेछु,
सत्यता, यथार्थ र वर्तमान
यी वर्तमानहरू मलाई
कहिले यता कहिले उता पछार्छन्
म तीनै भ्रमहरूमा
विश्व हाँक्ने विवशता तन्काइरहेछु ।
निकोटिनले पहेँलिएका मेरा ओठहरू
आवाज दिने प्रयास गर्दछन्
प्रयासहरूमै काँप्दाकाँप्दै ओठहरू
सुख्खा भएर झर्नै आँटिसके
एक प्याला भ्रममा
मनौं संसारलाई नै तन्काउन
सोचिरहेछु – कथा र कथाका पात्रहरू
यी कथाका पात्रहरू
कहिले नाङ्गै बनिदिन्छन्
कहिले लमतन्न सडक छेउ
मदिरा दिवस मनाइदिन्छन् ।
म धेरैपटक मरेर बाँचिरहेछु
सदियौं मरिरहेनेछु,
भ्रमहरू मरेका छैनन्
कहिल्यै मर्दैनन् ।
दोबाटोहरूमा म अल्झिरहेछु
अनिर्णित भइरहेछु
भ्रमहरू सोझो बाटो देखिरहेछन्
भ्रमहरू कहिल्यै पछाडि परेनन्
भ्रमहरू भनिरहेछन् –
यस्तो भ्रममा जिइयो
साला जिन्दगी ।
२०६५/०९/०३
तीनथाना, काठमाण्डौं
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.