Shekhar Dhungel – Shabdaharu Alag

शब्दहरू अलग अलग
भावना मनको एउटै हो
जसले छोडी हिंडे पनि
बिछोड आखिर बिछोड नै हो
छातीमा मुटु बेग्ला बेग्लै
धडकन् सबको उस्तै हो
तिमीलाई दुखोस् कि मलाई
पीडा भोग्ने उस्तै हो
घाऊ होलान् साना ठुला
बग्ने रगत त रातै हो
अचानो बनेर हेर एक दिन
चोट सब लाई एउटै हो
शब्दहरू अलग अलग
भावना मनको एउटै हो

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1280

Shekhar Dhungel – Khatara Jindagi

कहिले कता दुख्छ
कहिले कता घोच्छ
आज भोलि त
डा. बाको
वर्कसप मै दिन बित्ने भो
किनकि जिन्दगी खतरा भो

तान्नु जति तानियो
घिसार्नु जति घिसारियो
अनिश्चित गन्तब्यको यात्रा
अब लरखराउन थाल्यो
किनकि जिन्दगी खतरा भो
घटाउछु भन्यो
जिम्मेवारीको भार
झनै थपिंदै गयो
मार्छु भन्यो मनको आशा
झनै तङ्रिदै गो
यसरी नै जाने हो भने त
जिन्दगी बिना चैन डुब्ने भो
किनकि जिन्दगी त खतरा भो

जुत्ता मात्र फेरेर के गर्नु ?
खुट्टा लुलो भैगो
जति क्रिम दले पनि
छालाले हड्डी छोडि गो
किनकि जिन्दगी खतरा भो
सुन्या थियो ओल्ड इज गोल्ड
यहाँ त खोइ न्यु कै ठूलो मोल
उहिल्या’ कुरा खुइले
उस्का कुरा कस्ले सुन्ने ?
किनकि उ त खतरा भो

टाउकामा हफ्तै पिच्छे
पेन्ट गर्नु पर्ने भो
आँखामा वाइपर थप्दा पनि
साँझ परेसि देख्नै गार्हो भो
इन्जिन थोत्रो भे’ पछी
टायर् फेरेर के पो हुन्छ हो ?
किनकि जिन्दगी खतरा भो

चाहिने तालुको रौं झरेर
न चाहिने कान र नाकमा
बढ्न गो
जति शक्तिबर्धक पेले पनि
झन त पचाउन नै गार्हो भो
किनकि जिन्दगी खतरा भो

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1280

Shekhar Dhungel – Gunaso

गुनासो
अर्थात” गु” को नासो
अर्थात दुषित नासो
घरघरमा हेर
श्रीमतीको गुनासो
भाई भाई लडाएको छ
समाजलाई हेर
आफन्त कै गुनासो
मित्रलाई भिडएको छ
” गु” नासोको चाल
जबर्जस्त अन्धो बनाउछ
” गु ” नासोको जाल
बुझ्नै गार्हो कुटिल हुन्छ
” गु ” नासो कतै
साचिलो बन्दै पोखिन्छ
” गु ” नासो कतै
अक्रोस बनी थोपरिन्छ
” गु ” नासो कतै
भ्रमको खेती गर्छ
” गु” नासो कतै
पक्ष बिपक्ष र बिबाद
लाई गोडमेल गर्छ
“गु ” नासो
अबिश्वासको बिउ छर्दछ
” गु ” नासो कतै
मित्र घात् अस्त्र बनिदिन्छ
” गु ” नासो
स्वयमलाई खोक्रो मात्र होइन
समाजमा आगो सल्काइ दिन्छ
” गु ” नासो कतै
चित्त दुखाइ त कतै
बिरोध बनेर झोसिन्छ
यो ” गु ” नासो
बनाउने कम बिगार्ने ज्यादा गर्छ
अनी
स्वच्छ समाजलाई दुषित
बनाउछ