Shailendra Sakar – Joon

शैलेन्द्र साकार – जून
(Source – मधुपर्क माघ, २०६८)

मैले उसलाई भेँटे
खेलिरहेको पिङमा
भाँचिएको रूखमा
अल्झिरहेको अनुहार
चम्किलो पैसाजस्तो
घाँस गुमाएको
हिउँको थुप्रोमा
खोजिरहेको हरियो पात
मैले उसलाई भेँटे
छाना माथि
खोजिरहेको कुनै साथी
हो उसलाई भेटेँ
एकदिन चटरटानमा
खोजिरहेको आफ्नै अन्त्यानुप्रास
चङ्गाजस्तो आकासमा
पुरानो रङजस्तो
कागजमा
खेलिरहेको बालकजस्तो
जून
जूनभित्र ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:772

Shailendra Sakar – Nepal Tyahan Kahin Katai Kehi Namilekai Chha Bhanchha Joshi

शैलेन्द्र साकार – ‘नेपाल, त्यहाँ कहीँ कतै केही नमिलेकै छ’ भन्छ जोशी

अमेरिकामा बसेर देश बिर्सेको जोशी
बियरको नशाबाट एक्कासि
यथार्थमा हाम्फाल्छ
र बर्बराउँछ-
के मेरो देशको कुरा गरेको ?
मलाई थाहा पनि छैन सम्पूर्ण कुरा
कैयौँ कुरा त बिर्सी पनि सकेँ
तर मलाई लाग्छ
त्यो देश संसारको
सबभन्दा ठूलो पागलखाना हो या चिडियाखाना
कि पुरानो सङ्ग्रहालय
त्यहाँ कहीँ कतै केही नमिलेकै छ-
भन्छ जोशी
म कसैलाई दोष दिन सक्तिनँ।
जनता- ती सीधासादा र गरिब छन्
नेता- ती धूर्त र बेइमान छन् अरू देशका झैँ
व्यवस्था- त्यो पनि चाहेकै पाएका छन्
तर किन केही हुन नसकेको त्यहाँ
तर किन नेपालीले गर्व गरेर
म यो देशको नागरिक हुँ भनेर भन्न नसकेको ?
मलाई नेपाल फर्कने कुरा सम्झ्यो कि
नाडी फत्रक्क गलेर आउँछ
नसाहरू थाक्छन्
र अपरिचित त्रासले म काम्न थाल्छु
मलाई थाहा छैन मलाई किन त्यो हुन्छ -
यही देशमा पनि मैले के पो पाएको छु र ?
कुनचाहिँ उपलब्धि हात पारेको छु र ?
के कति सम्पत्ति या समृद्धि कमाएको छु र ?
तर मलाई देश फर्कन पटक्कै मन छैन ।
त्यो देश जहाँ म जन्मेँ
त्यहाँ कहीँ कतै केही नमिलेकै छ
जुन दिन त्यो खोजी होला
अङ्कल !
तपाईँ र म सँगै देश फर्कौला
भन्छ जोशी ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:772

Shailendra Sakar – Jiwit Nayak Ko Aatma Katha

शैलेन्द्र साकार – जीवित नायकको आत्मकथा
(मधुपर्क २०६६ जेठ)

ऊ ठीक सात बजे उठ्छ
सात बजेर पाँच मिनेटमा रेष्टरुममा हुन्छ
त्यसपछि दाँत माझ्छ
बीस पटक माथिल्लो दाँत र
वीस पटक तल्लो दाँत बु्रसले माझ्छ, मुख धुन्छ
र सात बजेर बीस मिनेटमा ऊ बसभित्र हुन्छ ।
आठ बजे उसको काम सुरु हुन्छ
पाँच बजे अफिस छुटेर घर र्फकन्छ
केहीबेर गीत सुन्छ, खाना पकाउँछ
र टि.भि. हेर्दै खाना खान्छ
यसरी नै धेरै वर्ष विताएको छ उसले
ऊ मात्र एउटा पात्र हो उपन्यासको
उपन्यास लेखक हरेक पात्रलाई अन्त्यमा मृत्यु दिन्छ
यो सबैलाई थाहा छ ।
कुनै खराव लत छैन
कुन कारणले लेखकले उसलाई असमयमै मार्ने ?
तर लेखक भने चिन्तित छ- कसरी आफ्नो पात्रलाई मार्ने ?
पात्रलाई त्यो कुरा एकदिन थाहा हुन्छ
ऊ आफ्नो लेखकलाई भेटेर प्रश्न गर्न चाहन्छ
मैले किन असमयमै मर्ने ?
तर लेखक आफ्नो प्रत्येक उपन्यासमा
पात्रलाई मार्न बाध्य छ
उसले मर्नैपर्छ ।
तर कसरी ? क्यान्सरले एक्कासि ऊ मर्न सक्दैन
त के हृदयघात गराएर उसलाई मार्ने ?
लेखक एकदमै चिन्तित छ ।
पात्रलाई लेखकको गोप्य योजना थाहा हुन्छ
ऊ समालोचककहाँ पुग्छ र अनुरोध गर्छ
‘मलाई बचाउन लेखकलाई भन्दिनु पर्‍यो
समालोचक भन्छ-असम्भव, उसले तिमीलाई बचाउनै सक्दैन
उसका प्रत्येक नायकहरू यसरी नै असमयमै मर्छन् ।
नायक बाँच्ने कोसिस गरिरहन्छ
कोसिस नम्बर १- कुनै काम ठीक समयमा नगर्ने
नम्वर-२ जागिर छाड्ने र दिनभर कतै नजाने
नम्वर ३-कसैको फोन रिसिभ नगर्ने । त्यो लेखकको कल हुन सक्छ ।
अनि कहिल्यै नसोचेको एउटी साधारण ठिटीको ‘बार’ मा पसेर
ऊ दिनभर बिताउँछ
कारण यस्तो ठाउँ उसको नियन्ता
उसको जन्मदाता लेखकलाई थाहनै नहोस्
ऊ लेखकलाई फोन गर्छ
घण्टी बजिरहन्छ फोन उठ्दैन
अन्त्यमा बल्ल फोन उठ्छ
लेखक भन्छ- तिमीले छिट्टै मर्नुपर्छ
मेरा प्रत्येक पात्र यसरी नै छिट्टै मर्छन्
लेखक उपन्यासको अन्तिम परिच्छेद लेख्दैछ
केही घटित हुनु नै छ
लेखक पाण्डुलिपिको अन्तिम परिच्छेद लेख्दैछ
‘नायकले उपन्यासको लेखकलाई फोन गर्छ
र आफू मर्नुपर्ने उचित कारण माग्छ
तर लेखक भने जवाफ दिन चाहँदैन ।
विस्तारै पात्रलाई लाग्न थाल्छ
लेखकले उसलाई बिर्सिसक्यो
अनि ऊ आफ्नै पुरानो घडीको हिसाबमा
अनायास बस विसौनी पुग्छ
बस सात बजेर बाइस मिनेटमा हिँड्छ
उसलाई पक्का छ
त्यही बेला एउटा बालक साइकलमा दौडेर
बसतिर आउँदैछ
ऊ ठीक सात बजेर बीस मिनेटमा बस चढ्न सक्दैन
बस हिँड्छ
बालक बचाउन ऊ बसको अगाडि हुत्तिन्छ
उसको हात भाँचिन्छ
र टाउको गम्भीर चोट लाग्छ
ऊ बेहोस हुन्छ
अस्पतालमा ऊ ब्यूँझन्छ
डाक्टर उसलाई भनिरहेको हुन्छ-अहिले तिमी खतरामुक्त छौ
एक मिनेटले तिमी बाच्यौ
लेखक आफ्नो उपन्यासको अन्तिम वाक्य
यसरी लेख्न बाध्य भयो-
यसरी ऊ बाँच्यो
एउटा बालकलाई बचाएकोले ऊ बाँच्यो
प्रत्येक उपन्यासको मेरो नायकझैँ ऊ मरेन ।