Seema Abhash – Ansha

सीमा आभाष – अंश

अंश लैजानु,
दुम्सीले माडेको फापरबारी
बाँदर लागेको मकैबारी
पछ्यौरीले छोपेको
सोलीको कोदाको बीउ
आँगनको कुखुराको खोर
बुन्दाबुन्दै छोडेको डोको
एकमुठी सुकेका चोया
खेतमाथि बगेको बाढी
घरपर्तिरको खहरे
रित्ता किला-दाम्ला

लैजानु,
भूतले तर्साउने खोल्सो
लाहुरे हजुरबाले कमाएको भित्तेघडी
हजुरआमाले सिन्दुर टीका गर्ने बिर्के ऐना
बाँसको काइँयो

लैजानु,
गोल्चे लगाएको सन्दुकमा
पुखार्ंैदेखि लुकाएका अभाव
वर्षौंदेखि बगेको पसिना
छानोमाथि फैलने बादलको टुक्रा
बूढो आँपको रूख
बल्न नपाएको अँगेनो
भरिन नपाएको गाग्रो
काँक्राफर्सी बेरिन नपाएका थाङ्ग्रा

लैजानु,
पानी नतर्ने घरको धुरी
करेसामा रोपेको घामफूल
बार्दलीमा झुण्ड्याएका
सयपत्री र मखमली माला
अँगेनामाथि ध्वाँसो लागेका कप्टेरा
सोली र फिपी
खुर्पा र कोदाली
पुर्खाले आर्जेको दुःख

लैजानु,
हिँड्दाहिँड्दै थाकेको गल्ली
मैले लिएको पनि यही हो
मैले दिने पनि यही हो
अंश लैजानु मसँग भएका
यी सबै सबै…!

सीमा आभास

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2075

Seema Abhash – Chhodera Jane Haru

बग्ने पानीमुनिको ढुङ्गो झैं
लेउ लागेर छोडिएपछि पिँधमा
कहाँ चिसो भन्न पाए र

इन्द्रेणी ओराल्ने गरेका
उपत्यका कहाँ विलाए
माझीले चलाउन छोडेको
डुङ्गा किनारमा छोिड
जलकुम्भी झैं तैरदै
कुन बाटो रोजे
सेता हाँस बनेर

घरमा पुज्ने भूमें देउता ढोगी गएपछि
घरमुनि सेताम्मे फूल्ने अम्बकका रुखछेउ
किन फर्किएनन्
घण्टी फूल फूल्दै झर्दै गरेको यामको बेवास्तागरी
आलुबखडाका फूलमा ओर्लने न्यानो घामको छायाँ नाप्दै
किन पश्चिम भज्याङ तरेर
कोशीको बगरै बगर लस्करै गईरहे
सहनाई बजाउँदै
सेतो फेटा गुतेर

छोडेर गएपछि
नदिले किनार भत्काएको छैन
बढाएको छैन बगर
नीलो दहमा पौडने माछाका भुराहरु बढेका छैनन्
बिहान खस्नु अघि नदीले गाउने भाका फेरिएको छैन
हिंडेभन्दा टाढा पुगेको छैन भज्याङ छिचोल्ने बाटो
बेहुली चरीले उज्यालोको रंग फेरेको छैन

त्यहाँभन्दा पर ठोक्किएको छै बतास
जहाँ छोडिएको थियो
माहुरीको घार जस्तो सुन्दर पुख्र्यौली थलो

किन फर्कदैनन् छोडेर जानेहरु
बचेरा उडेको चराको गुँड जस्तै
टुहुरो बनाएर देउराली
न्यास्रो मानेर चुपचाप उभिरहेको वरपिपल नसम्झी
बाढीतिरै सोहोरिएर
जिउभरिको कपडा च्यातिउाजेल बगीरहँदा
दोभानको किनारैपिच्छे
छोडिएको छाँया खोज्दा खोज्दै
हराएको वयस्कपन
ढुङ्गामा थुपारेर
बेसरम च्यातिएको
बुढो धोती जस्तै
गाँस्न नमिल्ने जिन्दगी घिसारी
दोभानमा थकाई बिसाएर
मुठ्ठिभरि घाँस च्यापेर
खच्चड हिँड्न छोडेको
र जूनकिरी बल्न छोडेको गल्लीका
काँडा कुल्चँदै
किन गईरहे छोडेर जानेहरु
दियालो बाल्दै
जीवनभर गाईएका सुमधुर धुनसँगै ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2075

Seema Abhash – Ishwar Lai Sujhab

सीमा आभास – ईश्वरलाई सुझाव
(असोज मधुपर्क, २०६८)

पूर्खाले बनाएका छाना आगो जोरेका अँगेना
धान गहुँ फल्ने खेतका आली
आँगनदेखि पँधेरासम्म कोरिएका गल्ली
जति रिस उठे पनि नभत्काएस् ईश्वर !
ए ईश्वर ! तँलाई पनि थाहा छैन
कसले ? किन ? कुन दिन ? कति बजे ?
बनाएको थियो छङछङ गर्ने झरनाको लहर
शान्त नदीको मन गेरू ओढेर बलेँसीमा झरेको चन्द्रमा
न्वारानको दिन आमाले देखाएको पहिलो घाम
कसले रच्यो र छोड्यो खुल्ला शून्यतामा
तमाम मान्छेहरू !
तैँले थाहा पाउनू- बोक्नसक्ने छैनस् हत्केलामा आकाशको नीलो रङ
गोजीमा भर्नसक्ने छैनस् आगोमा लेपासिएको तातो
र उज्यालो सिउरिन सक्ने छैनस् कपालमा फूलको सौन्दर्य
तेरो हुने छैन हावाको चञ्चलता, पानीको शितलता
के घमण्ड बाँच्छस् ?
तेरो आफ्नै भनेको त हुने छैन एउटा चिहान पनि !
तेरो विनासकारी अस्त्रले
भत्किएलान हिमालहरू
भत्किँदैन हिमालको अटल मन छोप्ने हिउँको रङ
च्यातिएलान् फूलहरू
च्यातिँदैन फूलसौन्दर्य
लस्करै लाम लगाएर ढालिएलान् मान्छेहरू
ढालिँदैन मानवसंवेदना !
केके देख्छ कुन्नि विक्षिप्त तेरो आँखाले
आफ्नो रूप खोज्ने झोँकमा
नफुटाउनू मान्छेका आँखा, नभाँच्नू हातखुट्टा
नहाल्नू गल्लीमा काँडा
भित्र दुखाएर नभत्काउनू कसैको मुटु
नदिनू चोट अवोध पक्षीका प्वाँखमा
नच्यात्नू चित्कार बषर्ाएर नानीका ओठका तोतेबोली
घाउ लाग्नेगरी नटोक्नू फूलका गाला
ए ईश्वर !
कहिल्यै नखित्खिताउनू चराका आँसु पिएर !