सबिना सिन्धु – आक्रिशित शहिदगेट
आँगन भत्काएर चिहान खन्नू
कसैको विरोध गरेर
उप्काउनू रक्तरन्जित ज्वारभाटा
बलि चढाएर कुनै मन्दिरमा
घाँटी रगेड्नू उसको
फुटाउनू उसको खप्पर
च्यात्नू मस्तिष्क
र गाड्नू उसका आँखाहरू
सुकिला घामहरूका अगाडि
कोदालो बोक्नू र खन्नू खाडल
ताकि चिप्लिएर लडून्
निरही तिनका सप्तनदीजस्ता
कल्कलाउँदा सपना
दन्दन्ती बाल्नू उसका इच्छाहरूलाई
सल्काउनू उसको शब्दको पीडा
आक्रोशित उसका आँसुहरूलाई
बल्न दिनू औपचारिक सङ्कीर्णतामा
शक्तिशाली रहेछन् भने
उसका शब्दहरू
पीरो धूवाँ ओकलेर
तस्बिर उतारिहनेछन्
हिमालको अग्लाइमा,
नाप्नेछन् शब्दका गहिराइहरू ।
लात्ती हानेर आफ्नै घर भत्काउनू
भन्नू, “समयको गतिसँगै चलेको छु”
ढाल्नू घण्टाघर, ढाल्नू सहिदगेट
यदि यस्तै हो भने नलेख्नू इतिहास
नउम्याउनू सहिदगेट
नसम्झनू सहिदका सपनाहरूलाई
यदि यस्तै हो भने
आफैँ पस्नू आफूले खनेको खाडलहरूमा
आँगन भत्काइरहनू
चिहान खनिरहनू ।
बिर्सनू आफैँलाई
बिर्सनू देशलाई
र, सहिदका सपनाहरूलाई ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.