Sabina Sindhu – Kunai Kal Khanda Ma Nyayalaya Aghadi Ubhiyera

सविना सिन्धु – कुनै कालखण्डमा, न्यायालय अगाडि उभिएर
(मधुपर्क साउन, २०६७)

श्रीमान् ! मेरो लोग्ने पेशेवार सर्जक
अनधिकृत शब्दहरुमाझ दिनदहाडै हत्याकाण्ड मच्चाएर उभिन्छन्,
विचारको कारोवार गर्छन् ।
आस्थाको पुनर्योग गर्छु र ठम्याउँछु
दुई सुकाको माया धेरैअघि उनले मसँग साटेको ।
विचार साट्ने उनको कलमलाई घृणा गर्छु श्रीमान् !
सर्जककी स्वास्नी हुनुको पीडा दाउराहरुमा मिसाएर
आगोसँगै बाल्छु ।
तर पनि श्रद्धा चढाएर माग्छु उनको सफलताको वरदान ।
सम्पादकबाट अस्वीकृत उनका विचार
टेबुलमाथि राखी थिचिदिन्छु ‘पेपरवेट’ ले ।
घरभित्रै हुर्किन्छन् धेरै कथा र अपहेलित हुन्छन् ।
पढेकी छु दुई-चार अक्षर अहँ आधुनिक युवती बन्न सक्दिन ।
कहिले काहीँ मेरो माया चोर्ने उनको पुस्तकदेखि ईष्र्या लाग्छ ।
आफैं टाँस्सिउँजस्तो लाग्छ उनको अक्षरमा र उनका किताबहरुमा
ताकि उनले
एकपटक हेरुन् मेरो जिन्दगी अनि वाक्यसँगै पढुन्
र महसुस गरुन् ।
घरी-घरी सम्पादकबाट अस्वीकृत विचार देखेर
अहँ म सहन सक्दिन उनको न्याउरो अनुहार ।
अँगेनाको डिलनजिकै बसेर
फरियाको सप्कोले पुच्छु आˆनो आँसु,
थाहा छ, श्रीमान्,
म उनको शब्दलाई होइन उनलाई प्रेम गर्छु ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1845

Sindhu Gautam – Bidhawa Samaya Ra Udas Anuhar

सिन्धु गौतम – विधवा समय र उदास अनुहार

आज बिहानै रेडियोले फुक्यो-
धान रोप्न गएका रोपाहारहरु
बीउ लिएर भागाभाग गरे
मेरो गाउँका किन्नरकिन्नरीहरु
कोदालो समाएरै चिच्याउन लागे ।
घनघोर जङ्गलमा
डालेघाँस झार्दै गरेको हर्के
खुर्पा लिएर दगु-यो
नेपथ्यमा ठूलै आवाज निस्क्यो
सबैले थाहा पाए-
आज-
घरबाट निस्कनु हुँदैन ढोका थुन्नर्ुपर्छ
किनकि आज नेपाल बन्द छ ।
आज
लड्नेहरु घमासान युद्ध लड्दैछन्
कोही आफूलाई
अज्ञात रुपमा समर्पित गर्दैछन्
खुकुरीको धार
अनि
बन्दुकका नाल र प्वालमा
बन्दुक ठडिन्छन्

कोपिलाहरु सबै
बममा रुपान्तरित भएका छन् ।
त्यसैले
फूलहरु फुल्न चाहेका छैनन्
बिरुवाहरु उम्रँन चाहेका छैनन्
आज
मिर्मिरेमा सूर्य तेजिला किरणसँगै
बारुद र बमका र्छराहरु र्छकँदै छ ।
मध्यान्हको सूर्य
बाल्टिन र कुकरबमले चर्किँदै छ ।
र साँझको सूर्य रगतको
आहालमा पहाडमुनि चुर्लुम्म डुबेको छ ।
शीतल जून पनि
फायरिङबाट त्रसित छ।
त्यसैले त आज
यत्रतत्र र्सवत्र जिन्दगी
विधवाको निस्तेज अनुहारझैँ
उदासउदास छ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1845

Sabina Sindhu – Chihan Uthchha

सबिना सिन्धु – चिहान उठ्छ

क्रान्तिको रक्तरन्जित खोलो
फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ
र चिहान उठ्छ, हतियार बोकेर
मान्छे मान्छे भएर उठ्छ ।
न्यायको खातिर
मान्छे इतिहास भएर उठ्छ
सत्यको खातिर !
पाखण्डी इजलास
फेरी विस्थापित हुन्छ

जे होस् चिहान उठ्छ ।

ढुङ्गा जस्तै साह्रो पारेर मुटु
समयको सम्पूर्ण अधिकार
बिद्रोहको तुफान भएर उठ्छ ।
सिङ्गै कथा जन्माउँछ
बज्रिन्छ छातीमा असन्तुष्टिका भाग्य रेखा

अन्तमा
शरीरबाट रगतका छिटा
उच्छिट्टिएर आकार बन्छ देशको
आकार बन्छ मुस्कानको

चिहान क्रान्तिका लागि उठ्छ
चिहान शान्तिका लागि उठ्छ