Ritu Ashik – Sambodhan

ॠतु आसीक – सम्बोधन

धर्तीभारिका वासिन्दाहरु हो !
म सम्बोधन गरिरहेको छु |
तिमीहरुलाई
म तिमीहरुलाई ढुंगाले वोलेको आवाज सुनाउँछु |
काँतर हो !
यतिका शताब्दीसम्म आफूलाई
कुवाको भित्र राखेर
संसारको मपाई भन्न र भनाउन खोज्ने हो !
जिन्दगी ज्यादै अर्थपूर्ण र कामलाग्ने भएको छ |
सुन्तला भन्दा कमलो र
मौरीको मह भन्दा मिठो छ सूर्य
आउ यसलाई टुक्रा -टुक्रा पारेर खाउ
सुतेका सुताहाहरुलाई पनि झ्यालबाट
सूर्यका टुक्रा छिराइ दिउ
बुझनेले बुझे हुन्छ
जिन्दगी ज्यादै अर्थपूर्ण र संघर्षशिल भएको छ |
बाँच्न मन पराउने हो !
बाँच्न ज्यादै अप्ठेरो भएको छ |
हुन सक्ने र ढुंगाको छाती माथि
हरियो दुवो उम्रिएको हेर्न मन भए
आँट गर
अझै जाँगर भर
मान्छेले कसरी बाँच्नु पर्छ |
लुकेर चियाउने गर
निगरानी राख्ने गर
ए धर्तीभरिका मान्छेहरु हो !
म तिमीहरुलाई सम्बोधन गर्न फेरी आउने छु |
म बेला -बेला आउँदै भन्ने छु |
आँट इमान्दारीको आत्महत्या कहिले नगर्नु
तिमीहरुले चाहेको
वैचारिक र व्यवहारिक जिन्दावादलाई
म पनि सहयोग गर्नेछु |
कठोर र इमान्दारी हाथहरु चलाएर
आकाश भन्दा पनि माथि माथि उचाली दिनेछु |

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1628

Ritu Ashik – Bhoomi

ॠतु आसीक – भूमि

यो भूमिमा
हाम्रा धुकधुकिहरु फेरी फर्केर आउनेछन|
स्वतन्त्रताका फूलहरु फेरी फक्रिन्छ
र हामी
यो भूमि माथि
शहिदको सम्झनामा
झन्डाहरु उठाउछौ |
हामीले
रगतले बनाएको झन्डा
अविचल अक्षुण फरफरिने छ
शताब्दिको अन्तसम्म |
यो भूमिका वासिन्दाहरुको पुकार
हावामा लहलाउँछन
भूमिलाई स्वतन्त्र पार्दै
जन्जिरभित्रबाट उठ्नेछन|

जीवनको गर्जन उर्लदो नदी जस्तो भएर
उनीहरुले आफूलाई
नव निर्माणको साँचोमा ढाल्ने छन्|
यो सबै
यी भूमिमा पनि हुनेछ |
हाम्रा भाग्यका छाँयाहरू टडकारो छ |
यो भूमिका शहिदहरुले
जसरी आँखामा न्यानो सपना देखेथे
यो भूमिमाथि उभिएर
हामी प्रतिज्ञा गर्छौ
तिमीले चाहेको यो भूमि हुनेछ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1628

Ritu Ashik – Great Wall

ॠतु आसीक – ग्रेटवाल

झरी वादल वतास ओढेर
असंख्य वर्षदेखि
उभिरहेको छ ग्रेटवाल
निर्दोष निमुखा बबुराको हत्यामा रमाएर
आफूलाई मपाई भनाउने वादशाह
लासै लासको खेती भित्र्याएर
सुत्केरी आमाको उत्पीडन
छोराको रोदन
पत्नीको वियोग
बाबुको वात्सल्यता
केही थाहा नपाए जस्तो गरेर
मुखभित्र पानी थुपारेर
निल्नु र ओकल्नुको दोधारमा परेर
यता जाउ कि उता जाउ भन्दै
लाखौ निर्दोषको रगतको आहालमाथि
ओथारो बसिराखेको छ ग्रेटवाल

हतार -हतार ब्यूझिएर
आँखा मिच्दै
के विर्सिएको के छोडिएको जस्तो गरेर
लाटाले पापा हेरे झैँ हेरिरहेको छ ग्रेटवाल

बिहानी पख
पर्खाल नजिक आएर
स्वरहरु सल्बलाउदै प्रश्न गर्छन
मेरो छोरो आयो कि ?
मेरो प्रियातामालाई देखेउ कि ?
मेरो आमालाई देखेउ कि ?
पर्खाल केही बोल्दैन
मुटुभरी उकुस मुकुस बोकेर
पर्खाल भित्र भित्रै ज्वालामुखी भैरहेको छ |
वाक स्वतन्तत्रता
सुसूचित हुने अधिकार
विरालोले विस्टा लुकाए झैँ लुकाई रहेको छ|

भन्न सकिरहेको छैन
तिम्रा आफन्तलाई नखोज यहा
तिम्रा आफन्तको लासमाथि
तिम्रा प्रियजनको खूनमाथि
म उभिएको छु |
मेरो सुन्दरता कुदिएको छ |
निर्दोषहरुको लासमाथि
निमुखाको रगतमाथि
मेरो सुन्दरता पौडी खेलिरहेको छ |
आत्मग्लानीले सधै निगुर्मुन्त्ते हुनु परेको छ |