Ram Prasad Prasain – Kavya Dristi Ma Adhmaraa Raat Haru

रामप्रसाद प्रसाईं – काव्यदृष्टिमा अधमरा रातहरु

पारूहाङ्ग-सुम्निमालाई
मकलभरि धुप सल्काएर
मुन्धुम गम्दा
आंशु आंशु हुन्छन्
यी आंखाहरू

बोधगम्यताको अज्ञेय भेदमा
अवचेतन रेडियोधर्मिता
संजीवनी सजीऊन
मुखरित सदाबहार
छन्
बहारहरूमा

अधमरो रातसँगै
स्वपनिल घोप्टे भीरहरू
बक्षस्थलका मानचित्रहरूमा
श्रृजना र सन्त्रासका त्रिशुलीहरू
कलकल कलकल
सुसेल्दैछन्
हु/चीलका स्पन्दनहरूबाट

अ/प्र/भावहरूको बिरौटो
खलोमा बेठी ला/गाउने
अनि
रोपी रोपी मुठी
फलाउने मुरी मुरीको अनुपातमा
कृषि अभियन्ता
बिबश छन्
विडम्बनाका
मर्चा-मसला-मशाल
क्रमिकरूपले ठेलमठेल हुँदाछन्
खोयाबिर्के समयका खर्कहरूमा
फ्यात्त फ्यात्त
झरिरहेका आस्था र स्वाभिमानका
टुँडालहरू
झर्याप्प झुरूप्प
टनकपुरहरूसँगै

मेडुसाका अनुहारहरू
छल्दा छल्दै
बक्राकार बर्तुलभित्र
गर्तमय अस्तित्व
दशा-दिशा मार्गचित्र खोज्छ
‘ब्ल्याक होल’को
महाशुन्यमा
ईल्डोराडोलाई
सुनामीका छालहरूको
पीँधबाट
बल्छीको नापो
फड्कार्दा
आत्म-स्वीकृतिको बुइंगलमा
आम सहमतिको तोक्मा अचेंट्दै
अग्निदीक्षित आंशु का
महाशुन्यमा
प्रज्वलित‘इम्बार्गो’हरू।

अक्टोबर १० सन् २०१०

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2158

Ram Prasad Prasain – Katmira Sapana Ra Manchhe

रामप्रसाद प्रसाईं - कटमिरा सपना र मान्छे

मानव नरमुण्डहरू
को र कस्लाइ जस्ता प्रश्नहरूका फलाँटे डाँडाहरू
गुण्डावादका गञ्ज र
सामाजिक र सँसारिक पिण्डेश्वरहरूका धर्मशालामा दाग्बत्ती दिँदै गर्दा
अलि पर देवालयका मन्त्रोच्चारणहरू अवरतण हुँदै गर्दा
ठेलागाडाभरि डोर्याइएका बतासे सपनाहरू
स्वाभिमानी हातका श्रमजीवि ठेलाहरूसँगै
मानवनिर्मित मानीबिहीन पत्थरघट्टमा,
पत्थरघट्टमा फलिँदै गरेका अन्नका दानाहरूमा
दामाशाहीमा भाग लगाउँदै गरिइएका पुर्खालु हस्तिनापुर र हिम्वत् खण्डहरूमा
इतिहासका विधाताले पैतालामुनि भरिदएका खिल
र विजयशील जपमाला एकसाथ नियालिरहन्छ
अघिल्लो साँझको जाँडपानीको रापले लर्बराउँछ
अघिल्लो पुस्ताका कहर अनि विद्धमान् साङ्लाले सुस्ता शोषित भएझैँ

सपनाका बिस्कुनहरूमा रछ्यान रोप्दै हिँड्दा
तिम्रा चक्षुद्वारमा चियाइरहेका गाजलबन्दीले अस्मिताको धज्जी उडाउँछ,
हो, त्यहींनेर ठिङ्गुराका मार्गचित्रको इतिहासमा चिल्सा लाग्यो
इतिहासको साधक परतन्त्रको धावक भयो
जिजीविषा, स्वाभिमान् र स्वतन्त्रताको भावक नाटकीयरूपमा मेजमानको शावक बन्यो

भावक, धावक र साधकहरु
चास्नी, च्याँख्ला र चनैटो एकैसाथ
झुलो, चकमक र झिल्का बोकेर
सिपिका चालमा चल्दैछन् हाम्रा मिसिसिपिहरू
चुलोमा घान हालिएका दाउराहरू
अब भोकका, भोगका र शोकका कारूणिक विम्व नबनून्
अगेनोमा लोहोरो लुकाएर तरुल पकाउने परिपाटीसँगै

मागपत्र,
मार्गचित्र सहितको मृत्यु दण्डको
फैसला छुट्याउन नसक्ने तहसिल
हजुर म त
तमोसुक माथि भाग्यो
झट्टी हान्दिन

जीवन यात्राका हेमोग्लोबिनमा
ह्याम्लेट अस्तित्वको लकेट लेटेर
हाइरोनिमोका मिथक कथामा
मजस्तै जेठीकमेनाहरू
जेठीकमेनाजस्तै महरूका निमित्त
कुपोषणका निदानका निमित्त
प्रत्येक खिलि चुरमा
पोटासियम साइनाइड मिसाउने प्रणयलीला बन्द गर्नै पर्छ

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2158

Ram Prasad Prasain – Delphi Bata Mokshadanta

रामप्रसाद प्रसाईं – डेल्फीबाट मोक्षदन्ता

पक्षपोषण यो,
सपनाहरूको-
हार्दिकताले भरिपूर्ण,
सम्मोहित उद्दातता।

अतीतको चास्नीमा
वर्तमानका बहनाहरूले
भविष्यका लहरहरू
अ/घोषित
प्रतिबन्धित भएपछि
मान्छे कवि हुन्छ
किनकि
कवि सच्चाइ बि/बश
अमान्छे हुन्छ।

वेग-प्रवेग-आवेग
समयको मृतरेखाहरूमा
अग्रगमनको रूद्राक्ष जपिरहून्,
एक हुल, हुटिट्याउंहरू,
किनकि
‘डिमेन्टेड’
ख्याकहरू
अ/श्वेत छलचित्रमा
अ/सफलताका क्षोभहरू।

धर्मशाला-कर्मशाला-यज्ञशाला
समयको पाठकीयता
पाठशाला बेहद प्रकृतिको
मानवताका अग्निहोत्रीहरू
आत्मसम्मानको बस्तिमा
‘निरो-नाद’
श्रवण गरिरहन्छन्/नेछन्।

फिलुङ्गेहरूका सुन्दर फांटहरूमा
मानुषिक मुहारहरू
‘ब्याधाहरू’को
भत्तेरमा,
‘केस नं. ००१’
जप्दै
गुम्बामा-
अधमरो शान्तिका
भत्करू
बनिरहन्छन्,
मोक्षदन्ता

अन्तमा,
डेल्फीबाट आ. वा. आउंछ-
“नो दाइसेल्फ” ।

जुलाई २७, सन् २०१०