Raj Kumar Pudasaini – Bidesh Ma Gair Kanuni Bhayera Banchda

राजकुमार पुडासैनी – बिदेशमा गैरक़ानूनी भएर बांच्दा

समय आगोको राप संगसंगै दन्कीरहन्छ
मनहरू आगोको त्यसै ज्वालासंग संगै
बलिरहन्छ
बेस्सरी निस्सासिएर धुंवाको मुस्लो
कतै आकासतिर एकोहोरो माथि उड़ेको उडैं गर्छ
यौटा विदेशएर छट्पटिएको
निर्दोष सपनाको लहडमा
पुरै जिंदगी घाइते भएर बिताउंदै गर्दा
धेरै जिंदगीहरु
अनायश,
सपनामै तुहिएर सकिदा रहेछन
एकोहोरो काहाली मात्रै लाग्ने रहेछ
समुन्द्रको रोमांचक छालहरू
अथवा,
मनोरम मौसमका
यात्रुहरू संगसंगै बोकेर आएका
सुमधुर समयहरुले
कहिल्यै रोमांचित नबनाउने रहेछ
बस, केवल छट्पटाहट अनिंद्रा र,
पर पर सम्म फैलिएका छरपस्ट सपनाहरु सिबाय,
रातभरि ओछ्यानमा सुस्केरा फेर्दै
सयौ कोल्टे फेरेर
बेचैनका निंद्रा लिएर सुत्नु पर्दोरहेछ
हिउदभरि छाएका बग्रेल्ती सपनाका असंख्य छानाहरू
अनिश्चित बसाई र
झंझटिला जालहरूले बेरिएर
फेरी बर्षा शुरू भएपछि
आशा पलाएका छानाहरू
चुहिएर सकिदो रहेछ ।

नुवाकोट, हाल बेल्जियम

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3470

Raj Kumar Pudasaini – Mero Watan

राजकुमार पुडासैनी – मेरो वतन

मेरो- भीर, पाखा, गांऊ, बस्ती र फाँटहरु
निचोरिएर बगेको पानी
तल कतै नदी भएर बग्छ
त्यहि पानीको रंगमा मेरो जीवन पोखिएर बगेको छ
मेरो आमाको मन
मेरो बाबुको मन मिसिएको छ
त्यसैले त नदी -
सधैभरी मेरो बेदनाको गीत एकोहोरो गाइरहन्छ
र मेरो दुःख र सुखका अब्यक्त आवाजहरु निकालेर सुसाइरहन्छ
तसर्थ, नदीमा मेरो जीवनको कयौं कथाहरु छन्
अशंख्य पीडा र बेदानाहरू छन्
म नदीमा आमा देख्छु
म नदीमा बाबु देख्छु
यसै पानीमा मेरो आमाको आँशु बगेको छ
मेरो बाबुको रगत र पसिना मिस्सिएको छ
यसै नदीमा मेरो पिता पुर्खाको परिचय लुकेको छ
मेरो अशंख्य अलिखित सभ्यताहरु यसैमा अदृश्य भएर बगेको छ
नदी मेरो जीवनको बिम्ब हों
जहां नदी काली, गण्डकी, कोशी, कर्णाली र त्रिशूली भएर बग्छ
म त्यहि नदीको छोरो हूँ
त्यसैमा मेरो आमाको आँशु बगेको छ
मेरो बाबुको रगत र पसिना मिस्सिएको छ
यसै नदीमा मेरो पिता पुर्खाको परिचय लुकेको छ
मेरो अशंख्य अलिखित सभ्यताहरु यसैमा अदृश्य भएर बगेको छ

नुवाकोट, हाल बेल्जियम

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3470

Raj Kumar Pudasaini – Samabedana

राजकुमार पुडासैनी – समबेदना

मेरो मन दुखेको रात
तिमीलाई फेरी सम्झिन पुगेंछु
मेरो आँसु संग संगै
तिम्रो बेदना पनि मिसिएर बगेको देखें
तिम्रो स्पर्शहरू, रहर र इच्छाहरू
एकै चोटी मेरो आँखामा आएर बर्सिए
सांच्चै म बेस्सरी रोएंछु त्यों रात

मन नै दुखे पछि के लाग्दो रहेछ र ?
समय त्यति धेरै क्रूर भएपछि
बिश्वासको खम्बाहरु आफ़ै चर्किंदा रहेछन्
र त्यसै त्यसै भांचिएर ढल्दो रहेछ
बर्षौं देखि मन भित्र गांजिएर बसेको
अगाध स्नेहको धरोहरा पनि
एक्कासि गर्ल्याम्म ढल्दो रहेछ
साँच्चै भन्दा, तिम्रो आंखाको अतृप्त प्यास
निभाउन नसक्नु मेरो कुनै दोष थिएन
तिम्रो बिछिप्तिएको मनहरु नियन्त्रणमा राख्न
मेरो स्वाभीमानले मानेन
तिम्रो अनगिन्ति रहरहरु पुरा गर्न सक्नु
मेरो बिबेकले दिएन
त्यसपछि जे नहुनु पर्ने
आखिर त्यहि भयो
काँचको भाँडो जस्तै
टुक्रा टुक्रा भयो हाम्रो मन
जोड्नै नसकिने गरि टुक्रियो

तैपनि नदुख्नु पर्ने, म घरि घरि दुखिरहन्छु
यौटा संवेदनाले भरिएपछी
जब कोहि कोहि मान्छेका मनहरु सम्बेदनशील हुन्छन्
अनयाश त्यसै त्यसै
पग्लिईरहदों रहेछ
र जल्दै गरेको मैंनबत्ति जस्तै
एकोहोरो जलिरहंदो रहेछ
आजको रात जस्तै जस्तै,
तिनै फलामका जस्तै मन भएका मान्छेहरुले
घरि घरि दुखाईरहंदारहेछन
आफैंलाई एकोहोरो जल्दै गरेको
मैंनबत्ति जस्तै जलाउंदै
जीवनभर घाइते मन लिएर बाँच्नु पर्दोरहेछ ।

- नुवाकोट, हाल बेल्जियम