Rajeshwar Karki – Mero Kabita Ko Antim Pristha

राजेश्वर कार्की – मेरो कविताको अन्तिम पृष्ठ

हामी छिया-छियामा विभक्त भएर
अनेकौँ भूगोल बाँच्यौँ
कतै कातर भएर बाँच्यौँ
त कतै बहादुर भएर
कहिले सीमातीत घृणामा बाँच्यौँ
त कतै क्षणभरको प्रेममा बाँच्यौँ

प्रेमको एउटै महासागर भएर त
कुन भूगोलमा हामी बाँच्यौँ र !
हो, कोही रानीघाट भएर बाँचे
कोही ताजमहल भएर बाँचे
प्रेमको एउटै भूगोल भएर त
कहिले नै हामी बाँच्यौँ र !

मेरो कविताको प्रथम पृष्ठमा
बहादुरीको गह्रौँ भारी बोक्नेहरू
बाटैमा निदाएछन्
… र चेतनाको मध्यान्तरमा ब्युँझेर
प्रेमको अथाह भारीसहित
प्रेमकै सग्लो सगरमाथा चढेछन्

समयान्तरमा थाहा लाग्यो
उनीहरू
शिखरबाट कहिल्यै ओर्लेनछन्

उनीहरूका हरेक पाइलाहरूमा
प्रेमको अक्षर देख्ने हतियारधारीहरू
उनै सगरमाथाको फेदीबाट
आफ्नो नयाँ यात्रा तय गर्दै छन्
………………………………..
यही दृश्य
मेरो कविताको अन्तिम पृष्ठ हो ।

Related Poems

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2977

Rajeshwor Karki – Thakeko Ma

राजेश्वर कार्की -थाकेको म

जब कहीँ फूल र्झछ
म शोकमग्न हुन्छु
जब मेरो घाम डुब्छ
म रातग्रस्त हुन्छु
र हिँड्दाहिँड्दै थाकेको, म
जब सपनामा उसलाई भेट्छु;
सपनामै पुनः गन्तव्य तय गर्छु
सपना त टुट्नुको नाम भन्थे
ठीक विपरीत
सपनाकै ऊर्जा लिएर, म
बिपनामै हिँडिदिन्छु
लाग्छ, यतिखेर म
कतै नभाँचिएर
केवल प्रेमग्रस्त छु ।

Related Poems

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2977

Rajeshwar Karki – Hatiyar

राजेश्वर कार्की – हतियार

सबैले भन्छन्-
हतियारको जङ्गलमा सुरक्षित होइन्छ
यतिखेर मेरो चेतना पनि
सम्पूर्ण हतियारबद्ध छ

र सङ्ग्राममा
तिमीले गुलेली हान्यौ
मैले घुयेँत्रो चलाएँ
तिमीले हँसिया चलायौ
मैले खुकुरी चलाएँ
तिमीले तरबार निकाल्यौ
मैले खुँडा चलाएँ
तिमीले थ्री-नट-थ्री पड्कायौ
मैले बन्दुक चलाएँ
तिमीले एस. एल. आर. देखायौ
मैले एल. एम. जी. उठाएँ
तिमीले ए. के. फोर्टीसेभेन प्रयोग गर्‍यौ
म हतियारविहीन उभिएँ

जबसम्म मसँग हतियार थियो
जित्ने बहानामा मैले हारिरहेँ
तर जब हतियारविहीन चेतना, म
तिम्रो मनको सँघारमा उभिएँ
अनिमात्र म सुरक्षित रहेँ
र विजयी भएँ ।