Rajendra Shalav – Maaf Garnos Shreeman

राजेन्द्र शलभ – माफ गर्नोस् श्रीमान् !

खोल फेरेर
पुरानै समय बाँचिरहेको
यो समयलाई
म , कसरी मेरो समय भनौँ ?
मिनि – स्कर्टबाट
साडी लाउँदैमा
प्रेमिका श्रीमती बन्न सक्तिन ।

हामीले चाहेको त
एउटा घरजस्तो देश थियो
पिताजस्तो शासन थियो
छोराजस्तो अनुशासन
र , आमाजस्तो माया थियो ।
अब तपाईँ
आफै भन्नोस , श्रीमान् !
सँधियारझैँ झगडिरहेका छोराहरू
सौता भित्र्याउन
तम्सिरहेका पिताहरू
र पोइल जान लालायित
आमाहरूको जमघटलाई
म कसरी
आफ्नो देशको नाम दिऊँ ?

तथापि एउटा कुरा भन्छु –
सधैँ त , दुशासनहरू
सिंहासनमा नबस्लान्
सधैँ त, उज्यालोलाई
अँध्यारोले नछोप्ला !

आगोलाई
खरानीले छोपेर
कत्तिन्जेल
शीतलताको भ्रम
ताप्न सकिन्छ र !

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1910

Rajendra Shalav – Shashak Ra Joon

राजेन्द्र सलभ – शासक र जून

मेरो झ्यालनिर आएर जून
मलाई सधैं माया गर्न सिकाउंछ
म भित्र उत्साह र प्रेम भरेर जान्छ ।

बिहानै मेरो देशका शासकहरू
म भित्र घ्रिणा भरेर जान्छ्न
बिस्तारै म भित्र पनि
स्वार्थको बिऊ रोप्न आतुर छ्न
र, म पनि अरूलाई माया गर्नुभन्दा
अरुले माया नगरेको गुनासो गर्छु
मलाई आफ़ैसंग डर लाग्न थालेको छ ।

म प्रेम बांड्न चाहन्छु
म जूनको कुरा सुन्न र मान्न चाहन्छु
मलाई मेरा शासकहरूभन्दा
जून नै बडी प्रिय छ ।

थाहा छैन,
जून कतिन्जेल मेरो झ्यालमा आइरहन्छ
र म स्नेह बांडी रहन्छु

अचेल शासनका काला बादलहरू
आकाशभरि मडारिन थालेका छ्न ।

Nepali Sahityakar, Nepali Author Sushma Manandhar, Nepali Story Writer Sushma Manandhar, Literatures of Nepali Story Writer Sushma Manandhar, Literary work of Nepali Story Writer Sushma Manandhar, Sahityakar Sushma Manandhar Ka Nepali Katha Haru, Nepali Stories By Sushma Manandhar, Nepali Stories Collection Of Sushma Manandhar , Nepali Rachanakar Kathakar Sushma Manandhar , Nepali Kathakar Sushma Manandhar, ,Nepali Stories, Nepali Story, Nepali Stories Collection, Nepali Katha, Nepali Sahitya, Nepali Kathakar, Nepali Story Blog, Nepali Story Writer, Nepali Story Website, Nepali Story Saathi (Nepali Laghu Katha) by Sushma Manandhar , Nepali Katha Saathi (Nepali Laghu Katha) by Sushma Manandhar , Sushma Manandhar’s Nepali Story Saathi (Nepali Laghu Katha),Sushma Manandhar – Saathi (Nepali Laghu Katha),

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1910

Rajendra Shalav – Jangal Ko Kunai Kanoon Hundaina

राजेन्द्र शलभ – जंगलको कुनै कानून हुँदैन

उनीहरू शहर पसेका छन्
र,शहरलाई पनि जंगल ठानिरहेछन्
जंगलको कुनै कानून हुँदैन

आफ्नो अनुहारमाथि
अर्को अनुहार टाँसेर
उनीहरू शहर पसेका छन्

हितैषीको भ्रम पारेर
उनीहरू हाम्रो विश्वास जिस्किरहेछन्
उनीहरू हाम्रो भविष्य खेलिरहेछन्
उनीहरू हुल बाँधेर आएका छन्
हामीहरू एक्लै – एक्लै
निधारका रेखाहरू खुम्च्याएर
आगत र अनागतमै अल्झिरहेछौँ

उनीहरू योजनाबद्ध छन्
उनीहरूलाई थाहा छ – एकान्त धमिरा हो
उनीहरूले हामीलाई एक्लो बनाइरहेछन्
धमिराले भित्रभित्रै खोक्रो पारिरहेछ
धमिराले थाहै नदिई मक्काइरहेछ
तै हामी एकान्तलाई सिर्जनाको भ्रम बाँचिरहेछौँ

उनीहरू निर्धक्क छन्
भोलि सम्झेर उनीहरू दंगछन् र
हामी पनि बुद्ध अँगालेर
स्वयम्भूको आँगनमा मस्त निदाइरहेछौँ

अहिलेसम्म त,
निराश छैनौँ हामी , पराजित पनि छैनौँ
अझै विश्वास मक्किएको छैन
अझै आस्था भत्किएको छैन

तर …
तर , कुनै पनि पल शहर जंगलमा अनुवाद हुनसक्छ
हामी कुनै पनि पल जंगल काटिन सक्छौँ , बञ्चरोले
हामी कुनै पनि बेला स्तम्भ ढल्न सक्छौँ , धमिराले
र, शहरमा पनि जंगलको हैकम चल्न सक्छ
नक्कली अनुहारहरूको हैकम चल्न सक्छ

जंगलको कुनै कानून हुँदैन ।