Rajab – Yuddha Ma

फलाम र
त्यसका ठाँडाहरूमात्र
आतुर छन्
युद्धमा कुद्न
इस्पात र
त्यसका वाहनहरूमात्र
आतुर छन्
युद्धमा उडान भर्न
कुजीव, निर्जीव
खनिज लवणमात्र तयार छन्
युद्धमा जम्न
हजारौं मानिसका छातीमा
खर्च भएका गोलीका खोकाहरू
अवाक् छन्
धेरै कालदेखि युद्धले
मानिसको आशा
ठगिरहेछ

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1196

Rajab – Gum

शताब्दी परिवर्तनको खेल हेर्ने
उसको उत्कट चाह
एक्काइसौँ शताब्दीसम्म आइपुगेन

बीसौँ शताब्दीभित्रै
पृथ्वीसँग
बिदा भयो
वास्तवमा
उसका आँखाहरू
बेलाबेला
आफ्नै शैलीमा बोल्थे
र अरू बुझ्थे
ऊ एक्काइसौं शताब्दीसम्म
बाँच्न चाहन्छ
तर उसको
यो
चाह
उसको सम्पत्ति
उसको डाक्टर
उसको कुनै पनि उपचार, याचना र प्रार्थनाले सुनेनन्
र ऊ
बीसौँ शताब्दीको भयावहभित्रै गुम भयो
र उसको कल्पनाको
शताब्दी परिवर्तनको आकार
यो शताब्दीको डिपार्टमेन्टल स्टोरबाट आएन

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1196

Rajab – Shahar Ra Gaun Ma Bihana

शहरको बिहानमा
चराहरू बोल्दैनन्
त्यस कारण गाउँको र
यहाँ शहरको
बिहानमा फरक छ
गाउँको
बिहानमा
घरका खोपाका चराहरू
दैलि अगाडिको पैयुं को बोटमा
झरिसकेका हुन्छन्
र आँगनमा
फाट्टफुट्ट
छुटेका अन्नका दानाहरू
ताकिरहेका हुन्छन्
फरक छ
शहरको
र गाउँको बिहान
गाउँमा
बिहान हुनेबित्तिकै
चराहरू बोकेर रुखहरू कराउन थाल्छन्
आमाहरू कोप्रामा बच्चाहरू छोडेर
डोकोमा
गाग्री हुलेर
कुवातिर
झर्न र उक्लन थाल्छन्
सूर्यकिरण
पिंढी र तुलसी मठमा
टोलाइरहेको हुन्छ
आँगनमा
पाठा–पाठी र
घरका भुराहरू रमाइरहेका देखिन्छन्
शहरको बिहानमा त
घर–घरका सेरामिक ट्वाइलेट्सका
फ्लसहरू कराउन थाल्छन्
बाहनहरू धूवाँ उडाउन र
मानिसहरू पुनः
दिनभरिको कोलाहलको तयारी गर्न थाल्छन्
मुख्यतः गाउँको बिहानमा
चराहरू
र शहरको बिहानमा
बाहनका इन्जनहरू कराउन थाल्छन्
शहरको बिहानमा
घरघरको छानोले
घरघरलाई छेक्दै
सूर्यकिरण परै बसेको देखिन्छ

२०५२ कात्तिक