Rabindra Nath Thakur – Sansar Yatra [From Geetanjali]

जल–धारा
प्रभु तिमी अब मेरो घरमा आएका छौ, कृपा गरेर नफर्किदेऊ !
असंख्य वन–जंगलमा साउनको मेघ बर्सिरहेछन्,
अनि रातको पलक बादलको भारले निहुरिएर बन्द भएको छ,
कृपा गरेर नफर्किदेऊ ।
बिजुलीको गडाङ्गगुडुङ्गले निद्रा लोप भयो ।
अब वर्षाको जलधाराका स्वरमा स्वर मिलाएर
गीत गाउने रहर भइरहेछ ।
मेरा आँसुका कण आकाशको अन्धकारमा घुम्दै–घुम्दै
अति उत्सुकतासँग
केही अनुसन्धान गरिरहेछन् !
हे प्रभु ममाथि कृपा गर !
नफर्किदेऊ, नफर्किदेऊ !

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2573

Rabindra Nath Thakur – Prahar Gara [From Geetanjali]

प्रहार गर

मेरो यही भावना छ : ईश्वर ! प्रहार गर, प्रहार गर, मेरो दिनताको
मुलमाथि मेरो ह्दय प्रहार गर !
शक्ति देऊ, म सुख–दुःखका चोट समानरुपले सहन सकूँ !
शक्ति देऊ, म मेरो प्रेम सेवामा पुष्पित पार्न सकूँ !
शक्ति देऊ, म दुवैलाई स्वीकार गरुँ अति निष्ठुर अस्तित्वको अगाडि
कहिले शिर ननिहुराउँ !
शक्ति देऊ, म सधैंका सानातिना संघर्षले आफ्नो मनलाई कोमल नपारुँ !
शक्ति देऊ, म तिम्रा आज्ञाको अघि आफ्नो अस्तित्वलाई प्रेमपूर्वक
समर्पित गर्न सकूँ !

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2573

Rabindra Nath Thakur – Apaharan [From Geetanjali]

त्यस दिन उनी मेरो घरमा आए अनि भने,
‘हामी एक कुनामा बसिरह्यौ ।’
उनले यस्तो भने, ‘देवतालाई अर्पण गर्दा म तिम्रो सहायता गर्छु,
अनि पूजाको जो प्रसाद पाइन्छ त्यही ग्रहण गरेर सन्तुष्ट होऔँला ।’

यसरी नै ती दरिद्री, क्षीण, मलिन, वस्त्रधारी मेरो घरको कुनामा बसे,
तर, रात बितिसकेपछि तिनीहरु प्रबल भए, मेरो देवालयमा
जबरजसती पसे अनि तिमीहरुले मलिन हातको देवताको पूजाका
नैवेद्य खोसे ?