Pravin Khaling – Gaun Ko Antara

प्रवीण खालिङ – गाँउको अन्तरा

गाँउको धारामा संगीत बज्छ
पँधेराबाट दिन उँदाउछ
घरको घुरीले बादल जन्माएपछि
गाँउमा बिहान हुन्छ
अनि
नागबेली गोरेटाहरू भएर गाँउ शहर पस्छ
दुधको साइत बोकेर महलहरूमा पस्छ
गाँउले हरेक बिहान शहरलाई बिउँझाउछ।

* * * *

तर अचेल गाँउलाई सञ्चो बिसञ्चो परिबस्छ
खोरेतले बाख्रा मर्दा
बर्ड फ्लुले कुखुऱा मर्दा
गाँउ हैरान हुन्छ
गरिखाने मेलो नै मासिन्छ
धरौटी नै रित्तिन्छ
यद्यपी नयाँ फिल्मको गीत कलर ट्युनमा हालेर
शहरको फोटो वालपेपरमा सेभ गरेर
हरेक साँझ बेरोजगार छोराहरू घर फर्कन्दा
गाँउलाई शंका लाग्छ
ब्युटि पार्लर पुगेर आएकी तरूणी छोरीको मुहारमा दाग देख्दा
गाउँलाई साह्रो डर लाग्छ
खोरेत र बर्डफ्लु भन्दा साह्रो
गाँउमा एड्स पस्ने डरले
शहरबाट फर्केका हर्कमानसित
अचेल हाम्रो सानो गाँउ थर्कमान छ।

* * * *

तरै पनि गाँउ नै सधैं शहरलाई
माथि उचालेर आफू तल परिबस्छ
विकास होला नी गाँउमा साँझ बिहान कुरा गरिबस्छ
तर विस्तारै गाँउलेहरू शहर पस्दैछन्
गाँउको आफ्नै घर छाडेर किरायमा बस्दैछन्।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1517

Pravin Khaling – Achel Siren Bajeko Chhaina

प्रवीण खालिङ – अचेल साइरन बजेको छैन

आजभोलि
आमाहरू वोतलमा फिक्का चिया भर्दैनन्
मुखको गाँस घाँटीमै राखेर
संघर्षको तयारीमा लागेका छैनन्
अचेल साइरन बजेको छैन।

कुनै हप्ता
नागा हुने त्रास छैन
हक छुट्टीको लोभ पनि छैन
मुनाहरू त्यस्सै हुर्किन्दैछ
सुस्ताएरै विहान बित्छ,
टोलाएरै दिन
गोलाई टारमा तौलाईमा भेला हुनु पर्दैन
ठीक्का नपुगेर दुःखी हुनु पर्दैन
अचेल घुमौरी खेल्ने निँहु छैन
राशिन थाप्नुको हतार छैन
उनीहरूसित त्यस्तो केही छैन
बिघा लागेको छैन
त्यसैले अचेलल साइरन बजेको छैन।
(छैन र नै धैरे छ, नहुनु जस्तो साह्रो के पो छ र ?
सासकष्ट, जिन्दगीको अवधी भन्दा लामो छ।)
नानीहरू स्कूल गरेहेकै छन्
धुराभरि केटाहरू रङ्गालिन्दै छन्
छोराहरू क्रिकेटको ब्याट च्यापेर घुमिरहेकै छन्
कसैलाई केही भएको छैन
यत्ति हो अचेल साइरन बजेको छैन
साइरन के बजेको छैन भन्नु
प्रत्येक पहरमा बज्ने हुकुम बजेको छैन।
तर
अहिले साइरन नबज्दा
गाँउको हावा स्वच्छ भएको छ
प्रत्येक श्वास-प्रश्वासमा ह्वास्स चल्ने
शोषणको हुरी छैन
मान्छेहरु काम विहिन भएरै पनि
बाँचिदिन खोज्दैछन्
मालिकै बिना पनि हाँसिदिने सोच्दैछन्
गाँउमा अभाव छ
तर चेतनाको प्रभाव पनि छ
यत्ति हो अचेल काम लागेको छैन
घानी चलेको छैन
टाइम-टाइमा सातो खाने “त्यो” बजेको छैन
साँच्चै अचेल साइरन बजेको छैन।

गान्तोक, सिक्किम

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1517

Pravin Khaling – Machis Ra Chheparo

प्रवीण खालिङ – माचिस र छेपारो

ऐना फुटे जस्तो
चर्को जिन्दावादले
बस्तीको निन्द्रा डिस्टर्ब भएपछि
गॉंउले सिरानीमा राखेको माचिस छाम्छ।

थाहा छ,
आगोको बिउ जोगाउन कति साह्रो छ ?
उ सतर्क छ
विजय जुलुसको झरीमा
माचिस ओस्सिनु हुँदैन
अनि
उ छामिबस्छ खल्ती घरि घरि
र ढुक्क हुन्छ
आगोको अनिकाल परेको गॉंउमा
जोगिएको एक बाकस माचिस छामेर।

गल्लीहरूमा
क्यामोफ्लाईज छेपाराहरू
विकासको घाम ताप्न आइपुगेका छन्‌
समयको गति रोक्न
एन्टीक्लग सम्झौताको धजा हल्लाउँदै
देउरालीमा उभिएर
फेरि ऱङ परिवर्तन गर्दै झुक्काइरहेका छन्‌।

तर
अझै उठेको छैन शान्ति,
शब्दहरू ब्युतिएका छैनन्‌
एक दिन
बुटले कुल्चीएका रगताम्मे अक्षरहरू
विस्तारै उठ्‌नेछन्‌
अनि
देशको संविधानलाई माटोको टिका लगाई माग्नेछन्‌
त्यतिबेला विकासको घाम डुबिसकेको हुनेछ
गल्लीमा छेपाराहरू चिसिने छन्‌
तर
गाउँले जोगाएको आगोको बीउ रोप्नेछ
खल्तीको माचिस पार्ने छ
फेरि आगो बाल्नेछ।

गान्तोक