Pratima KC – Aba Ta kehi Gara Timi (Nepali Gajal)

प्रतिमा के.सी. – अब त केहीं गर तिमी (गजल)

नेपाली भन्ने मन भए अब त केहीं गर तिमी
फाली बैभव मनबाट निस्वार्थलाई भर तिमी

तिमी नेपाली आमाको साँच्चिकै सन्तान हुने भए
देशको अस्तित्व जोगाउन मर्नै परे मर तिमी

यो देशमा शान्ति सुरक्षा कायम राख्ने मन भए
सत्ता लोलुपताको त्यो बुइँगलबाट झर तिमी

हिंजोको द्वन्दले बेदनाका सागर बगाएको छ
बटुल्न समेट्न सक्छौ भने बाँध हाली तर तिमी

आँखाबाट आँसुमात्र होइन रगत बगेको छ
धर्म मान्दैनौ भनेपनि आत्माबाट त डर तिमी

सानातिना स्वार्थमा मान्छेको जीउ लिनेहरु हो
राम बन्न सक्छौ आफूभित्रको रावण हर तिमी

देशमा हत्या हिंसा बढ्दै छ मानवीयता घट्दै छ
विध्वंश बिचार भत्काई शान्तिको बस्तीमा सर तिमी
चाहन्छौ भने तिमी यो देशलाई मुक्ति दिलाउन
सुर्यले झैँ प्रभातमा आशाका लालिमा छर तिमी

बर्तमान मै देशसंग आफु हाँस्ने चाहाना भए
हरेक नेपाली मनबाट किन हुन्छौ पर तिमी

चाहिंदैन केहि मानवीयता जोगाइदिए पुग्छ
बाँच्नु छ भने यो संसारप्रेमी भएर नर तिमी

१९ फेब्रुअरी २०११ / बेलायत

(Sent to Sanjaal Corps via Email)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:945

Pratima KC – Shanti Ko Kulo (Nepali Gajal)

प्रतिमा के.सी. – शान्तिको कुलो

खडेरीले बाली खायो बलेन खै चुलो आज
कता सिंचाई गर्दै होला शान्तिको कुलो आज

सललल बग्ने कुलो छिमेकीले आँखा लाए कि
कि कुल्लीले नै मुहानमा बाँध हाल्न भुलो आज

अभिमान र आतंकले खेतमा सिंचाई गर्दा गर्दा
अशान्तिको फसल पनि भएको छ ठुलो आज

शान्ति र अशान्तिका धेरै कुला बगिरहेछन
जोखेको छ किसानले तर मौन रह्यो तुलो आज

चेपे नदीमा दुध बगाउने आमाको मातृत्व उस्तै छ
पबित्र सेती र कालीहरुमा सन्तानको रगत घुलो आज

प्रकृतिले साथ दिए पानी पर्ला मूल पलाउला
भन्ने हाम्रा आशाहरु हुने हुन कि धुलो आज

*****
१० जनवरी २०११ / बेलायत
(Sent to Sanjaal Corps via Email)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:945

Pratima KC – Aanshu Jharera Padhen Maile (Nepali Gajal)

प्रतिमा के.सी. – आँसु झारेर पढें मैले

गाउँ वस्ती र मानवीय पिडा आँसु झारेर पढें मैले
नेपाल आमाको रक्तिम छाति आँसु झारेर पढें मैले

जिन्दगीको अविरल यात्रामा भोगिएका ती भयाबह
कालखण्ड त्यो युद्धलाई हलगोरु झैं नारेर पढें मैले

मानब वधशाला जस्तै लाग्ने निर्दोस बस्तिभित्रै पनि
मानिसकै रगतको महासागर तारेर पढें मैले

गुमाएर प्रियतम बेहोसिमा बाँचेकी प्रियतमाको
गहिरो प्रीतगाथा मनलाई अति मारेर पढें मैले

बाबुआमा गुमाउने तिनै निर्दोष अबोध बालकको
अनिस्चित भविस्यमा प्रश्नै प्रश्न उमारेर पढें मैले

मुटुको टुक्रा सरह सन्तान गुमाउने तिनी आमाको
भल्भल्ती बगेका आँसु मुटु बाहिर सारेर पढें मैले

जीवनको बैशाखी लुटिएका ती असक्त बुढा बाबाको
बेसहारा जीवन आफ्नै सम्झेर धिक्कारेर पढें मैले

आफन्त गुमाएर बाँचेका बाँकी आफन्तजनहरुको
पुस्तौं पुस्ता बल्झिरहने घाउलाई हारेर पढें मैले

नमर्नु नबांच्नु घायल जीवन जिउनेहरुको पनि
दुखेको दृस्य असैय पिडा नजिक पारेर पढें मैले

आफ्नै घर खेतबारी बाटो पँधेरो युद्धमैदान बन्दा
सुन्यतामा हराएको बस्ति बादल फारेर पढें मैले

(नेपालमा चलेको १० बर्से युद्धको पृष्ठभूमिमा तत्कालिन समाजको अबस्था चित्रित गर्दै रचित गजल)
२८ मार्च २०११

(This Gajal was sent to Sanjaal Corps via Email)