Prakash Thamsuhang – Soltini

प्रकाश थाम्सुहाङ – सोल्टिनी

सोल्टिनी !
गएर हेर्नु है नबिर्सी गाउँको फलैचाँमा
हेर्नु एकैछिन उभिएर
हाम्रो मायाको निसानी
बरपिपल उम्री सुरक्षित छ अझै ।

सम्झना आउँछ अझै पनि-
रोमान्टिक हुँदै खान्थ्यौँ भावुक कसम
अर्जाप्थ्यौँ हाम्रो धारिलो प्रेमको हतियार
मुठ्ठीभित्र राखेर मुटु
फेदाङमाले झैँ जोखना हेर्थ्यौँ
र गाउँथ्यौँ जोडसँग खुशी हुँदै पालाम-
हा – हा – हाहाहुर्रा – हा – हा
हाहा हाहा हुर्रा हाहा
सोल्टिनी !
याद आउँछ हगि ?

तर वियोग लेखेको रहेछ लेखान्तमा
छुट्टिनु रहेछ एकदिन
भत्किदैँ – भत्किदैँ बगेँ म नदीसँग कता-कता
पुगेँ विरानो जग्गामा
तिमी बिनाको नितान्त एक्लो जीवन
सोल्टिनी झ्
भत्किनु पनि त जीवन रहेछ
भत्किँदै बाँचीरहेँ
भत्किँदै बगिरहेँ ।

सुनेँ यसबीच
तिमी अलप भयौँ रे !
तिमी जीवन बनाउन हिड्यौँ रे !

अन्तरालमा भेट भयो
म यति विवश छु सोल्टिनी
चाहेर पनि मायाको स्पर्श गर्न सक्दिन
उफ !
म कत्ति लाचार !

सोल्टिनी !
गएर हेर्नु है नबिर्सी गाउँको फलैचाँमा
हेर्नु एकैछिन उभिएर
हाम्रो मायाको निसानी
बरपिपल उम्री सुरक्षित छ अझै ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3776

Prakash Thamsuhang – Chasok

प्रकाश थाम्सुहाङ – चासोक

नयाँ दिन
नयाँ मौसम
नयाँ परिवर्तनमा
पखालेर सप्पै क्षयग्रस्त पुराना बिम्बहरू
पुरानो जग
पुरानो घर
पुरानो राष्ट्रियता
आऊ सोल्टिनीहरू
नयाँ घाम लागेको बेला
नयाँ अन्न पाकेको बेला
नाचौं उल्लासले
नाचौं उमङ्गले

च्याङ्ब्रुङ ब्रुङ
च्याङ्ब्रुङ ब्रुङ

नयाँ संरचनाका लागि
नयाँ जीवनका लागि

हामी विजयको नजिक
हामी प्राप्तिको नजिक
अब, अग्लिएर चेतनाको कञ्चनजङ्घा
डाकौँ सहस्र उत्पीडित हंसहरू
डाकौँ सहस्र सिमान्तीकृत मुटुहरू
डाकौँ सहस्र मुर्झाएका सातोहरू
भाकौँ पवित्र मनले
मुजिङनाखेयङना
र बोलाऊँ ताजा हावा

लिऽखुरी लिऽऽखुरी
लिऽखुरी लिऽऽखुरी,

यो गुम्सिएको युगमा
जन्माऊँ नयाँ भ्रुण
साक्षी छन्
यो हावा
यो पानी
यो जङ्गल
आऊ निर्वासित मनहरू
जाग पराजित आत्माहरू
लेखौँ सुनौलो इतिहास
कोरौँ आफैले आफ्नो भाग्य

च्याङ्ब्रुङ ब्रुङ
च्याङ्ब्रुङ ब्रुङ

आऊ सोल्टिनीहरू
नाचौँ उल्लासले नाचौँ उमङ्गले
नयाँ संरचनाका लागि
नयाँ जीवनका लागि ।

1. चासोक : किराँत लिम्बूहरूका एक उधौली चाड, जसमा नयाँ अन्नहरू भित्र्याइने गरिन्छ ।

2. मुजिङनाखेयङना : मेन्छामगेन याप्मी कुबोक्मा (मानिसको उत्पत्ति) मुन्धुमअनुसार लिम्बूहरू मुजिङनाखेयङनाका छोरा सुऽसुवालिऽलिम याक्थुमहाङका सन्तान हुन् । मुजिङनाखेयङना हावाबाट गर्भवती भएको हुनाले आफनो छोरालाई हावा-बतासको छोरा भनेर सुऽसुवालिऽलिम भनेर न्वारान गरिदिइन् । यो नामको अर्थ सुस्तरी चल्ने बतास लाग्छ । मुजिङनाखेयङनाले आफनो दौतरीहरू नभेटेपछि थकित उनी रूखमा चढेर लिऽखुरी लिऽखुरी भन्दै मीठो हावा बोलाएर दौतरीहरूको तिर्सना मेटिन् । आज पनि रूखको फेद वा कतै थुम्कीमा बसेर लिऽखुरी लिऽखुरी भन्दा मीठो हावा चल्ने गर्छ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3776

Prakash Thamsuhang – Bajeko Kapurthan

प्रकाश थाम्सुहाङ – बाजेको कपुरथान

चढ्दै-चढ्दै उमेरको भयङ्कर उकालो
हिँड्दै बिसाउँदै जिजीविषाका पाइलाहरू
चपाएर रहर
भोग्नु भोगेर जिन्दगी
मेरा बाजे यतिबेला सुतेका छन्
यो सेतो सिमेन्टको कपुरथानमा

हो, म पनि सुत्नेछु यसरी नै
यसरी नै चिरनिद्रामा मेरो पनि बन्नेछ
यस्तै कपुरथान यस्तै फलैँचा

त्यो फलैँचाको दायाँ-बायाँ उमि्रएको
बर-पीपलको हाँगामा
मेरो सपना झ्ुण्डिएर आत्महत्या गरेको
देख्नेछ मेरो नातिले

म यतिबेला
मेरा बाजेको कपुरथानमा
शब्दको फूल चढाउँदैछु।