Prakash Sayami – Paribhasha

धेरै कुरा बद्लिएको छ
यो मानवशालामा ।
नबद्लिएको एउटा कुरा छ यो
त्यो हो परिभाषा ।
परिभाषा ।

सबैका दुइटा भएको छ ।
नया र पुरानो ।
दरबार नया
सडक नया
कानुन नया
संविधान नया
तर मान्छे पुराना भएका छन् ।

मान्छे पहिले थिए
अहिले जनता भएकाछन्
पहिले मूर्त थिए
अहिले अमूर्त भएकाछन्
शासक चाहन्छन्
हतियार किन्न
विदेश भ्रमण गर्न वा सेना रुपान्तरण गर्न ।
तर नाम सारिन्छ जनताको ।
सांच्चै यो कुरा नया भएको छ
दरबार पुरानो राजा नया
राजा पुरानो युवराज नया

नया अनुहार यति विध्न छाए यो शहरमा
आंखा खोल्न पनि गाह्रो भो
आंखा पुरानो चश्मा नया
यो अाजान शहरमा नचिनिकन नमस्ते सलाम दुआ भन्न गाह्रो भो
बीच बजारमा उभिन्छु देख्छु
बजार पुरानो बजार भाउ नया
पहिले तोलामा बिक्थे नेता अहिले मासामा बिक्न थालेकाछन्
यो कुरा नया भएको छ

नवीनतालाई जोगाउने कुरामा
इतिहास पुरानो भो
मुश्किल छ यो समय
यति धेरै नया अनुहार
नया आवाजको कोलाहल
आवाज चिन्ने कला पुरानो कुशलता नया भएको छ
नया नया
यति नया
अब नया भन्ने शब्द नया
अर्थ पुरानो भएको छ
यो कविता छापिउन्जेल
कविता नया
कवि पुरानो
यो कविता पढुन्जेल पाठक नया
कविता पुरानो
सबथोक नया
अर्थ पुरानो भएको छ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1465

Prakash Sayami – Maunatapurbak

धेरैपछि
यो सडकमा म
अर्को एउटा समानान्तर सडक हिँडिरहेछु

मेरो उपस्थितिमा
आश्वस्त हुँदैन यो सडक
र मलाई
एक्लै छोडेर अघि लाग्छ

किनारमा लामबद्ध रुखहरु
संभवतः
मेरो एक्लोपनको मौन-धारणमा
समवेदनाग्रस्त टोलाइरहेछन्
म फर्केर हेर्छु-
सबैभन्दा माथि छन् पालुवाहरु
केही तल छन् हरिया पातहरु
र छन् सबैभन्दा तल
मेरो बैठक कोठामा न्यानो सम्´नाले भरिएका
रित्ता चियाका कपहरुजस्तै
आबद्ध कामनाले पाकेका
पहेँला पत्रावशेषहरु
अनायासै !
न्यून हुन्छ श्वासको लय
कम हुँदै जान्छ पुरानो जुत्ताको पदचाप
मोडिएर मेरो एक्लो मन
मजस्तै निशस्त्र
मेरो घरतिर फर्किन चाहन्छ

पर एक जुलुस हिँडिरहेछ
राता-निला तुलहरु छन्
र हल्लिरहेछन्
तुलमा टाँगिएर
अनगिन्ती सपनाहरु

मभित्रको रङ्गहीन सपना
विपनाको गोरेटो खोजिरहेछ- यो सडकमा
उप्किँदै गएका
ढलान र रोडाहरु
थाक्दै गएको म
उदास धावक
त्यही गोरेटो भएर
प्रवेश गर्न चाहन्छु
र साँ´ पर्नु अगावै
खोल्न चाहन्छु मेरो घरको ढोका

मौनतापूर्वक पर्खिरहेका
ती आत्मीय पुस्तकहरुमा
रङ्गाउन चाहन्छु मेरो अन्तरको स्पर्श
र एकाकार हुन चाहन्छु फेरि
मेरो पुस्कालय-घरमा ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1465

Prakash Sayami – Bicharadhin

यो समय
केवल मेरो हृदय जान्दछ
म किन घर फर्किन चाहन्छु ?

यतिबेला विस्तारपूर्वक
भन्नुको अर्थ
अझ अस्पष्ट हुन सक्छ

यतिबेला पछिल्लो वाक्यले
अघिल्ला वाक्यसित
कुनै मेल राख्दैन

भन्ने नै हो भने
यतिबेला
एकको संवेदनाले
अर्कोसित
सहानुभूति राख्दैन
म यसकारण
घर फर्किन चाहन्छु

यतिबेला म कमजोर छु
रुग्ण र नग्न भइरहेछु
तर
मसँग घरको सम्पूर्ण अर्थ छ
……जसरी सारा घर छोडेर गएकाहरु
फर्किन पाएनन्

हराए

घर बाहिरका सारा दृश्य नष्ट छन्
घरभित्र पनि सम्भवतः
नष्ट नै होलान्
तर पनि
म घर फर्किन चाहन्छु
जबकि त्यो मेरो गन्तव्य होइन

त्यहाँ मलाई पर्खिरहेका कोही छैनन्
यतिबेला
मेरो घर जत्ति सुरक्षित
यो देश पनि छैन ।