Siddhicharan Shrestha – Prem Ra Bibaha

सिद्धिचरण श्रेष्ठ – प्रेम र विवाह

पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै
उसले उसलाई देख्यो ।
पानीसँग गई उसले भन्यो-
“त्यो माछालाई समात्छु;”
आकाशसित गई जोड लगायो-
त्यो चरालाई पक्रन्छु;
महाकालसित गई बिन्ति चढायो-
समयलाई म रोक्छु ।
हुन्न कसैले पनि भनेनन्,
अनि ती दुवैको बिहे भयो ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:5610

Siddhicharan Shrestha – Ma Bahula Hoina

सिद्धिचरण श्रेष्ठ – म बहुला होइन

आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।

मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।

मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु;
पेट छ खान पाऊँ भन्छु,

नाङ्गो भएर कोही नहिँडोस् भन्छु;
आवाज कानले सुन्न पाओस् भन्छु;

बिचारलाई बोलीमा उतार्न पाओस् भन्छु;
यत्तिकैमा पनि तिनीहरू

मलाई बहुला भन्छन्,
आमा, म बहुला होइन ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:5610

Siddhicharan Shrestha – Siddhicharan

सिद्धिचरण श्रेष्ठ – सिद्धिचरण

हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ,
हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ !
गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको,
निभ्न खातिर पिलिपिलि गर्छ नाम जसको जिएको ।

आज यो चलमलाउँछ, अचल भोलि पर्दछ,
‍खोजी जसको गर्नलाई युग युगान्तर बित्त्दछ !
बग्छ सवेग अनन्त धार, त्यसको कण यो एक छ,
फेरि मिलेर अनन्तमाथि अनन्तसम्म पुग्दछ !