Nawaraj Subba – Chakka Pardai Chhu

नवराज सुब्बा – छक्क पर्दैछु

हालखबर !
खै के भन्नु
म त आजकल
छक्क पर्दैछु
यता सुकुम्बासी
गोली खान्छन्
र सहिद हुन्छन्
उता विदेशी आउँछन्
र नागरिकता लिन्छन्
सपनाको खेती गर्न सधैं
साढेजुधाई मात्र हने देश
अधिकारकै नाममा सधै वन्द हुन्छ यो देश
मन र बाटाहरू परदेशिए बिरक्तिएर
कतै हिडि सक्नु छैन
तीर्खा लाग्दा पिउने पानी छैन
टाउको दुख्दा सिटामोल पाइँदैन
दुखिरहने मनको पोको छ एउटा
त्यो पनि फुकाउने ठाउँ कतै छैन
न छोरा, न बुहारी, न नाति नातिना
आफ्ना सन्तान सवै परदेशी
म स्वदेशी आज विदेशी जस्तो
आफ्नै देशमा एक्लो भएको छु
हिड्दैछु पाउन शान्ति
सुख खोज्न भौंतारिदैछु
आज दोबाटोमा अचानक
घेरे शहीदहरूले मलाई
अनि रोए, कराए, झसङ्ग बनाए
गन्तव्य भुलि बरालिएको भेटेर
मलाई गिज्याउनसम्म गिज्याए
धत्तेरी ! लक्ष्य पुग्न हिडेको म बटुवा
पत्तै नपाई लठुवा पो भएछु
आफ्नै गतिमति यस्तो देखेर
म तीनछक्क पर्दैछु ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1897

Nawaraj Subba – Pardeshi Ko Sapana

मनमा बिछ्याएर
उनेका मायाका पोतेहरू
तिम्रो गलामा बिसाएर
तिमीसँग बिदा माग्दा
धेरै बेर रोएथ्यौ तिमीे सपनीमा
अहिले ब्यूँझेर हेर्दा पो देखें
तिमीले मेरो छातीमा झारेका आँसुहरू
मेरै सिरानीमा झरेछन्
यस्तो लाग्यो
नौ डाँडापारिकी मायाले
आज मलाई बल्ल संझिछिन् ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1897

Nawaraj Subba – Niyati

हेर्दा हेर्दै त्यो फूल आज
यसरी ओइली झरेको देख्दा चाल पाएँ
मैले जीवनसँगै मृत्यु पनि ल्याएको रैछु,
हामीले पूज्ने त्यो द्यौराली आज
यसरी पहिरिएको देख्दा थाहा पाएँ
मैले मिलनसँगै विछोड पनि पाएको रैछु ।