Manoj Bogati – Seema

त्यो कोमल फूलमा बस्छ
नङ्‌ग्रा बोकेको भवँरो।

गौरी भाउजुले गाइरहेकी त्यो भद्दा गीतको
कम्मर भॉंचिएको जीउ
सधैँ
पग्लिएको आँखाको चेपबाट हेर्छ
रत्ने दाज्युको बैंश।

मान्छेको शरीर प्लास्टिककै त हो
जो आगोले खुम्चिन्छ।
आगोले के छोड्छ ढुङ्गालाई
हिँउ त कोमल हुन्छ
न सुन कठोर हुन्छ।
आगो?
आगो न कोमल हुन्छ न कठोर हुन्छ।

त्यो फूलमा लागेको आगो देख्छ भवँरा
गीतको झिल्काले ढड़्‌छ रत्ने दाजु।

जब पग्लनु पर्ने समय हुन्छ
त्यसलाई कुनै बॉंधले रोक्दैन।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1712

Manoj Bogati – Khaderi Ko Akshar

भिज्न दिनू आँखालाई
आँखा भिज्दा
मन मलिलो हुन्छ।
जहॉं उम्रन्छ
हॉंस्ने आकांक्षा।
तिमीलाई थाहा छ
मनको आगो जब आँखाबाट निस्कन्छ
कसरी जल्छ मर्यादा
कसरी डढ्छ स्वर्ग।
भिज्न दिनू आँखालाई
आँखा भिज्दा नै जीवन भरिलो हुन्छ
जहॉं फुल्छबॉंच्ने भरोसा।
पीड़ाको कुनै आकार हुँदैन
तरै पनि मनको कत्रो पाखा ओगट्‌छ यसले
पीड़ा फुट्‌दा त्यही पाखामा पैह्रो जान्छ।
पैह्रो गएको पाखामा
खड़ेरी मात्र उम्रन्छ।
अहो!
आँखामा खड़ेरी लाग्नु कत्रो अनिकाल हुन्छ।

भिज्न दिनू आँखालाई।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1712

Manoj Bogati – Ring Tone Ko Desh

मनोज बोगटी – रिङटोनको देश

-हेल्लो…
-क्याफेमा?
-ओके, ल ल…

***

मल्टिकलर्ड हेल्लोहरूको
माकुरी जालबीच
मच्चिँदै हल्लिरहेको रङहीन आवाजलाई
जीउ जोगाउन साह्रो
यो रिङटोनको देशमा।
गणतान्त्रिक हेल्लोहरूको कमर्सियल कलरट्यूनभित्र
बिलाइरहेछ
रायोको साग उम्रिने गाउँको सातो।
कति छिटो उभियो हँ
हेल्लोहरू कै ईंटाले
गाउँको ढुकढुकी।

बाख्रा खान पल्केको चितुवा बस्ने डॉंड़ामा
टावर बस्छ
त्यसले बाख्रा मात्र खॉंदैन
मान्छे पनि खान्छ।

कति छिटो पुग्यो निर्माण र पतनको सङ्घारमा
गाउँको अर्ग्यानिक संस्कार।

न अक्षर न आवाज
न गोर्खाको रह्यो
न बङ्गालीको, बिहारीको न अङ्ग्रेजको
हिन्दु ईशाई न शिखको।
यो ग्लोबल भाषाको रक्सी पिउन पल्केदेखि
लोकगीतहरू
शोकगीत जस्तो बज्न थालेको छ।

कसैसित रहेन आवाज
आफ्ना आवाजहरूको रङ बसेन अनुहारमा।
आवाज र अक्षरहीन संवेदना
फना उठाएर घिस्रिरहेछ
एलसीडी ग्लोबमा।

बिहानै आइपटले गाउने
भजन
गाउँभरि डुल्छ। बिजुली छ भने मात्र पूजा हुन्छ।

भजनको भॉंच्चिएको जीउभरि सल्बलाइबस्छ
उपभोक्तावाद।

घर-घरको छाना हुँदै
सर्दै आइरहेछ
असम्वेदित्‌ सलह सभ्यता
मल्टिकल्चर्ड झण्डा बोकेर।

स्कुसको जरा र फर्सिको मुन्टा
कुखुराको सुलीले बॉंचेको डल्ले खुर्सानीको सम्झना
आह!
अझ पनि
कति बल्झिन्छ शहर पसेको गाउँलाई।

आह!
कति साह्रो पर्छ अचेल
आँगनका दुबोहरू टेक्दै-टेक्दै
नागबेली बाटो ओहोर-दोहोर गर्नु
गाउँ फर्केको शहरलाई
फिता चुट्टिएको चप्पलमा।

ठूलो मल्टिकलर्ड झोला भिरेर
रिङटोनहरूको फेरी बजाउँदै आइपुग्छन्‌
अम्बानीहरू
घरै दैलोमा।

कति गाह्रो छ अहिले वेदलाई लाज राख्नु।
ग्रन्थबाट एलसीडीमा घुस्रिएका मन्त्रहरू
ट्याटु खोपेको पाखुरा देखाउँदै बस्छन्‌।

सेल्फोनिक मनको भित्ताबाट उप्किदै झर्छ र मर्छ
संवेदनाहरू
एसएमएसको लिलिपुट अक्षरहरूले लेखिन्छ जीवनको नयॉं संस्करण।

( उः अर्जुन
एसएमएस गर्दैछ।)
एलसीडीभरि पोखिएको पुरूष
थाहा पाउँछे उर्मि।

असंवेदित्‌ अनुहारको छॉंया दलेको नयॉं किताब पढ़ाउन
कसले ठड़ाएका हुन्‌
गाउँको चिसो हावा बग्ने डॉंड़ा-कॉंड़ा
टावरे स्कूलहरू?

हेर्नुहोस्‌ त
देशको माटोको रानीमासुमा नै मुख गाड़ेर
घाउ नै घाउ बनाइरहेका छन्‌।
कस्तो टोक्ने
इकोनोमिक डॉंठहरू हुन्‌ ती।

छोरीले सिकरभित्र बिस्तारोस्वरमा आइलबयू भनेको सुन्दा
बाहुनी बोजुले किन खोतलेका होलान्‌
पुराना चिठ्‌टीको त्यो पोको?

कसरी छुट्टियो नि संवेदनाको नाता पनि
ढिलो नढिलो ढुकढुकिने लामो केश पाल्ने चिठ्‌टीलाई
फर्किएर पनि हेर्दैन सबैतिर चिरिएको जिन्स लगाउने त्यो एसएमएसले।

सबै आ-आफ्नो झण्डा बोकेर बस्ने त्यो ग्लोबलभिलेजमा
कसैले मोइ पार्छ कि
यो संक्रमणको तिर्खा मेट्‌ने।

ए सॉंच्ची
पाठक तपाईं कुन दलको?
रिलायन्स कि एयरटेलको ?