Nepali Poems

The Largest Online Collection of Nepali Poems @ Sanjaal Corps

Laxmi Prasad Devkota – Chukul

May17

क.

को यो फार्ने, को यो पार्ने
मानिस, मानिसमा अन्तर ?
यो हो चाँदी, या हो कागत,
–बाट बनेको धूर्त चुकुल,
जिउँदो निरन्तर !

ख.

यही हो नेता, यही हो विजेता,
बाहु प्रबल !
मसिनो मुखको, मोटो जीउको
घुस्न सफल !

ग.

हे बुभुक्षित ! वञ्चित ! कुण्ठित !
चिरियो तिम्रो दल !
लडाइँमा छौ नित्य विफल !

घ.

बुद्धि छ बोक्सी, चतुरी, फटाही,
सोही चुकुलको चूल !
सम्मोहनमा पर्छौ राही
स्वर्ग पुग्ने भन्छौ, उडाई
जादू–कार्पेट,
थोत्रो सुकुल !

ङ.

सच्चा दिन के शक्ति होइन ?
के जनताले राज हुँदैन ?
माटोले के घर बन्दैन ? आगो पसीकन, हेरन मोल !
अविश्वास हो भयङ्कर भूल !
किन हालेका होउ छातीमा,
सुनको चुकुल !
आर्तदत हो ! किन चिरिएका ?
मुटुले खाई,
झूठो कबूल ?

च.

जनतन्त्रलाई पूँजी राज्दछ !
पूँजी विभाज्दछ !
नेता भैकन पूँजी गाँज्दछ !
हाय ! सहेको किन यो भूल ?
मिल ए गरीब ! मिल ए दीन !
मिल ए दुःखी ! मिल ए हीन !
फ्याँक, उखेल
चुकुल !

छ.

यो पहाड हो, खाल्डाबीचको !
यो चुकुल हो डँडाल्नाबीचको !
तिम्रो भयङ्कर शूल !
बेहोश ! हटाऊ भूल !

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Complete List of Sanjaal features is available at:
http://corporate.sanjaal.com/features.php

Number of Views for this Poem:2004

Laxmi Prasad Devkota – Pralaya Bedana

May8

यस दुनियाँमा सुखदुःख दुईको गहिराइमा डुबियो खरुब,
दुःख भो अतिशय सुख भो अतिशय प्रभुले पु¥यायो मनसुव ।
विषको महको चाखी मिठास जगमा बसियो अन्धसरी,
तर प्रभुको क्यै चेत खुलेन अब दुःखीको लौ मसरी ।
जीवात्मा यो त्यतिको पतित भो ब्रह्माण्ड यसको नरकानल,
आफ्ना भूलहरु नागिनीझैं बेरिरहेछन् वक्षस्थल ।
तिनबाट म केही मोचन पाऊँ भन्दै प्रभुजी गर्छु पुकार,
यस्तो पतित धूलिकणी भै पुग्नै सकिन नि प्रभु–पदसार ।
मानवताका भाव हजारौं मैले गाएँ कवितामा,
तर ती सारा विफल भईकन फोस्रो भए सब प्रभु श्यामा ।
होश पुगेन छन्द पुगेन हृदय पुगेन प्रभु पदमा,
अब ता मेरो आशा छैन अगाध गर्तमा छु जगमा ।
मेरो केवल साथ निराशा मेरो केवल छटपट जीवन,
मेरो मनको आकाश समूचा केवल अग्नि–तपन ।
जलको विन्दु यस सिन्धुमा मैले पाइन हाय अभागी ।
किनकि मैले अरुकन जल दी ठण्डा पार्न सकिन सुभागी ।
यस कारण मेरो तनको मनको पनि अणेव्रत ध्वंस हुन लाग्यो,
प्रलयानलले काल–स्वरुप ली विश्व जलाउन अब जाग्यो,
यसमा अब के मसीको अन्त सीमा चरम क्षतिको,
नास्तिकताले अहम्भावको गाइरहेछन् प्रभु ! यतिको ।
प्रलय नीदमा सुतिरहेछु मेरो ब्रह्माण्ड जल्यो,
आउन सक्ने प्रभुको पदमा मेरो आत्मासम्म गल्यो ।
यस कारण यो जगती–तलमा एक अभागी नष्ट भयो,
यसको औषधि केही छैन किनकि स्वयं यो प्रष्ट भयो ,
जाति बान्धव कुल ज्ञातिको निम्ति न मेरो बिन्दु झ¥यो,
सिन्धु दिएथे परमेश्वरले जल सब आगो बनी द¥यो ।
धन्य हे आत्मा ! धन्य हे ईश्वर ! तिम्रो लीला बुझिएन,
तिम्रो पदमा साथ स्मृति ली आह ! कहिल्यै भिजिएन ।
अब यसलाई केही छैन गयो कहाँ यो पुग्यो कहाँ ?
केवल विषको थोपा पिउँदै अझ जल्दैछ बसी यहाँ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Complete List of Sanjaal features is available at:
http://corporate.sanjaal.com/features.php

Number of Views for this Poem:2004

Laxmi Prasad Devkota – Shandeshwar Parba

April29

तीते पाती बटुलन जाती,
माकुरजाली ल्याउन काती,
डाकन भ्याक्ते कोरस ताँती,
धापहरुको बालन बाती ।
छेपाराका रङ्गहरु ल्याओ !
चीलहरुका पङ्खा चलायो !
गन्धे झारका बालन धूप,
वेदी भरभर गोबर लेप,
ढयावर, ढयाङ्ग्रो टिनको ठटाओ !
दुनियाँ सारा पूजन आयो !
शण्डेश्वरको पर्व छ आज,
यस युगदिलमा उनको राज ।
टाउको उनको वज्र चटान,
मस्तिष्क अणु, अणु जल्दो मुहान ।
शास्त्रालङ्कृत चण्ड मुशण्ड,
हनुवा, हाँका उनको मुण्ड,
पुच्छर बेर्दछ भूतले फन्को,
झटार्छ जगत् यदि माखा झन्क्यो,
तोपहरुको ढ्वाँढ्वाँकार
उनकै गुँज्दो गुफा ओडार
कालो ध्वजा छ जूरो उँचा,
आज छ गर्नु उनको पूजा,
फलामहरुको मसल छ उनको,
मूर्ति बनाऔँ तर सब सुनको ।
रुपियाँको एक मन्दिर ढालौँ,
नोटहरुका लहरा हालौँ,
विज्ञापनका कागज डालौँ,
रङ्ग चडकारा सारा उज्यालौँ ।
बन्दूकहरुको बनाऔँ बार ।
बुट्टा सिंगारौँ नव तरबार,
तोपहरुका मञ्च उचालौँ,
युरेनियमका ज्वाला ज्वालौँ,
हो विजयले देऔँ सलाम !
रणबिकुलले घोषी नाम,
गोलीहरुका पूmल बरषाऔँ
लोहित झन्डा फहरन जाऔँ
गन्धक धूवाँ छाना छाऔँ,
कोलाहलका स्तुतिहरु गाऔँ !
शान्तिसुरक्षा बम् पडकाऔँ !
पृथिवी काँप्ने पर्व मचाऔँ !
मध्यपूर्वका तेल जलाऔँ !
द्धीप विविधका फलपूmल ल्याऔँ !
आजादीको एफिजी जलाऔँ !
लामखुट्टेका कोरस गाऔँ !
गरम पसीना जल ली चढाऔँ !
सभ्यताको अन्त्येष्टि मनाऔँ !
अन्नहरु सब होमौँ ढेर,
‘तन्त्र मुनाफा’ अक्षर दे’र ।
पसले संस्कृति जगमा फिँजाऔँ,
शण्डेश्वरको पर्व मनाऔँ !

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Complete List of Sanjaal features is available at:
http://corporate.sanjaal.com/features.php

Number of Views for this Poem:2004
« Older Entries

Poems By Authors

Content Protected Using Blog Protector By: PcDrome.