Bhupi Sherchan – Dui Seta Kalila Hatkela Ko Parewa Timro Namaste

कौसीमा उभिएर, लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
दुई सेता कलिला हत्केलाको परेवा ः तिम्रो नमस्ते
दिनभरि
मेरो आँखाको आकाशभरि
तिम्रो कौमार्यको सेता पखेटा फिजाएर उडिरहन्छ
साँझभरि
मेरो हृदयको क्षितिजभरि
तिम्रो कौमार्यको गुलाफी रङ्ग छरिरहन्छ
रातभरि
मेरो निद्राको दलिनभरि
तिम्रा सप्तरङ्गी चुराहरुको बुट्टा जडिरहन्छ
र सधैभरि
सधै–सधै सधैभरिको निम्ति
मेरो मुटुभरि
मेरो परेलाभरि
मेरो ढुकढुकीभरि
तिम्रो एकलासपनाको अस्फुट प्रार्थंना र
खित्काहरु भरिरहन्छ ।
कौसीमा उभिएर लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
दुई सेतो कलिलो हत्केलाको परेवा
तिम्रो नमस्ते ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3263

Bhupi Sherchan – Mainbatti Ko Sikha

स्नान गरेर
शारदीय घाममा
आफ्नो कौमार्य छरेर
थकित–थकित झैं
चकित–चकित झैं
एक्लै–एक्लै मुस्काइरहेको
अनुहार हो यो कुनै
सुन्दरी नवयुवतीको ।
शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको ।
आँखाभरि वेदनाको पानी
तर, हर्षले हाँसिरहेछ आँखाको नानी
मानौं, अप्रेशनपछि
होशमा आएर
घोर पीडामा पनि
शिर अलिक उठाएर
नवजात शिशुलाई नियालिरहेको
सन्तुष्ट आँखा हो यो
कुनै पुत्रवतीको ।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको ।
एकातिर धप्प–धप्प
बलिरहेछ अनुहार
अर्कातिर तप्प–तप्प
ढलिरहेछ अश्रुधार ।
मानौं यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद
एकसाथ
सुहागरात र स्वर्गीय पतिको ।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबतीको ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3263

Bhupi Sherchan – Mero Saathi Haru

‘मैले पिएकोमा रिसाएका साथीहरु
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर शहीद हुनेहरु
जिएर त हेर, जिउन झन् गाह्रो छ !!’