Bhimnidhi Tiwari – Gajal (Ishkabaaji Ma)

नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा
र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा।

नजाने बिखका खोला बहन्छन्, पर्छ बाढीमा
र, जाने महका चाका चुसिन्छन्, इश्कबाजीमा

नजाने डुब्छ चुर्लुम्मै जवानी, जेलखानमा
र, जाने अप्सरा खोपी छ आफ्नै, इश्कबाजीमा

नजाने ज्यान नै जाने पचासौँ पर्छ धोखामा
र, जाने काखको मीठो सिरानी, इश्कबाजीमा

नजाने हुन्छ बदनामी, कलङ्की, दागी, दुनियाँमा
र, जाने प्राणको प्यारो सबैको, इश्कबाजीमा

नजाने सम्पत्ति, जीउ विनाशी बग्छ आँसुमा
र, जाने रत्नका माला गलामा, इश्कबाजीमा।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:5579

Bhimnidhi Tiwari – Kamyo Lug Lug Tyo

मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो,
छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो,
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो,
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

टोपी सिर्फ छ नाम मात्र शिरमा, जम्मै टुपी निस्कने
भोटो जीर्ण धुजाधुजा छ उसको, छाती पिठ्यूँ देखिने,
धोती केवल चार अङ्गुल धरो, नङ्गा छ र्सवाङ्गमा,
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

आँखीभौँ छ तुषारका पतनले सेता भएका दुबै,
खुट्टाका अउँलाहरु, नङहरु नीला भएका सबै,
पैताला छ छियाछिया हरुघडी हा !! रक्त टप्काउँदै
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

कैले बस्तछ छेउमा सडकको खुम्च्याइ छाती, अनि
कैले हेर्दछ पूवतर्फ नभमा लाली चढ्यो की भनी,
काखीभित्र घुसारी हा ! कर दुबै छोपेर ‘स्यूः स्यूः’ गरी
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

ठण्डा उग्र हिमालको बरफ झैँ च्चः ! बाहिरी अङ्ग छन्,
आगो बल्दछ पेटभित्र तर जो निभ्दैन सल्कन्छ झन्;
निस्कन्छन् मुखबाट धूम कुहिरो झैँ, दाँत कट्काउँदै
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:5579

Bhimnidhi Tiwari – Kopila

भीमनिधि तिवारी – कोपिला

साना बालक, बालिका भुवनका हुन् फूलका कोपिला
शिक्षाको मल, प्रेमको जल छिटी गर्छौँ भने संचिता
फुल्नेछन् दिन मध्यमा यिनिहरू बास्ना अनेकौँ दिई
त्यो बेला अनि यो उजाड दुनियाँ बन्नेछ कस्तो भई !

सारा दुषित वायुमण्डलभरी घुम्ला जसै केसर
त्यल्ले शुद्ध पवित्र पार्दछ सबै, बाँकी अरू के छ र?
झिल्का ‘मानवता’ यहीँ मनुजमा सल्केर जाला अनि
स्वार्थी भाव विनाश हुन्छ, तब ता सर्वत्र शान्तिध्वनि !