निरोज – लेखिन नसकेको कथा
ति दुर्दिनका भोगाईहरु
कुन्नी किन हो?
छाईरहन्छन्―दृश्य बनेर
रसिला रसिला आँखाहरुमा
आईरहन्छन्―पूर्वस्मृति बनेर
कैदी मनको बिस्फारित छालहरुमा
अन्तर कुन्तर र सबै तरेलीहरुमा
सिङ्गै कथाका प्लट बोकेर।
तिमै्र आग्रहमा त हो नि मैले पाहाड चढेको
खाली खुट्टै कयौ काँडाका भर्याङहरु पार गरेको
तिमीले नै त हो उत्पेरित गरेको
सबै सबै सपनाहरुमा आँगो झोस्न
हो साच्चै मैले जितेको थिए
मेरो खुशीहरुलाई ठाउँ बनाउन
हठात् तिमीले नियम बदल्यौ
र बदल्यौ रुप
अनि त के चाहियो?
तिमी आफ् नै मनमौजीमा छौ
तर तिम्रो हुनुको दस्तुर खोज्दा
आफ् नो जितको प्रमाण खोज्दा
म पागल कहलाईन्छु
म आवरा कहलाईन्छु।
आश्वाशनका डोकाहरु
राखेर दोबाटोमा
भो नलोभ्याउ अरु धेरै ग्राहकहरु
विद्रोहमा तिम्रो साम्राज्यको झण्डा उखेले भने
फेरि कहाँ छ तिम्रो जाने ठाउँ?
तिम्रो शासकले मेरो
कलकलाउँदो प्रेमलाई
यौवनमै फाँसी दिन्छ
यद्धपि तिमी त्यही
कोमल, चञ्चल र सुन्दर नारी भईरहन्छ्यौ।
यो पुरानै मान्यता नभत्काई
एकान्त र सुनसान साझमा सधैँ
आँउछन् आईरहन्छन् कथाका प्लटहरु
तर म कत्ति लेखिन सक्तिन
कथाका हरफहरुमा
आफ्नै मान्यताहरुलाई
बलत्कृत बनाएर।
मेरो स्वभावमा तिमी नमिल्दा पनि
मेरो मान्यतामा तिमी नअटाउँदा पनि
तिमीलाई आफ्नो ठानेर
प्रशस्त… प्रशस्त आलोचना गर्छु
तिम्रा सबै बहुलठ्ठीपनहरुको
तिम्रा सबै अहङ्कारहरुको
जस्तै लेखिन नसकेको कथाले
तिमीलाई प्रेम गरे जस्तै
धेरै पे्रम गरेर पनि।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.