Nirbhik Rai – Aguwama Pani Bhar Hune Desh Bikas

निर्भीक राई – अगुवामा पनि भर हुने देशको विकास (राष्ट्र खच्कने सामरिक तुजुकले)

घामजस्तो चम्किलो माओ उदाउनले
अँध्यारो भागेको चीनमा
जूनतुल्य टल्कने देङ झुल्कनले
उज्यालो भित्रिएको चीनमा राती पनि
राती समेत उज्यालो पाउँदा
चीनमा विकासले छिटो बाटो काटेको
गर्मीको बेला जुनेलीमा पनि हिँडी
भरियाले बाटो छिटो काटे झैँ
भौगोलिक अवस्था गतिलो भएर मात्र देश नसप्रने
ब्राजिल( अमेरिकाजस्तो र
नेपाल स्विजरलैन्डजस्तो नसप्रेझैँ
असल नेतृत्वले मात्र
पौरखी र ज्ञानी पछौटे -जनता) तयार पार्ने
चीनले Olympic Game
जितको साथ मैझारे गरेकोले
त्यो हरेक क्षेत्रमा महाठालु भएर निस्कने
सम्भावना अझ तिखारिएको
चीन महाठालु दरिने
सम्भावना उदाउँनुको मुख्य कारण
सक्षम नेतृत्वको अगुवाइमा युद्घमा नअल्झि
आर्थिक मजबुतीको लागि एकोहोरो धसिनु भएको
अमेरिका महाठालुबाट गिर्ने
सम्भावना देखिनको मूल कारणहरु
त्यो युद्घमा अल्झिइ अल्मलिनु,
काँडाघारीमा शिकारी अल्झिइ अल्मलिए झैँ
युद्घको लछारोले खच्कनु भएको,
मान्छे छेराउटीले हैटु -कमजोर भए तुल्य
चीन महाठालु दरिएपछि
अमेरिकाले झैँ त्यसले पनि
रैँदालो लाउँने सम्भावना हुने
अर्को महाठालु ननिस्कन्जेल,
गोहीले पानीमा रैँफाडो लाए झैँ
सम्पत्ति र शक्तिको नत्र के काम
राष्ट्रको ढिकुटी रित्याई
निजी सेखी झार्नु सजिलो हुने अगुवालाई ।

१५असोज २०६६, मनमैजु, काठमाण्डू
जन्मथलो :- नेपालेडाँडा, भोजपुर ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1891

Nirbhik Rai – Chot Haru

निर्भिक राई – चोटहरु

झुन्डिएर लौकाझैँ फलेकी नैनकला
दुनियाँलाई ऋणसापट छर्दा ।
बिपनामा सिरीखुरी भएकी नीरमाया
नेताको आडमा करोडौँ कुम्ल्याउने
सपना देख्दादेख्दै योजना फेलखाँदा ।
बिगतमा कुकुरलाई कवाफ खुवाउने दिलसराको चुलो नबलेको
अहिले तिनीसँग फर्सी किन्ने पैसा नहुँदा ।
नुन खाएको कुखुराझैँ झोँक्राएको चतुरध्वज
ट्यापे छोरा जेलको हावा खाँदैगरेको खवर पाउँदा ।
पोइल गएकी जहान फर्काएको धौलवीरले
लटीपटी गम्ने हुँदा ।
याङ्पी जेलको पर्खालले छेकिएकी
अपहरणपछि बालकको सास खुस्काउँदा ।
घर उडाएर भूमिगत भएकी फूलमती
केशले नपुग्ने ऋण काढ्दा ।
अस्पतालमा इमरजेन्सी भर्ना भएकी रामप्यारी
ढिकुटीमा धोका पाउँनाले मूर्छा पर्दा ।
ससुरालीको मेजमानमा परेको उनीहरु ;
फौदिसंले स्वास्नीको चरित्रमा शङ्का गरी
फलामे पाइपले स्वास्नीको कन्चटमा डन्ठाउँनाले ज्यान जाँदा
र बम बहादुरले आफ्नो पसिना र स्वास्नीमा
मस्ती गर्ने माथि बक्सिङ वर्षाउनाले ज्यान जाँदा ।
सोझीबाङ्गी जे भए पनि आफ्नो दोस्रो मुटुलाई
भर नगरेर के लाई भर गर्ने त लाहुरेले
लाहुरे जीवनको एउटा निर्विकल्प मजबुरी ।

(विदेशी नोट टिप्नुजाँदा पर्ने चोटहरु : मियो उखेलिएको दाइँ)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1891

Nirbhik Rai – Bishwa Yudhha Antim Bikalpa

निर्भीक राई – विश्वयुद्घ अन्तिम विकल्प(धन्य हुने नेता र वैज्ञानिक)

विश्वमा दैनिक पाँचलाख भुँडी घटे
सातलाख थपिँदा र पृथ्वीचाहिँ एकइन्च पनि नबढ्दा
वा बेलुन फुलाए झैँ पृथ्वीलाई फुलाउँन नहुने हुँदा
खरबौँ वर्ष पछि भए पनि
अन्न, फलफुल उभ्ने सबै खेतबारीमा र
पशुपन्छी चर्ने, डुल्ने, बस्ने सबै
जङ्गल, चौर, नागी, स्वाँरोमा घरहरु ठड्याइने
बगरमा ढुङ्गा खचाखच गर्खिए सरह र
छाना तैरिने झरीमा घुम ओडेको खेतालाको हूल झैँ
अन्न, फलफूल रोप्ने सबै खेतबारीमा घर रोपे पछि र
पशुपन्छी चर्ने, डुल्ने, बस्ने सबै जग्गामा
गाडी कुदे, गर्खिए पछि के हाली भुँडी कुहुन नदिने ?
भोकमा घरको भित्ता दार्ने, चाट्ने ?
मान्छेले घाँस खाई बाँच्ने क्षमता विकास गरे पनि
घाँस उम्रने ठाउँमा समेत घर उम्रने अन्त्यमा
चाहे खरबौँ वर्ष पछि भए पनि
कि त मान्छेको प्रजनन क्षमता धेरै र्‍हास हुनु पर्ने
जसले जन्मदर र मृत्युदर सन्तुलित भई भुँडीको समस्या टार्ने
नत्र अन्न, फलफूल, सब्जी, पशुपन्छी फल्ने
सबै ठाउँमा घर फलेपछि अन्तिम विकल्पको रुपमा
विश्वयुद्घ नमच्याई धर नपाइने खरबौँ भुँडी छाँट्न
त्यसैले विश्वयुद्घ झोस्ने नेता, परमाणुबम जन्माउने र
परिवार नियोजनको उपाय अविष्कार गर्ने वैज्ञानिक,
बिहा गर्न नसकेका वा नचाहेका मान्छे र
निसन्तान दम्पति कृतज्ञ हुनु पर्ने
विश्वयुद्घको चपेटाबाट उम्कनेहरुचाहिँ,
विश्वयुद्घको विनाशको दाँजोमा
भुँडी भर्ने मौका पाएको बरु भलो ठानी ।

१२ साउन २०६६, मनमैजु, काठमाण्डू
जन्मथलो -नेपालेडाँडा, भोजपुर