Naresh Shakya – Bagnu

नरेश शाक्य – बग्नु
(मधुपर्क माघ, २०६७)

निःसर्त बगेँ
थाहा छैन कहाँ पुग्ने हो ?
जीवन बगेर
यतिका सङ्घर्षहरूको परिणाम र परिणति
के हुने हो ?
कसका लागि ?
अनिश्चित नै म बग्दैछु ।
म र्झन तैयार भएँ
ओर्लन शिखरबाट
कोलाहलसहित
निनादसहित
अवरोहण
बाटाका बिघ्न बाधाहरू छिचोल्न तैयार
दुर्गम, दुःसाध्य कष्ट र पीडाहरू
भोग्न तैयार
अनभिज्ञ म बगेँ
मेरा लक्ष्यहरू ।
म निर्विकार, निराकार बगिरहेछु
मेरो बग्नुको कुनैस्वार्थ छैन
स्वान्तः सुखायजस्तो
कुनै द्विविधा वा भ्रम पालेको छैन
मेरो बास्नाबाट कोही अविभूत हुन्छ भने
सिञ्चित हुन्छ भने
कुनै आपत्ति वा विरोध छैन
गर्व पनि छैन ।
ममा अन्तर्निहित गुणहरूको
स्वयं प्रशंसक पनि होइन
म प्रज्ञा हुँ
राग, द्वेष, घृणा र लालसाबाट वञ्चित मुक्त ।
कहिलेदेखि सुरु भयो मेरो महामिनिष्क्रमण महायात्रा ?
अन्त्य कहाँ हुने हो ?
मलाई बोध छैन
विश्व विजेताको पगरी गुँथ्ने सपना
मैले देखेको छैन
लालसा छैन
अविराम छ मेरो गति, यात्रा
अविराम ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2117

Naresh Shakya – Paglera Pani Timro Mutu Bata

नरेश शाक्य – पग्लेर पनि तिम्रो मुटुबाट

पग्लेर पनि तिम्रो मुटुबाट
मात्र ग्लेशिएर बहन्छ,
जमेर तिम्रो मुटु हिमशीला बन्छ,
दुबै स्थितिमा तिम्रो उपस्थिति हाम्रा निम्ति
कति निरंकुश र क्रुर
विषाक्त र वेदनायुक्त छ ?
तिम्रो कोखमा जीवन रस सिंचन हुने उर्वरता होला
के हामी कहिले त्यस्तो आशा गर्न सक्छौँ ?
तिम्रो ओठमा मानवता सिर्जना गर्न प्यास तृप्त पार्ने
गर्माहट होला
के हामी कहिले त्यस्तो
किन्चित अभिलाषा गर्न सक्छौँ ?
प्रगतिका मार्ग प्रशस्त हुन सक्ने
संभावनाका सारा सुन्दर र
रहरलाग्दा क्षितिजलाई ओझल पारेर
ठिही र स्याँठमा अनुवाद गरेर
तिम्रो निर्जीव र संवेदनाहीन सुन्दरतामा
हामी किन गर्व गरौँ ?
किन प्रशंसा गरौँ ?
पग्लेर पनि तिम्रो मुटुबाट मात्र ग्लेशिएर बहन्छ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2117

Naresh Shakya – Sumnimalai

नरेश शाक्य- सुम्मिनालाई

ओ सुम्निमा !
मेरो मुटुभरिको अथाहअथाह चाह तिमीलाई
स्वीकार गर ल !

तिमी त फुलिसकेकी छ्यौ बैँसको हाँगामा
लालुपातेको जोवनसरह ढक्कमक
शारदीए घाममा
मुसुमुसु कौमार्य छरेर
तिम्रो लेकाली यौवन
मेरो नजरको प्यालामा
मदिरासरह छचल्किँदो छ
मेरो प्रेमको, हार्दिकताको
यो ग्रिटिङकार्ड
उपहारस्वरुप
स्वीकार गर ल !
मेरो मुटुमा बजिरहेको सङ्गीत
धिन्ताङ्धिन्ताङ्को
अविरल धुन मायाको
पयरहरु उन्मुक्त गतिमा
नाचिरहेछ स्वर लहरीमा पालामको
मेरो मायाको नजराना
कोसेली
हार्दिकताका साथ स्वीकार गर ल !
ओ लुङा !
हाम्रो बैँसको भाकाले
सुरिलो धुनले
पिरतीको नौतुम सनातन चाहनाले
ढाकोस्, गुन्जियोज वनपाखा
भञ्ज्याङ अनि चौतारी
हर मेलापात ल !