Narayan Tiwari – Baa

नारायण तिवारी – बा
(हिमाल खबरपत्रिका)

बा,
एक दिन होइन
दुइ दिन होइन
तीन दिन होइन
सधैँभरि
घरिघरि
निहुँ खोज्नुहुन्छ
खाने बेलामा पनि सधैँ
अरूलाई होस् कि नहोस्
आफूलाई घिउ खोज्नुहुन्छ !

अरूले खाए पनि के नखाए पनि के
बालाई मीठो-मीठो ख्वाउनै पर्छ
अरूले लाए पनि के नलाए पनि के
बाले राम्रो-राम्रो लाउनै पर्छ
अरूलाई ठूलो रोग लागे पनि के नलागे पनि के
बालाई अलिकति हाच्छिउँ मात्र आयो कि
नर्सिङ होम कुदाउनै पर्छ

कोही मरिरहेछौँ खान नपाई
मतलब छैन बालाई
कोही आपसमा लड्न-भिड्न उद्यत छौँ
मारिरहेछौँ एकअर्कालाई
त्यो पनि मतलब छैन बालाई
बालाई त आफ्नो सुकिलो बस्त्रमा
अत्तर र्छर्किन पाए पुग्यो
बालाई त-
आफूले वरको सिन्को पर नसारे पनि
अरूले केही नगरेको भन्दै
र्झर्किन पाए पुग्यो !

हामी बालाई आफ्नो स्वार्थ
त्याग्न भन्दैछौँ
हाम्रो घरझगडाको आगो,
कहिले निभ्ने हो -
साह्रै खिन्नताका साथ
दिन गन्दछौँ !

ए बा !
भन्दै हुनुहुन्थ्यो गंगास्नान गर्न जाने
ठीकै छ जानुस्
तर गंगास्नान गर्दा
आफू भित्रका सबै फोहोरमैला पनि
पखालेर आउनुहोला
ए बा !
फर्किँदा गंगाजल ल्याउनुपर्दैन हामीलाई
हाम्रो घरमा खसेको
विपत्तिको हल ल्याउनुहोला !

(१३ पुस २०६१)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1525

Narayan Tiwari – Mausam Ko Kunai Bharosa Chhaina

नारायण तिवारी – मौसमको कुनै भरोसा छैन

कालो बादल मडारिंदै छ
चट्याङ पो पर्ने हो कि !
थाप्लामा हात राख्छु म
घरी शहीद सम्झन्छु
घरी शहीदका परिवार
आ“खा बारम्बार रसाउ“छन्
किन निरन्तर ओठमा मुस्कानको आशा छैन
सायद नियति यस्तै छ हाम्रो

यहा“ मौसमको कुनै भरोसा छैन…. ।
बन्द छ युद्धको शिविर यस बेला
युद्धवीरहरू बिचरा !
घामको न्यानो ताप्दै छन्
कोही कौरव छैनन्
कोही पाण्डव छैनन्
सबै अङ्कमालमा व्यस्त छन्
यस बेला
कृष्णजीहरू ‘माखन’ (सायद नौनी ?)
खाइरहेछन् खुलेआम ….
गर्व गर्दै बिचरा कृष्णहरू
कि युद्ध त सुदर्शन चक्रकै खेला हो
शहीद– प्रसङ्ग…. सब वाहियात,
बेकार झेला हो
बिचरा हुस्सू पाण्डवहरू
‘हुस्सू’ले छोप्न– छोप्न लाग्दा पनि
अन्ठाउ“छन्
बिचरा स्वनामधन्य युद्धवीरहरू
कालो– कालो घुरमैलो फोहरी मेघको
गड्याङ– गुडुङलाई
आफ्नो विजय– उत्सवको प्रतिध्वनित बाजाको
भ्रम पाल्दछन्
मानौं ‘पुसकी रात’** को जाडोमा
एउटा गरिब किसान रखवारीमा
जो रातभरि आफ्नो बाली सखाप हु“दा पनि
केही नभएको भ्रम पाल्न विवश छ
तर स्वनामधन्य हाम्रा वीरहरू
कसरी मानिहालौं निरीह छन्, विवश छन् ?

थाप्लामा हात राख्छु म
मस्तिष्क घुम्छ मेरो
जुलुस सम्झिन्छु,
शहीद सम्झिन्छु
मुटु रुन्छ, तर यो रुन्चे मनको
कुरा कसले सुन्छ ?
मनलाई बुझाउने पनि कुनै आशा छैन
दुर्गति भनौं कि नियति
यहा“ मौसमको कुनै भरोसा छैन… ।

भर्खर–भर्खर
लागेको यो पातलै घाम
छोप्न उद्यत छन् स्वयम् युद्धवीरहरू
स्वार्थको ‘न्यानो’ ताप्दै
र कुहिरो आउ“दै छ
जिस्क्याउ“दै जा“दै छ
मेघ गर्जिंदै छ
तर्साउन– तर्साउन खोज्दै
यस्तैमा म
शहीद सोचिरहेछु–
कुहिरोभित्र छोपिने स्थितिमा बिचरा
निरीह शहीद !
तिम्रो नाममा दुई थोपा आ“सु चुहाउ“दै…
तिमीले सुम्पिएको यो घाममा
दुई थोपा आ“सु चुहाउ“दै…
थाप्लामा हात राख्छु म,
घाम अझै झलमल्ल लाग्दै जाने कुनै आशा छैन
कालो बादल मडारिंदैछ
यहा“ मौसमको कुने भरोसा छैन..
(** भारतीय साहित्यकार प्रेमचन्दको प्रसिद्ध कथा)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1525

Narayan Tiwari – Kaso Khera Gaiyena

नारायण तिवारी - कसो खेर गइएन

ठूलो हुरी बोकेको थिए
कसो शहीद भइएन
ठीकै भएछ–
कसो खेर गइएन …. ।

कहा“ भइरहेछ इमानको पूजा
खोइ फेरिएको छ
संस्कार ।
अहिले पनि उस्तै–उस्तै
उत्पातहरू छन्
उस्तै–उस्तै
आघातहरू छन्
मोटाउने मोटाएकै छन्
कसलाई छ चासो
दुब्लाउने दुब्लाएकै छन्
तिनका निम्ति त
दुर्लभ नै भो हा“सो
ठूलो झण्डा बोकेको थिए“
कसो शहीद भइएन
ठीकै भएछ–
कसो खेर गइएन… ।

जुलुस बोक्ने नेताहरू
कुर्सीकै होडबाजीमा मस्त छन्
शहीदका इच्छा, आकांक्षाहरू
सबै अपदस्त छन्
‘धन’ नामका लुट है
सक्ने जति लुट झन्
त“ पनि खा– मैले देखिन
मैले खाएको पनि
त“ नभन्
अहिले पनि उही–उही
उस्तै–उस्तै कुर्सीमा छन् व्यवहारहरू
नाम मात्र फरक,
लाग्छ उस्तै अनुहारहरू
ठूलो उन्माद बोकेको थिए“
कसो शहीद भइएन
ठीकै भएछ
कसो खेर गइएन…