Namrata Guragain – Aama

प्रिय आमा
म कसरी फुकाउ मेरा खुशीहरु
म कता मात्र लुकाउ मेरा खुशीहरु
जताबाट हेरे पनि पुर्णता पाउँछु
सधै हासिरँहनु
स्बस्थ जीबनको सधैं गुणगान गाउछु।

मुर्तीकारले आफनो शीप खर्चेर बनाएको मुर्तीझैं
मेरा रोगी सोचाइहरु मिल्काएर
समयलाइ पछ्याउने क्षमता दिनुभयौ
अप्ठयाराका माला गास्न सिकाउनुभयो
अप्ठयारैमा हास्नपनि सिकाउनुभयो
मलाइ उकालो चढन सिकाउनुभयो
ओरालो झर्न पनि सिकाउनुभयो
खै म कसरी श्रद्धा गरौं
कताबाट शुरु गरौं
जताबाट हेरे पनि पुर्णता पाउछु
सधैं मुस्कुराइरहनु
स्बस्थ जीबनको सधैं गुणगान गाउछु।

आज म अलिकति सोच्न सक्ने भएकी छु
फुकाएर मन सबैमा
राम्रै बोल्न सक्ने भएकी छु
तपाइको मेहनत
मैले मेरा नानीहरुमा क्रमशः सारिरहेछु
तपाइले जस्तै मैलेपनि
मेरै बारीमा फूल फुलाउन
निरन्तर पानी हालीरहेछु।

कहिले उल्टोबाट हेर्छु
कहिले सुल्टोबाट हेर्छु
जताबाट हेरे पनि पुर्णता पाउछु
सधैं मुस्कुराइरहनु
स्बस्थ जीबनको सधैं गुणगान गाउछु।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:7845

Namrata Guragain – Tihar Ko Samjhana

उज्यालैमा लक्ष्मीको वास हुन्छ भनेर
धन हुनेहरु अझै थप्न चाहन्छन
धन नहुनेहरु
दुइछाक पुगोस भन्न चाहन्छन्
उत्साहले झिलीमिली मन
पंचक भित्रिएको तिहार
फूलका थुंगासंगै गांसिएको आफन्तको मायां
देउसी भैलोले रंगिएको चाड
ओ हो……..
कस्तो सून्य आज टाढाको वस्तीमा
केटाकेटी बेलुन र चंगासगै उडिरहेका होलान
दिदीबहिनीहरु ढिकी जांतोमा
आफना खुशीहरु छिन्कीरहेका होलान ।

भनिन्छ
पंचक लागेपछि
यमूनाजस्ता चेलीहरु
आफ्ना माइती
शत्रुदेखि सुरक्षित राख्छन्
गलाभरी कहिल्यै नओइलाउने
मखमली फूलको माला लगाइदिन्छन र
मखमलीजस्तै दिर्घायूको कामना गर्छन्
म पनि
त्यही कामना गर्नेगर्छु सात समुद्रपारीबाट ।

समयका उकाली ओरालीमा
भौतारीरहेछु खोजेर नया आशा
जानी नजानी बोल्न खोजिरहेछु
अर्कै नागरिकको भाषा
साघुरो परिवारको परिभाषाभित्र
खै कति होला चेली माइतीको आत्मियता
मेशिन हुन या मान्छे
छुट्याउनै गाह्रो ठाउमा
खै कस्तो होला नाताभित्रको आत्मियता

मात्र
संझनामा तरंगित हुदारहेछन चाडपर्वहरु
तेल लगाएर कपाल सुम्सुम्याउन
कहा पाइदोरहेछ र दाजुभाइ परदेशमा
पंचटिकाले निधार रंगाइदिने
कहां भेटिदोरहेछ र माइती परदेशमा
मित्रताको मापदण्ड
औपचारिकताको भाषामा सिधिने ठाउमा
भाइटिकाको अर्थ बुझेर

घरीघरी हुने मेरो अबरुद्घ गलालाई
देउसी भैलोले रंगिएको घर
टपरी भरी भरीका सेल र अनर्सा
फुलमालाले झपक्क
दाजभाइको गलासंग साट्ने गर्छु ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:7845

Namrata Guragain – Dharan Dekhi Biratnagar Samma

बिहानको चिसो हावासँग कावा खाँदै
दन्तकाली र बुढासुब्बालाई भाक्दै
धरान पाहुनालाई सगुन पस्कने गर्छ
एक्काइसौ शताब्दीको बैभबसंग खेल्दै
आधुनिक भएकोमा गर्व गर्छ
फूल टिप्न भेडेटारसम्म उक्लिदैन
कपालमा गुराँश सिउरिएर
संस्कार जोगाएकोमा गर्व गर्छ ।

खुशी पार्न साह्रै जान्ने छ धरान
इटहरीलाई खुशी पारेर दाल चामल मगाउँछ
धनकुटालाइ खुशी पारेर तरकारी मगाउँछ
न एक चपरी माटो उक्काउँछ न एक आँतर हलो समाउँछ
मसिना चामलमा होस कि कालो दालमा होस
धरान तराइको स्वाद भने जम्मै पाउँछ
सुन्तला मा होस कि कागतीमा
डुकुमा होस कि मुलामा
धरान पाहाडको स्वाद जिब्रोमै झुड्याउँछ ।

इटहरी आधा धरान र आधा विराटनगरसँग रमाउँछ
हलुवा पुरीले मातेको मुख
कहिले कािहं
बासी नै डुकु भेटे पनि
कागती निचोरेर स्वादिलो बनाउँछ
चौरमा बसेर बदमका बोक्रा छोडाउँदै
आउने जानेलाइ हात हल्लाउँछ
चौरस्तामा बसेकोले राजधानीको खबर चाँडै पाउँछ
चित्त नबुझे चोकमै उभिएर जुलुस लाउँछ
बुढिखोलाको बुढयौली पनलाइ आफूमा राखेर
सधै दुध लिन बाल्टी बोकेर दुलारी धाउँछ ।

विराटनगर ठूला ठूला नेतालाई जन्माएकोमा गर्व गर्छ
सिन्को भाच्दैन आफू फूर्तिलो देखाउन
गाउलाइ बोलाएर टुडिखेल भर्छ
दिनभरीको काम खोसेर आमसभा गर्छ
नेता खुशी पार्न
सधै सधै गाउँलाई बिर्सिएर गर्व गर्छ ।

भारु स्वादमै मस्त छ विराटनगर
मिनीबसमा चढेर होस कि टेम्पोमा
रिक्सामा चढेर होस कि साइकलमा
दिनभरी ढाट वारी पारी गर्छ
छिमेकीलाइ खुशी पारेर वजार भर्छ
एकदिन पारी ढाट लागे
उसको दाना पानी हराउँछ
रोजी रोटी खोसिने डरले पनि
हरहमेसा विराटनगर
हलुवा पुरीमा होस कि छोलामा होस
समोशामा होस कि जुलेवीमा होस
जोगवनीलाइ खुशी पारेर
आफु विराट भएको महशुस गर्छ ।

मोरंग, हाल: नेब्रास्का, अमेरिका