Mukul Dahal – Kabita Ko Janmadin Ma

मुकुल दाहाल – कविताको जन्मदिनमा

आंगनमा अंध्यारो
सांढे भइर¥यो
अनुहारमा बादल
ढाडिइर¥यो
मनमा कालो रात
आएर सुतिर¥यो
स्वादको अर्थ
लेखिएन जिब्रोमा
शरीर सर्वाङ्ग लुक्न
सकेन वस्त्रमा आजीवन
सुकिलो कुन
सुविधा हो
कुन चमत्कार हो
थाहा भएन ।
यस्तो परिवारमा
एकदिन जन्मियो
मेरो कविता ।
ऊ जन्मंदा रोएन
मान्छे जस्तो ।
ऊ जन्मंदा
परिपक्व पूर्ण जन्मियो ।
अर्थ लिएर
आवाज लिएर
स्वर लिएर
मेरा घाउहरू
मेरा दुखाइहरू
मेरा सबै वंशज गुणहरू
लिएर मर्यादित बांच्यो
प्रत्येक जन्मदिनको भीरबाट
म लड्छु तलतिर
ठोक्किन्छु
निलैनिल हुन्छु ।
प्रत्येक जन्मदिनको भ¥याङबाट
ऊ चढ्छ आकाशतिर ।
झन् वयस्क हुन्छ ।
प्रत्येक जन्मदिनमा
म मान्छेहरूको भीड लदाउंछु ।
जीवनको पिण्ड खिइरहेको
आतेसबाट भाग्न ।
ऊ नितान्त एक्लो
निडर रहन्छ आज जस्तै
किनकि
आज उसको जन्मदिन हो ।
म उसमा दीप्त
जीवनको राप
महसुस गरिरहेछु ।
मलाई ठुंंिगरहेको मेरै
चिसो आंखाले हेरिरहेछ ।
म बुझिरहेछु
मेरो चुहिरहेको ।
जीवनको झोल
उसको लामो आयुको
अर्थवत्ताभन्दा
पुड्को छ ।
साकीर्ण छ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1955