Mukul Dahal – Khaand

मुकुल दाहाल – खांद

घामका खिरिला किरणहरू
यहां आउंदैनन् ।
हावाका हलुका खुट्टाहरूले
टेक्दैनन् ।
ओस छ सधैं ।
गुमसुम छ सधैं ।
मुसाहरू,
माकुराहरू,
छेपाराहरू,
सर्पहरूको भोज हुन्छ ।
नाटक, लीला हुन्छ ।
यो खंँदमा
जीवन खुम्चन्छ हरेक क्षण
गंडेउला जस्तै ।
जीवनमा कहिल्यै बिहान हुंदैन ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1631

Mukul Dahal – Euta Arko Raat

मुकुल दाहाल – एउटा अर्को रात

रातको झूसले
घोचिरह्यो रातभर
काठे
इस्पातिलो
धारिलो रातभर
निद्रा कतै गएर सुत्यो ।

रात आंखामा
रेटियो ।
आंखालाई
किल्ला बनाएर
रात पहरामा बस्यो ।
रात ढाडियो पेटमा ।
रातले फेरि एकपल्ट
भद्दा हमला गर्यो ।
अनिद्रा खोपेर
आंखाहरूमा
यो एउटा अर्को रात
मेरो मनमा धसियो ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1631

Mukul Dahal – Maha Sabha Aawaj Haru Ko

मुकुल दाहाल – महासभा आवाजहरूको

भीमकाय पर्खालहरू च्यातेर
घेराहरू बाहिर निस्केका
सुमधुर, कर्कश, तीखा
आवाजहरूको महासभामा
मलाई थाहा छ
मेरो आवाज पनि उपस्थित छ ।
पहाडबाट तल ओर्लदै गरेको झर्नाको
आवाज केही बोलिरहेछ ।
सडकमा वेगवान् सवारी साधनहरूका
आवाजहरू एकअर्कालाई घचेटिरहेछन् ।
आकाशमा उडेको वायुयानको आवाज
उचाइको गर्व गरिरहेछ ।
फ्याक्टÇीमा मेसिनको आवाज
भकभकाइरहेछ ।
चराहरूको कलरव
जीवजन्तुहरूको स्वर
रातमा कीराहरूको किरिरि
सुन्दर यौवनाहरू मmैं उपस्थित छन् ।
सभामा अचल अवस्थाबाट
प्रस्थान सूक्ष्म आवाजहरू पनि छन् ।
अघाएर डम्म आवाजहरू
भोकले चाउरिएका आवाजहरू
कहिल्यै नमर्ने मृदु आवाजहरू
आफ्ना आफ्ना कक्षमा वाचाल छन् ।
आवाजको महासभामा
महाशक्तिहरूको आवाज
समुद्रमा छालजस्तो उठिरहेछ ।
मलाई थाहा छ
मेरो स्वर पनि उपस्थित छ त्यहां ।
तर म चिन्न खोजिरहेछु
कुनचाहिं हो मेरो स्वर ?
कुनचाहिं हो मेरो आफ्नो स्वर ?