Momila – Antarim Nostalgia

मोमिला – अन्तरिम नोस्तालजिया

हरेक बिहान म
अकारण
आफ्नै सपनाहरूको कैदी बन्छु
तर नजरमा मलाई
अपराधी चिनिन मन्जुर छैन ।

अहिले म
निगरानी आँखा छलेर
बेतोड भागिरहेछु
मेरै मनको सुदूर प्रदेशतिर
जहाँ यादहरूको चिहानघारी चिनिनेछैन ।

लाग्दै छ-
यतिखेर गुलाफका नजरबन्द ओठहरूबाट
पीडाको बहुरूपी गन्ध फैलिरहेछ
हुन सक्छ-
यसरी नै मान्छेको चेतना
आफ्नै मनको ब्ल्याकहोलमा
विरूपाक्षझैँ
आधा फसिरहेको हुन्छ ।

अन्तरिम नोस्तालजिया !
जीवन साँच्चै नै
साहै भोग्नलायक छ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2296

Momila – Durgam Uchai

मोमिला -दुर्गम उचाई

आफूलाई कतै छाडेर
अधुरो म
कविता पूरा गर्न सक्दिनँ ।

जीवन रहेसम्म नै
अनुभूतिको विस्तारमा म
अन्तिम सिमाना कोर्न सक्दिनँ ।

यतिखेर
बुझिएको जीवनको अन्तिम पृष्ठमा
पीडाको विशेषाङ्क पढिरहेछु
देवालयहरूमा
विलापको घण्ट बजिरहेछ
र पनि म
बरफको अन्तिम उचाइ सोच्न सक्दिनँ ।

मानार्थ खुसीमा म
बुझनुका दुर्गम उचाइ उक्लिरहेछु
र लाग्दै छ
मैले नदेखेको ईश्वरबाट अलग्गिएर
मेरो माटोको घाइते छाया
मलाई पछयाइरहेछ
र पनि मेरो माया नै अन्तिम भनेर
माटोलाई
मसँगै सती आउन
अनुरोध गर्न सक्दिनँ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2296

Momila – Manchhe Ko Bhagawan

मोमिला – मान्छेको भगवान

मान्छेले बनाएको मन्दिर
मन्दिरभित्रको देवता
मान्छे उसैसँग डराउँछ ।

युग पगालेर
मान्छेले स्थापन गरेको आस्था
उही ईश्वरका अगाडि
मान्छे अपराध गर्छ ।

कहिले बेमौसममा अपराधबोध गरेर
मान्छे नै मान्छे बन्छ
कहिले अपराध नदोहोर्‍याएर मान्छे
मान्छेकै भगवान् बन्छ ।