Mohan Duwal – Sarpaharu

मोहन दुवाल – सर्पहरू

सर्पहरू
अभिनय गर्न माहिर छन्
सर्पहरू
विषले डस्न खप्पिस छन्
विषलाई आफ्नो आभूषण सम्झेर
गौरव गर्न रुचाउने यिनीहरू
गर्भमा विष राखेर
विष झार्न सिपालु छन् ।

विषालु सर्पहरूलाई
मान्छेहरूभित्र भएको सर्न्दर्भ थाहा छैन
छिर्न दिनु हुँदैन घरभित्र यिनीहरूलाई र्
धर्म र कर्म भनेको नै
अरूलाई विषले डस्नु हो भन्छन् यिनीहरू ।

निमिट्यान्न पार्नर्ुपर्छ
विषालु सर्पहरूलाई बस्ती-बस्तीबाट
लठ्ठीले पिटेर तह लाग्दैनन् यिनीहरू
लठ्ठीले जति ठोक्नुस् यिनीहरूलाई तपाईं
आँखा चिम्लेर मरेकै जस्तो अभिनय गर्छन्
टुक्रा टुक्रा पारिदिनुपर्छ यिनीहरूको अस्तित्वलाई
नत्र यिनीहरू फेरि-फेरि पनि ज्यूँदो हुन खोज्छन् ।
र्सपहरू भनेको र्
र्सपहरू नै हुन्
विष बोक्न माहिर र्सपहरू
मान्छेको बस्ती बस्तीबाट लघारी दिनर्ुपर्छ र्
र्सपहरूलाई कदापि माया नगर मित्रहरू !
विषका थैली बोक्ने यी विषालु सम्राटहरू
मान्छेका प्रिय मित्रहरू हुनै सक्दैनन् ।

(साभार: जनमत कविता खण्ड १ २०६४)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3133

Mohan Duwal – Gham Nabhayeko Bhaye

मोहन दुवाल – घाम नभएको भए !
(मधुपर्क २०६६ असोज)

निःस्वार्थ मुस्कान बोकेर
आफूई समर्पित तुल्याउन जानेका
घाम नभएको भए
मान्छेले कोबाट के सिक्ने हुन्
भनूँ गाह्रो हुन्छ
नभनूँ आफैँलाई अप्ठ्यारो हुन्छ
म घाम उदाएको हेर्न रुचाइरहेँछु
घाम नभएको भए
उज्यालोमाथि पनि सङ्कट थपिँदो पो हो
कस्तो विवेकहीनजस्ता देखिन्छन् मान्छेहरू
किन भत्काउन र भत्किन चाहन्छन् मान्छेहरू
सूर्य-किरण घाम नभएको भए
मान्छेहरू कस्ता देखिँदा हुन् यहाँ अचेल
म घामसँग स्पष्ट प्रश्न राखेर
मान्छेका मुहार कस्ता छन् सोधिरहेँछु ।

घाम खुल्न पो जान्छन्
घाम फिँजिन पो खोज्छन्
घाम न्यानो प्रकाश पो बाँड्न रुचाउँछन्
मान्छेले जस्तो चियोचर्चा गर्न
खोई घामसँग फुर्सद…. ?
मान्छेले जस्तो षड्यन्त्र रोप्न नजानेकैले
घाम फिँजाइरहेछ प्रकाशमा आफूलाई राखेर
उज्यालोकै विरोधमा जुलुस गर्दैछन्
त्यसैले म सोध्न रुचाइरहेँछु
घाम नभएको भए के हुन्थ्यो ?
आजभोलि मान्छेका अनुहार हेरिरहेँछु ।

-बनेपा

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3133

Mohan Duwal – Hangaharu Jastai Hangaharu

मोहन दुवाल – हाँगाहरूजस्तै हाँगाहरू

प्रकृतिले सिर्जना फुलाउन जानेर
सृष्टि गरेका हुन् – हाँगाहरू
माया जानेका प्रेम देखेकार्
गर्भर्-गर्भका रहस्यहरू हुन् – हाँगाहरू ।

फलको आस नगरी ठिङ्ग उभिन सिपालु
फूलहरूकै पनि टेको हुन् – हाँगाहरू
घाम छाम्न जानेका, वर्षाद् देख्न पाएका
पृथ्वीभित्रकै मर्महरू हुन् – हाँगाहरू ।

कोण-कोणबाट संकट भोग्न जानेका
कारणले – कारणबाट बनेका हुन् – हाँगाहरू
हाँगाहरूका यात्रा-सर्न्दर्भहरू हेरेर
प्रकृतिभित्रकै मनहरू हाँसिरहेछन् देखेर – हाँगाहरू ।

आफ्नै कलेबरमा बोझ थापेर
आफूभित्रकै त्यागमा रम्न सिपालु – हाँगाहरू
छरपष्ट छन् यिनका भावनाहरू
त्यसैले त बने प्रकृतिकै मेरुदण्ड- हाँगाहरू ।

फूलहरूझैं फुल्न जाँदैनन् – हाँगाहरू
पातहरूजस्तै झुल्न खोज्दैनन् – हाँगाहरू
फलहरूसँग भुल्न जाँदैनन् – हाँगाहरू
तर पनि सबैका मन-ओठ भइदिएका छन् – हाँगाहरू ।