Min Dwandi – Gaun Sanga Gunaso

म यात्राबाट थकित फर्कें
पाएँ तिमीलाई जात्रामा चकित
कति उनिनु, कति थुनिनु
युग–युग पुरानो उही रमितामा
मेरो गाउँ, अब यसरी मौन रहनु हुन्न ।
बा¥ह वर्षमा त खोलो पनि फर्कन्छ भन्छन्
टुहुरोको पनि एकदिन त सुदिन फिर्छ भन्छन्
कम्तिमा पनि अलिकता आकांक्षा बुनौं
सुहाउँदा केही सपनाहरूको सृजना गरौं
मेरो गाउँ, अब यसरी शून्य रहनु हुन्न ।
अग्राख पलाएर फैलिइरहेको छ
रात हरायो नभन्नू
एकमुठी घाम त खोज्नै पर्छ
अब हात चलाउनू, खुट्टा चलाउनू
मेरो गाउँ, अब यसरी अचल रहनु हुन्न ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2039

Min Dwandi – Jaitun Ra Parewa

भोको पेटले भोकै देख्छ स्वयम्भूका आँखाहरू
नांगो आँतले नांगै देख्छ निंदमा पनि सपनाहरू
म भोको छु, केवल खाने बस्तु सोच्न सक्छु
म नांगो छु, केवल लाउने बस्तु सोच्न सक्छु
म भोकले मरणासन्न अवस्थामा
कसैले आकाशमा उडाएर परेवाहरू खेर नफाल्नू
किनकि तिनबाट मेरो केही छाक टर्न सक्छ
म जाडोले मरणासन्न अवस्थामा
कसैले जैतुनको हाँगो ल्याएर नओढाउनू
किनकि, त्यसको चिसोले यो ज्यान मर्न सक्छ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2039

Min Dwandi – Ma Harayeko Suchana

दुखले पनि होइन
सुखले पनि होइन
बात लागेर पनि होइन
मात लागेर पनि होइन
आफूले आफैलाई खोज्ने क्रममा
म आइपुगेको छु
सत्तलसिंह राजाको देशमा
मेरा आफन्त मित्रहरू !
नखोज्नू मलाई आफ्नो वरिपरि
म तिमीहरूको बृत्तबाट
केही समयको लागि हराएको छु ।