Manu Lohorung – Upasana

मनु लोहोरुंग – उपासना

खण्डवृष्टिको
सुगन्धित अत्तरको
मोहमा लट्ठिएर
निशाले नछोडेका

बादशाहहरुको
भीड कुल्चेरै
यो पवित्र-भूमिमा
अनुरागको तोरण टाँग्न
आउँनु पर्छ
जसरी पनि
तिमी आउँनु, प्रिय !

अभ्यर्थी भएर
तिमी मार्फत
अमरलोकमा
यो हृदयउद्गार चढाउँछु
सबै अनुयायीहरुको
आलिंगनमा हरदम बस्नु
युग-युग,
अश्मिभूत भएर
प्रिय ! म यही चाहन्छु

एक बराबर
हजारौं सपनाहरु
टुटेर के भो र ?
जीवन्त मानव-मनोहर हाँस्न
प्रतिबोधी लोकलाई
अलौकिक अप्सानी
चढाउँन चाहन्छु।
प्रिय ! म यही अर्जी गर्छु

युगान्त पछिको युग
फेरि मधुमास बोकेर
निहारिका उदाँउदो छ l
इज्जतका निशानीहरु
उत्खनन गर्न,
उराठ खडेरीमा
सागर उरालेर
गोधुलिको असिम प्रेम
लिएरै आउँनु प्रिय !

त्यसैले असमिपक
युगिन सहगामी हुन
तिम्रै समीभूतमा राख्न
दर्शन कुँद्ने हतियार
बोकेर तिमी एकलव्य,
जगको अभिमुख रहन,
तिमी आउँनु पर्छ
जसरी पनि आउँनु !
प्रिय !
म यही उपासना गर्दछु !!!

रचना समय :- ३१ जेष्ठ २०६७ – सोमबार
शितलपाटी – ६, संखुवा-सभा

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3001

Manu Lohorung – Jiundo Murda Ko Atmosarga

मनु  लोहोरुंग – “जिउँदो मुर्दा”को आत्मोत्सर्ग

उकालो मसानघाटबाट
सगरमा बदलिँदो
निलिमाको उद्बोध हेरेर
अब “जिउँदो मुर्दा”
आत्मोत्सर्गको
संजीवनी पिउँदैछ l

उसले उद्घोष गर्दैछ…..

म आत्माभिमानी हुँ !

उदयगिरिबाट
मृतसंजीवनी बोकेर
युग उन्मेषको लागि
गाउँको गौंडा-गौंडा हिन्छु l
जहाँ अतिक्रान्त पसिना
अझै लुटिईएका छन्,
अभावको कोर्राले
बिनाकसुर चुटिएका छन्
तिनीहरुको मोचनको निम्ति
युग क्षेपक ओकाल्दै हिड्नेछु l

शहरको कोलाहल छिचोल्दै
गगनचुम्बी भवनहरुमा पस्छु l
जहाँ लालची आँखाहरु
झुण्डमा झुण्डमा
यश भजाउदै गरेका छन् l
तिनीहरुको बिचैमा पसेर
भूतल भोग-चलनको
किराय असुल्नेछु l

मातृबलात्कारको अभियोगमा
नाङ्गो सडकमा उभ्याएर
सद्धामको मृत्युवरण अंगाल्न
बाध्य नहून् !
बिचराहरु………!!!

सडकको छातीमाथि
यामिक पहरेदार भएर
आध्यांत सम्म हिंडी रहन्छु l
अतीव उदासिनताको
खापैखापमा च्यापिएर
उच्छवृतिमा “जिउँदो मुर्दा”
रहन दिन्न, कसैलाई पनि !

यो सामरिक मरुथलका
जीवित मुर्दाहरुलाई
पैशाची प्राकृतबाट उम्काएर
सह अस्तित्वको खल्यानमा
जीवनको धिप्कोमा
दिप्ती भरण गर्न
सम्मोहित पुष्प शैय्यामा
रश्मीसंग जीवन सटाउँछु

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3001

Manu Lohorung – Awahan

मनु लोहोरुङ् – आव्हान

समथरबाट पहाड चढ्दैमा
सगरमाथा पुग्न सग्दैनौ
पहाडबाट तराई झर्दैमा
मेरिआना देख्न सक्दैनौं
अहंकारको बायुपंखी घोडामा
आफ्नै गोहोमा अल्मलिदैछौं
हामी एउटा मूलबाटो निस्किने
गोरेटो मै अटेस मटेस गर्दैछौं ।

इतिहासको पाना च्यातेर
गर्‍याम् गर्‍याम् चपाउँदैछौ
हिजोको थोरै उज्यालोको
आकृतिको भित्तालाई
गर्ल्यामगुर्लुम ढाल्दैछौं,
समावेशीको बिगुल फुक्दै
आफ्नै संस्कृति र समाजमा
ध्वनि प्रदूषित बनाउदै छौं,
आफ्नो रंग खोज्ने निहुँमा
आरोपको हिलो छ्यापा छ्याप् गर्दैछौ ।
देउता पुज्ने गरेका ढुङाहरुलाई
बेकामे भनेर अहिले नफ्याकौं,
काम लाग्छ ढुंङ्गा-माटो दुवै
किनकि
यो धर्तीको श्रृजना एउटाले मात्र हुदैन
म,अनि हामी सबै यसमा रहनुछ
खडेरी मनको मरुभूमिमा कहिले
एकता र राष्ट्रियताको बीउ उम्रिदैन
चाहे पूर्वको कञ्चनजङ्धा होस या
पश्चिमको मानसरोवर-
हाम्रो लागि उत्तिकै
सङ्लो र अग्लो हुनु जरुरी छ
अनि मात्र सगरमाथा चिनाउन सक्छौं ।

शित्तलपाटी-६ संखुवसभा,हाल: इजरायल