Kshetra Pratap Adhikari – Panch Haiku

क्षेत्रप्रताप अधिकारी – पाँच हाइकु

सुतेकी सेती
उठेको माछापुच्छ्रे
पोख्रेली र्स्पर्श ।

फेवाको पानी
पानीमा द्यौलागिरी
जलसम्भोग ।

टुसुक्क सानी
मुसुक्क मुस्कुरायो
पुतली फूल ।

किशोरीबोट
छातीमा मीठो चोट
काचो बेलौती ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2581

Kshetra Pratap Adhikari – Ma Ta Lali Gurans Bhayechhu

क्षेत्रप्रताप अधिकारी – म त लाली गुराँस भएछु

म त लाली गुराँस भएछु
बनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु

फाँटहरुले कसलाई पुग्छ
भीरमा पनि फुली दिन्छु
खुशी मातर कहाँ हुन्छ,
पीरमा पनि फुली दिन्छु
म त लाली गुराँस भएछु

हेरिदिने कोही भइदिए
नानीभित्र फुलिदिन्छु
लाई दिने कोही भइदिए
सिउँदोभरि फुलिदिन्छु
म त लाली गुराँस भएछु
बनै भरी फुली दिन्छु
मनै भरी फुली दिन्छु

शब्द – क्षेत्रप्रताप अधिकारी
स्वर – नारायण गोपाल

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2581

Kshetra Pratap Adhikari – Tharo Kavita

क्षेत्रप्रताप अधिकारी – थारो कविता

पटुकामा
अनिकाल कसेर
कर्णाली रोएको बेला
म हुम्ला लेखिरहेछु
मेरो कविता -
समोसा भैदिएको भए
अक्षरका डल्लाहरू
केही त्यता पठाएर
केही यता बेचेर
कम्तीमा पनि
समोसा साहू त भइँन्थ्यो
त्यस्तो केही भएन
म बाँझो कवि
थारो कविता लेखिरहेछु ।

गाउँमा
कति मनहरू पैरो गएर
मर्स्याङ्दी बगेको बेला
म सहरमा
सपना सुतेर
रोदीघर देखिरहेछु
मेरो गीत-
सुनाखरी भैदिएको भए
केही भन्ज्याङमा फुल्थ्यो
केही पुष्प मेलामा बिक्थ्यो
कम्तीमा पनि
फूल पसले त भइँन्थ्यो
त्यस्तो केही भएन
म बुध्दू कवि
बेकार कविता लेखिरहेछु ।

देश भत्किएर दिनदिनै
दुखी भएको बेला
इतिहास सम्झिएर
पृथ्वीनारायण लेखिरहेछु -
तिमी
एउटा देश बनाएर बाँचिरहेछौ
हामी
त्यही देश भत्काएर मरिरहेछौं
मेरो कलम -
काठ भैदिएको भए
केही थाम बनाएर
देश थाम्ने थिएँ ।
केही चिर्पट बनाएर
दाउरा बेच्ने थिएँ
कम्तीमा पनि
दाउरे त भइँन्थ्यो
त्यस्तो केही भएन
म अनुत्पादक कवि
निष्फल कविता लेखिरहेछु ।