Kedar Shrestha – Ma Ganatantra Khoji Rahechhu

म अहिले रत्नपार्कमा
गुलावका फूल हेरिरहेछु
भ्रमरको फूलमाथिको खेलाई नियालिरहेछु
का“का्रे र बदाम बेचिरहेछु ।

म यो व्यस्त नया“ सडकको
गल्ली गल्लीमा भारी बोकिरहेछु
श्रमको मूल्य खोज्दै
आशाका नाम्लाले पसिना पुछिरहेछु ।

बसन्तपुरमा म यी सुकिलाहरुलाई
रिक्सामा सयर गराइरहेछु
आफैभित्र आफूलाई लुकाएर ।

कञ्चनपुरको यो गर्मीलाई निल्दै
म कसैको हलो बोकिरहेछु
कसैको खेत जोतिरहेछु ।

मेरा बाजेले कोरेको नक्सा भित्र
म सुस्ता नापीरहेछु
म आङ्खनै माटो खोजिरहेछु ।

यसखेर म महाकाली हेरीरहेछु
टनकपुर खोजिरहेछु
म कालापानी देखिरहेछु
कालापानी मलाई हेरीरहेछ
तृष्णाको आ“शु खसाल्दै ।

कतै कसैले सुन खोजिरहेको बेला
म कर्ण्रामा नुन खोजिरहेछु
शितल जुन खोजिरहेछु ।

आङ्खनै आ“खामा सपना फलाइरहेछु
त्यही सपना भोका वस्तीहरुलाई छरीरहेछु
छटपटीमा बा“चेको यो घडीमा म
त्यो ऐतिहासिक दिन जेठ १५ कुरिरहेछु
सामन्तवादबाट मुक्ति रोजिरहेछु
म गणतन्त्र बोलिरहेछु
अनि गणतन्त्र नेपाल पर्खिरहेछु ।

Related Poems


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3752

Kedar Shrestha – Itihas Ma Sainla Dai

ए साँइला दाइ
म तिमीलाई भन्दैछु
हो तिमीलाई
यी धानका बालाहरु
बहेली खेल्दा
तिमी आलीमा बसेर
मन किन फुलाउँछौ
किन देख्छौ
भकारीका सपनाहरु
हो यो तिम्रै पसिनाको बीज हो
होइन भनेको छैन मैले
यो तिम्रै पाखुरीको उपज हो
पाखुरी बिर्सेको होइन मैलै ।

तिमीले
रगत पसिना गरेको यही अन्न
अरुकै माना पाथी हुँदै
भकारी टन्न हुन्छ
खै तिमीले के पायौ
कहिल्यै आफ्नो पसिना
आफैले भर्न पायौ
दुई पाइला राख्न
तिमीले कति जमिन पायौ
फेरि पनि किन पोख्छौ
किन बगाउँछौ रगत
खानको लागि भन्छौ भने
तिम्रा लालाबाला
अधकल्चो पेट लिएर
आलोकाँचो निद्रा सुत्छ
बाँच्नका लागि भन्छौ भने
तिम्रो हर समय मृत्युको हुन्छ ।

पसिनाले त
गौरव बढाउनुपर्ने हो,
रगतले त
जीवन सिच्नुपर्ने हो,
तर यहाँ
तिम्रा पसिनामािथ
ठगी खेल हुन्छ
तिम्रा रगतमािथ
जालझेल हुन्छ ।

ए साँइला दाइ
कति बस्छौ अन्धकारमा
कति जिउँछौ बन्दी जीवन
यदि तिमी
खुल्ला आकाश कल्पन्छौ भने
न्याय खोज्छौ र समानता रोज्छौ भने
बन्द गर रगत-पसिना लुटाउन
उठाऊ तिम्रा कोदाली
भत्काऊ सामन्ती पर्खालहरु
तिमीजस्तै हजारौ साँइला दाइको
इतिहास लेख्न
ढलाऊ मान्छेका नामका सालिकहरु
जलाऊ रगत चुस्ने रितीहरु
अन्यथा तिमीलाई
इतिहासले धिक्कार्नेछ
किनकी त्यतिखेर
तिम्रो इतिहास उल्टँउने सिवाय
दोहोर्याउने कोही हुने छैनन्
हेर त तिम्रा सन्तानहरु
शीरमा कात्रो बाँधी
स्वर्णिम इतिहास लेख्न
अघि बढी सकेका छन् ।

धादिङ्ग, हाल काठमाडौं

Related Poems


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3752